चीन र भारतको भिडन्त, तीन भारतीय सैनिक मारिए…..

 काठमाडौं । चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ । झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् । मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही छन् । सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो । सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो । तर एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई...

बेइजिङले स्थानीय मामिलामा कडा नियन्त्रण गर्दै……

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार हालको प्रकोपमा शहरले १०० भन्दा बढी नयाँ घटनाहरू देखेको छ। सात हप्ता भन्दा बढी सम्म बेइजिङले केवल विदेशबाट यात्रा गर्ने व्यक्तिहरूबाट मात्र संक्रमित केसहरु दर्ता गरेकाे थियो। डब्ल्यूएचओको आपतकालिन कार्यक्रम प्रमुख माइक रायनले भने, कोरोनाभाइरसका नयाँ समूहहरू "सँधै चिन्ताको विषय हाे"। "तर हामी त्यसकाे द्रुत प्रतिक्रिया र उपायहरूको व्यापक रुपमा हेर्न चाहन्छ...

पछि हट्यो अमेरिका – मलेरियाको औषधि कोरोनाको आपतकालीन उपचारमा प्रयोग गर्न नमिल्ने !……

कोरोनाको उपचारमा मलेरियोका उपचारमा प्रयोग हुने औषधिहरु हाइड्रोक्लोरिक्विन र कलोरोक्विन प्रभावकारी हुन सक्छ– यो तथ्यलाई जबरजस्ती स्थापित गर्ने कोशिश अमेरिकाले लामो समयसम्म गर्दै आयो । कतिसम्म भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यसको खुलेरै वकालत गरे । उनी आफैं कोरोना संक्रमितको सम्पर्कमा आएपछि सावधानीका रुपमा यौ औषधि नै खाए । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले नै पनि कोरोनाको आ...

बेलायत र फ्रान्समा सामान्य बन्यो जनजीवन……

लन्डन, पेरिस — लकडाउनका कारण घरमै थुनिन बाध्य भएको बेलायत र फ्रान्सवासीको जनजीवन सामान्य बन्दै गएको छ । बेलायतका मुख्य सडकका पसलहरु खुलेका छन् भने फ्रान्समा बार, रेस्टुराँ र पौडी पोखरी खुलेका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै बेलायतमा करिब ११ साताअघि लकडाउन गरिएको थियो । सोमबारदेखि बेलयातका मुख्य सडकका पसलहरु खुलेपछि किनमेल गर्ने ग्राहकको निकै भीड लागेको थियो । बेलायतले मार्च २३ म...

विश्व कोरोना अपडेटः संक्रमितको संख्या ८० लाख नाघ्यो, ४ लाख ३६ हजारको मृत्यु……

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८० लाख नाघेको छ। सोमबार राति ८ बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार संसाभर कोरोना संक्रमितको संख्या ८० लाख २८ हजार ४ सय ५२ पुगेको हो। तीमध्ये ४ लाख ३६ हजार २ सय ८० जनाको मृत्यु भएको छ । यसैगरी संक्रमितमध्ये ४१ लख ४८ हजार ३ सय ९ जना भने निको भएका छन् । अहिले विश्वमा सबैभन्दा बढी कोरोना संक्रमण अमेरिकामा फैलिरहेको छ । त्यहाँ यो खबर लेख्दासम्म २१ लख ६३ हज...

२६४ अर्बको प्रदेश बजेट सार्वजनिक : ४ वटा प्रदेशको आकार घट्यो, ३ वटाको बढ्यो……

काठमाडौं । संघीय सरकारको बजेटलगत्तै प्रदेश सरकारले पनि आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट सार्वजनिक गरेका छन् । सोमबार २६४ अर्बको ‘प्रदेश बजेट’ सार्बजनिक भएको हो । देशका ७ वटै प्रदेशहरुले कुल २ खर्ब ६४ अर्ब २० करोड ५७ लाख ११ हजार रुपैयाँ बराबरको बजेट ल्याएका हुन् । आर्थिक वर्ष २०७७/७८ को यो बजेट चालु आर्थिक वर्ष २०७६/७७ को बजेटको तुलनामा करिब १.७७ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षमा प्रा...

