दुई पूर्वमन्त्री, गृह सचिवसहित १६ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा…..

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्री, गृह सचिवसहित १६ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । दुई जना धरौटीमा छुटेका छन् । दुई सातादेखिको बहस टुंगिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले शुक्रबार २८ पृष्ठ लामो आदेश जारी गर्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृह सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री ...

अभियुक्तको पक्षमा १८ पीडितको तर्फबाट ४ अधिवक्ताको बहस…..

काठमाडौँ -  भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ‘ठगी धन्दा’ चलाएको मुद्दामा ११ औँ दिनसम्म लगातार बहससँगै थुनछेक बहस पुरा भएको छ । सो मुद्दामा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेसहित १८ जना पक्राउ परेका छन् । जेठ २१ बाट शुरु भएको थुनछेक बहस बिहीबार सकिएको छ । शुक्रवार सरकारी वकिलले जवाफ दिएपछि आरोपितहरूलाई रिहा गर्ने वा थुनामा पठा...

एक दिन ढिला गरेर नेपाल भित्रियो मनसुन…..

काठमाडौँ — नेपालमा एक दिन ढिला गरेर मनसुन प्रवेश गरेको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको छ । बुधबार पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव देखिएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणालीको प्रभाव मधेस प्रदेशको पूर्वी भागमा देखिएको जनाएको छ । बुधबार साँझ ६ बजेसम्मको तथ्यांक हेर्दा...

५१% बजेट चार नेताको जिल्लामा…..

काठमाडौँ — वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गतको मुख्य बजेट प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधारमन्त्री र पूर्वप्रधानमन्त्रीको जिल्लामा विनियोजन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको उक्त कार्यक्रमको बजेट सत्तारूढ दलका शीर्ष नेताको जिल्लामा केन्द्रित गर्न बजेटको ‘सिलिङ’ मा पनि हस्तक्षेप गरिएको छ । वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि राष्ट्रिय योजना ...

मैले हात उठाउन बाँकी छ…..

काठमाडौँ -    शरणार्थी प्रकरणमा जेठ २१ मा सुरु भएको थुनछेक बहस अझै पूरा भएको छैन । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले मंगलबारसम्ममा अभियुक्तका तर्फबाट बहस पूरा गर्न समय दिएका थिए । तर, दिनभर बहस गर्दा पनि पूर्व गृहमन्त्री बालकृष्ण खाणतर्फका कानुन व्यवसायीको बहस पूरा भएन । साँझ ६ बज्दासम्म बहस नसकिएपछि लयर्स पोडियममा उभिएर नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय...

आइपुग्यो धरानमा कोकाहाको पानी…..

सुनसरी — सुख्खायाममा चारदेखि ६ महिना काकाकुलको नियति भोग्नु धरानबासीका लागि अघोषित रुपमा वार्षिक क्यालेन्डर नै हो । तर, यसपटक सम्भवतः इतिहासमै सबैभन्दा बढी पानीको हाहाकार भोगिरहेका छन् धरानबासी । जबकी खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न भनेर एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा भूमिगत खानेपानी पनि सञ्चालनमा छ । स्वतन्त्रबाट विजयी भएलगत्तै खानेपानी अभियानलाई तिव्रता दिएका धरान उपमहानगरका...

भारतको ६ महिने ‘अल्टिमेटम’…..

झापा — सन्धिविपरीत ‘ओभरलोड’ सामान ढुवानी गरेको आरोपमा केही दिनअघि बंगलादेशसँगको नेपाल व्यापार रोक्ने चेतावनी दिने भारतीय भन्सार प्रशासन उक्त निर्णय कार्यान्वयनबाट तत्कालका लागि पछि हटेको छ । नेपाल–बंगलादेशबीचको व्यापार नै अवरुद्ध पार्ने भारतीय भन्सारको चेतावनीको समाचार बाहिरिएपछि भन्सार अधिकारीहरू उक्त निर्णय तत्काल कार्यान्वयन नगर्ने निष्कर्षमा पुगेका हुन् । भारतको फूलबारी ल्यान्ड कस्टमले आइतबारद...

