कोरियामा पाकिस्तानी र बंगलादेशी ईपीएस कामदारलाई प्रतिबन्ध……

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया आएका बंगलादेश र पाकिस्तानका अधिकांश नागरिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएपछि प्रतिबन्ध लगाइएको छ । शनिबार र आइतबार दुवै देशबाट आएको ३१ जनालाई भाइरसको संक्रमण पुष्टि भएको थियो । दक्षिण कोरिया सरकारका अनुसार दुवै देशका नागरिकलाई मंगलबारदेखि दक्षिण कोरिया आउन प्रतिबन्ध लगाइएको हो । कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै ती देशहर...

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो……

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ। मंगलबार ५३८ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना मुक्त भएर घर फर्केका छन्। पछिल्लो २४ घण्टामा ७६ जना कोरोना मुक्त भएका छन्। कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार दैलेख, दुल्लुका ४५ वर्षिय पुरुषको असार ८ गते बेलुका ...

संसारभरी कोरोना संक्रिमतको संख्या ९० लाख नाघ्याे……

संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या ९० ललाख पार भइसकेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार संसारभरी कोरोना संक्रमितको संख्या ९१ लाख ८५ हजार ९ सय ७४ पुगेको छ । हालसम्म यो महामारीले ४ लाख ७४ हजार ५७ जनाको मृत्यु भइसकेको छ । अमेरिका कोरोनाको सबैभन्दा धेरै प्रभावित देश बनेको छ । अमेरिकामा २२ लाख ९१ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् जबकि त्यहाँ एक लाख २० हजारभन्दा बढीको मृत्यु भएको छ । ब्राजि...

डोनाल्ड ट्रम्पप्रति लक्षित गर्दै डब्लुएचओले दियो चेतावनी……

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्ध लड्न विश्वव्यापी नेतृत्वको अभाव खड्किएको भन्दै चेतावनी दिएको छ । सो संगठनका प्रमुख टेड्रोस अधनोम घेब्रेयसस ले सोमबार एक स्वास्थ्य फोरमको भर्चुअल बैठकलाई सम्बोधन गर्दै विश्वमा कोभिड–१९ महामारीविरुद्ध लड्न विश्व नेतृत्वको अभाव खड्किदै गएको चेतावनी दिएका हुन् । उनले भने– ‘विश्वको सबैभन्दा जरुरी आवश्यकता राष्ट्रिय एकता र विश्वव्यापी एकता हो । यस ...

उत्तर कोरियाले सैन्य गतिविधि निषेधित क्षेत्रमा ‘लाउडस्पिकर’ जोडेर हल्ला फैलाउन थाल्यो……

उत्तर कोरियाले सीमा क्षेत्रमा माइकिङ् गर्दै सन् २०१८ को शिखर सम्मेलनमार्फत् दक्षिण कोरियासँग सहमति गरिएका सहमतिलाई रद्द गरिएको जनाएको दक्षिण कोरियाली सैन्य अधिकारीले बताएका छन् । ‘उत्तर कोरियाले सीमा क्षेत्रका ‘सैन्य गतिविधि निषेधित’ कैयौँ स्थानमा ‘लाउडस्पिकर’ जडान गरी दक्षिण कोरिया विरोधी हल्लाहरू फैलाउने गरेको छ’ दक्षिण कोरियाली समाचार संस्था योन्हाप समाचार संस्थाले जोइन्ट चिफ अफ स्टाफका एक अधिक...

सरकारकै बेवास्ताका कारण निजी विद्यालयले शुल्क माग्न थाले……

संस्थागत विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले विद्यार्थीहरुको शुल्क तिर्न आह्वान गरेसँगै अभिभावकहरु दबाबमा परेका छन् । कोरोना संक्रमणको महामारीका बीच कसरी बच्ने भन्ने चिन्ता एकातिर छँदैछ, अर्कोतिर लामो समयदेखिको लकडाउनका कारण कतिपयको आम्दानी बन्द भएको छ । जीविकोपार्जनमै चुनौती थपिएको समयमा निजी विद्यालयहरुले शुल्कका लागि ताकेता गर्दा कयौं अभिभावकमा मानसिक तनाब बढ्न थाल्नु स्वाभाविक पनि हो ।...