लकडाउन खुकुलो भएसँगै उपत्यका भित्रिने बढे……

सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाएको छ। त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ। उपत्यकामा पसल व्यवसायको बहाना बनाएर काठमाडौं छिर्नेहरूको संख्या बढ्दो छ। महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले उपत्यकामा लकडाउन खुकुलो गरेपछि नाकाहरूमा ओहोरदोहोर गर्नेको भीड बढेको बताए। उनका अनुसार बिनापास उपत्यका छिर्न खोज्ने...

बेइजिङमा संक्रमितको संख्या पुन: बढ्दै……

चीनमा पछिल्लो दुई दिनमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये राजधानी बेइजिङमा मात्रै ३६ जनामा कोरोना संक्रमण देखिएको हो । बेइजिङमा ३२ वर्षदेखि संचालित ‘सिन फा ती’खुद्रा कृषि बजार प्रवेशद्वारमा कडाइ गर्दै चिनियाँ प्रहरी ।  समाचार संस्था एएफपीका अनुसार बेइजिङको हेडियान क्षेत्रमा...

हङकङ सरकारद्वारा दिइने १० हजार डलर राहतको दर्ता सुरु……

हङकङ सरकारले आफ्ना नागरिक (पर्मानेन्ट रेसिडेन्ट आइडी कार्ड होल्डर) हरुलाई राहतस्वरूप १८ वर्षउमेर पुगेका प्रत्येक व्यक्तिलाई दश हजार हङकङ डलर अर्थात करिब १ लाख ५८ हजाररुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । गत फेब्रुअरी महिनामा सन् २०२०-२१ को बजेटमा सरकारले उक्त घोषणा गरेको थियो । नगद भुक्तानी योजना (द स्कीम) को लागि आवेदन दिने समय यही २१ जुन २०२० देखि ३१ डिसेम्बर २०२१ सम्म निर्धारण गरिएको छ ।यसैगरी ...

रंगभेदविरुद्ध फ्रान्समा बढ्यो प्रदर्शन……

पेरिस — अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको प्रहरी नियन्त्रणमा ज्यान गएपछि सुरु भएको विरोध प्रदर्शन फ्रान्समा बढ्दै गएको छ । फ्रान्समा बढ्दो अन्याय, जातीय विभेदको उन्मूलन, प्रहरी क्रूरता र रंगभेदको अन्त्य गर्न आह्वान गर्दै शनिबार तथा आइतबार हजारौं अल्पसंख्यक प्रदर्शनकारीले नाराजुलुस गरेका छन् । लकडाउनको नियम उल्लंघन गर्दै भएको प्रदर्शनमा सहभागीले उत्तेजित नारा लगाएका थिए । प्रहरीले प्रदर्शन...

बन्दाबन्दी खुकुलोसँगै सरकारी कार्यालयमा सेवाग्राहीको भीड……

सरकारले आजबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकांश कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको छ। यससँगै सडकमा पनि सवारी चाप बढेको छ। सरकारले कोभिड–१९ जोखिमबाट बचाउनका लागि गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीपछि आजबाट धेरै कार्यालयहरु खुलाउने निर्णय गरेको थियो। सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरु आजदेखि पूर्ण रुपमा खुलेका छन्। कार्यालय खुले पनि भीडभाड नगरी सामाजिक दुरी कायम गरेर काम गन...

सरकारविरुद्ध प्रदर्शन गर्ने ५ विदेशीलाई २ वर्ष नेपाल प्रवेश गर्न रोक……

काठमाडौँ — अध्यागमन विभागले सरकारविरुद्ध प्रदर्शन गर्ने ५ विदेशी नागरिकलाई २ वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासन गरेको छ । लकडाउन खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिएर २ वर्षका लागि नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासन गरिने अध्यागमन विभागका महानिर्देशक रमेश केसीले जानकारी दिए । पक्राउ परेका ६ जनामध्ये एक नेपाली नागरिकसँग विवाह गरी वैवाहिक भिसा लिएका कारण उनलाई भने जरिवानामात्रै गरिएको छ । जे...