बोल्नै मानेनन्, केही कुरा खोलेनन्…..

काठमाडौँ -  नक्कली शरणार्थी प्रकरणका मुख्य अभियुक्त भनिएका डा.इन्द्रजित राईले कुटिल र चलाखीपूर्ण ढंगले आफ्नो बयान दिएका छन् । उनले प्रतिवादीमध्ये केशवप्रसाद दुलालबाहेक अरू कसैलाई नचिनेको दाबी गरेका छन् । अरू आरोपीले राईलाई करोडौँ बुझाएको बयान दिँदा राईले भने आफूले शरणार्थी प्रकरणमा कसैको पैसा नखाएको र यसबारे कतै कारोबार भएको गरेको भए प्रमाण ल्याउन समेत चुनौती दिएका छन् । ‘प्रतिवादी सानु भण्डारी क...

छुवाछुतसम्बन्धी मुद्दा हाल्ने दलितमाथि कुटपिट…..

सिरहा — भोजको विषयमा छुवाछुतसम्बन्धी मुद्दा दायर गर्ने सिरहाको भगवानपुर गाउँपालिका–१ का विणुदेव पासवानमाथि कुटपिट भएको छ । ‘छुवाछुतसम्बन्धी मुद्दा हाल्ने यही हो’ भन्दै विणुदेव पासवानमाथि कुटपिट भएको हो । गाउँमा बनाएको मन्दिरको भुक्तानीको विषयमा छलफल गर्ने बाहानामा बुधबार बिहान बोलाएर एमालेका भगवानपुर गाउँ कमिटीका पदाधिकारी सूर्यनारायण प्रसाद यादव, नन्दी, घुरण, देवन, जीवछ यादवसहितले कुटपिट गरेको पा...

नक्कली भुटानी शरणार्थी प्रकरणका जाहेरीकर्ता…..

काठमाडौँ - नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोप लागेका ३० जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भयो । ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा दायर भएको मुद्दामा एमालेका नेता टोपबहादुर रायमाझी र कांग्रेसका नेता बालकृष्ण खाँणसहितका हाइप्रोफाइल मुछिए । सो प्रकरणमा प्रहरीमा सबैभन्दा पहिला गजेन्द्र बुढाथोकीले जाहेरी दिएका थिए । उन...

नागरिकता विधेयकमा राष्ट्रपतिले खोजे संवैधानिक आधार…..

काठमाडौँ —   नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि सत्ता गठबन्धनका शीर्ष नेताले गरेको आग्रहमा राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक आधार खोजेका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री धनराज गुरुङसहित कानुन सचिव धनराज ज्ञ...

१६ जनाविरुद्ध आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी…..

काठमाडौँ -    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ । अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजन पत्र तयार गरिरहेको छ । प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुन सक्ने कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जान...

२७औं आरोहणसँगै कामीरिताकै बराबरीमा पादावा…..

काठमाडौँ — सोलुखुम्बुको पाङ्बोचेका ४६ वर्षीय पासाङ दावा शेर्पाले सर्वाधिक सगरमाथा आरोहण गर्ने नेपाली आरोही कामीरिता शेर्पाकै २७औं पटकको विश्वकीर्तिमान बराबरी गरेका छन् । इम्याजिन नेपाल ट्रेक एन्ड एक्सीपिडिसन प्रालिका कार्यकारी निर्देशक दावा ग्यालजेन शेर्पाका अनुसार पासाङ दावा शेर्पाले सोमबार बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन् । यो आरोहणसँगै उनी कामीरिता शेर्पाकै हाराहारीमा सबैभन्दा बढी पटक विश्व...

खाणको मोबाइलमा भेटिएन शरणार्थी सम्बन्धी प्रमाण…..