बजेट संशोधन नगरे समर्थन गर्न नसकिने…..

काठमाडौँ — सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ‘पहुँचका आधारमा बजेट निश्चित क्षेत्रमा केन्द्रित गरेको’ भन्दै संशोधन नभए पारित हुन नदिने चेतावनी दिएका छन् । एकीकृत समाजवादीका सांसदले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतलाई संयुक्त रूपमा भेटेर बजेट संशोधन नगरे समर्थन गर्न नसकिने जनाएका हुन् । जसपाले पनि प्रधानमन्त्री दाहाललाई भेटी बजेट संशोधनको म...

काठमाडौंमा दर्ताबिनै सञ्चालित अस्पतालको बिगबिगी…..

काठमाडौँ — काठमाडौं महानगरपालिले दर्ता नगरी सञ्चालनमा रहेका स्वास्थ्य संस्था तथा अस्पतालहरू बन्द गराउन थालेको छ । स्वास्थ्य जस्तो संवदेनशील क्षेत्रमा कानुनी प्रक्रिया र मापदण्ड नै पूरा नगरी लापरबाही हुन थालेपछि महानगरले कडाइ गरेको हो । सोमबार मात्रै महानगरले बौद्ध र जडिबुटीमा रहेका दुईवटा अस्पताल सिल गरेको छ । बौद्धमा रहेको चाइनिज पिपुल्स अस्पताल र जडिबुटीको सहयात्री हस्पिटल एन्ड बर्थिङ सेन्टरमा म...

मुहान सुक्यो,ट्यांकीमा जम्मा गरेर बाँड्ने तयारी…..

संखुवासभा — सुक्खा लागेर पानीको मुहान सुकेपछि खाँदबारी नगरपालिकाले खोलाको पानी ल्याएर दमकलबाट वितरण थालेको छ । खाँदबारीबाट १६ किलोमिटर टाढाको सभाखोलाको पानी दुई दमकल एवं साना पानी ट्यांकरमा भरेर शुक्रबारदेखि बजारवासीलाई वितरण थालिएको हो । नगर प्रमुख महेश थपलियाका अनुसार टोलटोलमा लगेर बाँडिँदै छ । नगरपालिकाले खाँदबारीस्थित सेनाको ब्यारेकको एक लाख लिटरको ट्यांकीमा पनि पानी संकलन गरिरहेको छ । ‘दैनिक ...

गौतम बुद्ध विमानस्थलमा विदेशी वायुसेवाले चासो देखाएका छन्…..

भैरहवा — गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतसँग छोटो हवाई दूरी पाउने विषय अन्योलमै रहे पनि विभिन्न विदेशी वायुसेवा कम्पनीले उडान सञ्चालनका लागि चासो देखाएका छन् । म्यान्मार, कम्बोडिया, थाइल्यान्ड र चीनका हवाई कम्पनीले उडानका विषयमा छलफल थालेका हुन् ।  विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार कुनै कम्पनीले ट्राभल/टुर्सजस्ता व्यावसायिक संस्था त कुनैले दूतावासमार्फत उडान सञ्चालनका ...

पशुपतिनाथमा चढाए ५१ हजार भेटी…..

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथको मन्दिर दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा उनी शनिबार अपराह्न पशुपतिनाथ मन्दिर पुगेका हुन् । पशुपति मुल पुजारी रावल गणेश भट्टले मन्दिरमा हुने पूजा प्रक्रियाबारे दाहाललाई जानकारी गराएका थिए । भट्टले उनी र अरु मन्त्रीहरुलाई रुद्राक्षसहित फूलको माला र टीका लगाएर स्वागत गरे । यसअघि उनी पशुपतिनाथमा औपचारिक दर्शनका लागि गएका थिए...