अवतरण सञ्चालनमा रहेको ‘अवरोध’ भारतले हटाइदिएको छ…..

काठमाडौँ — भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडित उपकरणमा आधारित अवतरण प्रणाली सञ्चालनमा रहेको ‘अवरोध’ भारतले हटाइदिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणका क्रममा जहाज अवतरण गराउँदा आवश्यक पर्ने अत्याधुनिक ‘इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम’ (आईएलएस) सञ्चालनका लागि भारतले ‘स्वीकृति’ दिएको हो । नेपालले प्राथमिकता राखेको दुईतर्फी हवाई रुट थपका विषयमा भने सहमति हुन सकेन ।...

दाहाललाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत…..

नयाँ दिल्ली — चारदिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका छन् । प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको छ । प्रधानमन्त्री दाह...

प्रदेश सरकारद्वारा वार्ताका लागि आह्वान…..

मोरङ — कोशी प्रदेशको पुनः नामकरण माग गर्दै आन्दोलनरत पहिचान पक्षधरलाई प्रदेश सरकारले वार्ताका लागि मंगलबार आह्वान गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार प्रेस विज्ञप्तिमार्फत आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका छन् । आन्दोलनरत पक्षलाई पूर्वघोषित विरोधका कार्यक्रमहरु स्थगन गरी वार्ताका लागि मन्त्री सिटौलाले विज्ञप्तिमार्फत आह्वान गर...

पाँच वर्ष जेल सजायपछि पूर्वसांसद चौधरी रिहा…..

काठमाडौँ — कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी सोमबार रिहा भएका हुन् । गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम स...

कोशी प्रदेश नामकरण विवादले दिनभर तनावग्रस्त…..

माेरङ — कोशी प्रदेश नामकरणका विषयमा सडकमा आन्दोलन चर्किरहेका बेला सुरु भएको बजेट अधिवेशनमा सांसदहरुले आन्दोलनरत पक्षसँग वार्ता गर्नुपर्ने माग गरेका छन् । विराटनगरस्थित प्रदेशसभाको हलमा आइतबारदेखि बजेट अधिवेशन सुरु भएको छ । तर भित्र बैठक चलिरहेका बेला बाहिर सडकमा भने आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ । आन्दोलनरत पक्षको दबाबमा परेका सांसदहरुले प्रदेशसभामा आन्दोलनरत पक्षसँग वार्ता गरेर समस्या समा...

आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै…..

काठमाडौं - मुलुक आगामी आर्थिक वर्षको बजेट आज घोषणा हुँदैछ । संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउन लागेको हो । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन् । सरकारले आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । राष्ट्रिय योजना आयोगले आगामी...

भारत’को नक्सामा नेपालका लुम्बिनी र कपिलवस्तुको नाम पनि समावेश…..

काठमाडौँ — भारतमा आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा भित्तामा अंकित गरिएको छ । सो नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ  संसद्को नयाँ भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक कार्यक्रमसहित आइतबार उद्घाटन गरेका थिए । भारतीय सञ्चार माध्यमहरुले विगतका महत्वपूर्ण अधिराज्य तथा सहरहरुलाई समावेश गरेको ज...

नीति तथा कार्यक्रम बहुमतले पारित…..

काठमाडौँ — सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रिय सभाको जेठ ५ को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट यसअघि ...

‘चर्को राष्ट्रवाद’ छाडेर प्रधानमन्त्रीको भारत भ्रमण तयारी…..

काठमाडौँ — माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा २० सदस्यीय टोली चीन भ्रमणमा रहेका बेला जेठ १७ बाट हुने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारी भइरहेको छ । यसपटक उनी ‘चर्को राष्ट्रवाद’ को मुद्दा छाडेर दुई देशको सम्बन्ध, नेपालको विकास र माओवादी सम्बन्धमा केन्द्रित हुने भएका छन् । पूर्वसभामुख, दाहालका विश्वासिला र चीनसँग राम्रो सम्बन्ध भएका नेता साप...

बोल्नै मानेनन्, केही कुरा खोलेनन्…..

काठमाडौँ -  नक्कली शरणार्थी प्रकरणका मुख्य अभियुक्त भनिएका डा.इन्द्रजित राईले कुटिल र चलाखीपूर्ण ढंगले आफ्नो बयान दिएका छन् । उनले प्रतिवादीमध्ये केशवप्रसाद दुलालबाहेक अरू कसैलाई नचिनेको दाबी गरेका छन् । अरू आरोपीले राईलाई करोडौँ बुझाएको बयान दिँदा राईले भने आफूले शरणार्थी प्रकरणमा कसैको पैसा नखाएको र यसबारे कतै कारोबार भएको गरेको भए प्रमाण ल्याउन समेत चुनौती दिएका छन् । ‘प्रतिवादी सानु भण्डारी क...

छुवाछुतसम्बन्धी मुद्दा हाल्ने दलितमाथि कुटपिट…..

सिरहा — भोजको विषयमा छुवाछुतसम्बन्धी मुद्दा दायर गर्ने सिरहाको भगवानपुर गाउँपालिका–१ का विणुदेव पासवानमाथि कुटपिट भएको छ । ‘छुवाछुतसम्बन्धी मुद्दा हाल्ने यही हो’ भन्दै विणुदेव पासवानमाथि कुटपिट भएको हो । गाउँमा बनाएको मन्दिरको भुक्तानीको विषयमा छलफल गर्ने बाहानामा बुधबार बिहान बोलाएर एमालेका भगवानपुर गाउँ कमिटीका पदाधिकारी सूर्यनारायण प्रसाद यादव, नन्दी, घुरण, देवन, जीवछ यादवसहितले कुटपिट गरेको पा...

नक्कली भुटानी शरणार्थी प्रकरणका जाहेरीकर्ता…..

काठमाडौँ - नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोप लागेका ३० जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भयो । ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा दायर भएको मुद्दामा एमालेका नेता टोपबहादुर रायमाझी र कांग्रेसका नेता बालकृष्ण खाँणसहितका हाइप्रोफाइल मुछिए । सो प्रकरणमा प्रहरीमा सबैभन्दा पहिला गजेन्द्र बुढाथोकीले जाहेरी दिएका थिए । उन...