कोरोना संक्रमणबाट एकैदिन ३ सय ७० जना निको भए……

सोमबार एकैदिन ३ सय ७० जना कोरोना संक्रमणबाट निको भएका छन् । निको भएका उनीहरु देशभरिका बिभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । निको हुनेमा ३२ जना महिला र ३ सय ३८ जना पुरुष रहेका छन् । सोमबार निको भएकासहित निको हुनेको संख्या २ हजार १ सय ४२ जना पुगेका छन् । ती मध्येमा १ सय ६१ महिला र १९ सय ६१ पुरुष छन् । एकैपटक धेरै जना डिस्चार्ज भएको पहिलो पटक रहेको यस अघिका तथ्यांकले औल्याएका छन् । निको हुनेहरुमा द...

भारत–चीन तनावः लद्दाखमा मारिएका सैनिकको शरीरमा धारिलो हतियारको घाउ……

गत हप्ता भएको भारत–चीनका सेनाबीच भएको भिडन्त निकै भयानक किसिमले घण्टौं भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार राति सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा भएको हिंसाबारे भारतीय अखबार इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार मारिएका सैनिकको शरीरमा धारिलो हतियारको चोट छन् । स्रोतलाई उधृत गर्दै उक्त अखबारले लेखेको छ– मारिएका सैनिकको शरीर ठाउँ ठाउँमा भाँचिएका छन् । भिडन्तमा भारतीय सैनिकले चिनियाँ स...

थप ५३५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो……

पछिल्लो २४ घण्टामा सोमबार थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा हालसम्म कोरोना संक्रमतिको संख्या ९ हजार ५६१ पुगेको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले रसुवा जिल्ला बाहेक मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएको बताए । थपिएका नयाँ संक्रमितहरु मध्ये झापाका ३ , मोर...

देशभर फैलियो मनसुन, काठमाडौंसहित ४० भन्दा बढी जिल्लामा बाढीको जोखिम……

जुन १२ मा प्रवेश गरेको मनसुन अहिले देशभर सक्रिय भएकाले मौसमी गतिविधि बढ्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सुझाव दिएको छ । महाशाखाले आइतबार साँझ जारी गरेको विशेष बुलेटिनमा भनिएको छ– सामान्यतया मनसुन जुन १० मा नेपालको पूर्वी भू–भागमा प्रवेश गर्छ । यस वर्ष मनसुन जुन १२ मा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो। आज (आइतबार) जुन २१ देखि देशैभर मनसुनको प्रभाव परेको छ। यससँगै मौसमी गत...

ट्रम्प : भारत-चीन द्वन्द्व समाधानका लागि दुवै देशसँग कुरा गरिरहेका छौं……

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीच जारी तनाव समाधानका लागि आफू इच्छुक रहेको बताएका छन्। सीमाका विषयमा दुई देशबीच भएको झडपपछि विकसित परिस्थिति अमेरिकाले नियालिरहेको उल्लेख गर्दै ट्रम्पले यस विषयमा चीन र भारत दुवैसँग आफ्नो कुरा पनि भइरहेको बताएका हुन्। ‘यो एकदम गाह्रो अवस्था हो। अहिले हामी भारतसँग कुरा गरिरहेका छौं। हामी चीनसँग पनि कुरा गरिरहेका छौं। त्यहाँ ठूलो समस्या छ। दुवै आमनेस...

वैवाहिक अंगीकृत नागरिकताले थप तरंग……

नेकपा स्थायी कमिटीको गत मंसिरमा बसेको बैठकमा पम्फा भुसालले सबैभन्दा धेरै महिला सहभागिता र समानताका कुरा उठाइन् । नेकपाका महिला नेताको वरीयतामा दोस्रो नम्बरमा रहेकी भुसालले बैठककै बीचमा अध्यक्षलाई भेटेर पार्टीभित्र समानताको प्रत्याभूति हुनुपर्ने जोडदार माग गरिन् । राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्यसमेत रहेकी भुसाल उनै हुन्, जसले विवाह गरेर आउनेबित्तिकै नागरिकता दिने पुरानो व्यवस्था यथावत् राख्...