काठमाडौँ -    पूर्व गृहमन्त्री बालकृष्ण खाणको मोबाइल परीक्षण रिपोर्ट आएको छ । वैशाख २७ मा खाणलाई पक्राउ गर्दा प्रहरीले उनको मोबाइल पनि जफत गरेर विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाएको थियो । मोबाइल परीक्षण रिपोर्ट आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले रातोपाटीलाई बताए । खाणले आफ्नो मोबाइल ‘फ्याक्ट्री रिसेट’ गरेको भेटिएको छ । ल्याबमा परीक्षण गर्दा ‘फ्याक्ट्री रिसेट’ ग...

टोपबहादुरसहित ४ जना मुख्य योजनाकार…..

काठमाडौं - बालकृष्ण खाण २०७८ पुस २९ मा गृहमन्त्री भए । २०७९ पुस ११ सम्म गृहको नेतृत्वमा रहेका खाणसँग भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्ने गिरोहले मन्त्रालयमा नै भेटेर ‘मिटिङ’ गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बालकृष्णलाई गिरोहले दोस्रो चरणमा जोडेका थिए । पहिलो चरणको प्रक्रियामा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री थिए । बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, छोरा प्रतीक थापा र नेकपा ए...

नदीको बगरमा ठडिएका पिलर हेर्दै स्थानीय, पैसा तिरेर नदी तर्दै…..

कञ्चनपुर — नदी बगरमा पिलरहरू ठडिएको वर्षौं भयो । छेउमै बाँस र अन्य काठको प्रयोग गरेर काठेपुल निर्माण गरिएको छ । दोदा नदीको बगरमा ठडिएका पिलर हेर्दै स्थानीय शुल्क तिरेर काठे पुलबाट वारपार गरिरहेका छन् । काठे पुलमा यात्रा गरेवापत एक पटकका लागि साइकलको १० र मोटरसाइकलको ४० रुपैयाँ शुल्क तिर्नुपर्छ । यो पनि बर्खा नलाग्दासम्म मात्रै । बर्खा लागेपछि त आउजाउ नै ठप्प हुन्छ । बर्खा लागेपछि त काठेपुल सबै बगा...

सक्कली शरणार्थी नेता, नक्कली शरणार्थी ‘निर्माता’…..

काठमाडौँ — भुटानी प्रजातान्त्रिक आन्दोलनका अगुवा । शरणार्थी आन्दोलनका प्रमुख आवाज । मानवअधिकार अभियन्ता । नेपालका प्रतिष्ठित पाहुना । टेकनाथ रिजालको यो विशाल परिचय रातारात धुमिल भएको छ, शरणार्थीका नाममा मानव ओसारपसार र नेपाल राज्यविरुद्धको गम्भीर आरोपमा नेपाल प्रहरीले उनलाई पक्राउ गरेको छ । भुटानी सत्ताबाट लखेटिएर नेपाल आएका शरणार्थीका लागि विश्वासको टेको थिए रिजाल । भुटानबाट लखेटिएपछि नेपाल आइपुग...

नागरिक उन्मुक्ति पार्टीद्वारा आन्दोलनको घोषणा…..

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी रिहा नभएसम्म नेपाल बन्दसम्मको घोषणा गर्ने चेतावनी दिएको छ । सो पार्टीले आज पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलनमार्फत विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गर्दै सो पार्टीले कोणसभा र प्रदर्शनबाट माग पुरा नभए नेपाल बन्दसम्मको कार्यक्रम ल्याउने घोषणा गरेको छ । नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले ...

दोस्रो पुस्ताका नेताहरूले कांग्रेसभित्रै नयाँ ध्रुबीकरणको प्रयास…..

काठमाडौँ — पछिल्ला निर्वाचन र ती निर्वाचनबाट नवोदित राजनीतिक दलहरूलाई प्राप्त जनमतबाट त्रसित बनेका दोस्रो पुस्ताका नेताहरूले कांग्रेसभित्रै नयाँ ध्रुबीकरणको प्रयास थालेका छन् । पार्टीको महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको डेढ वर्षसम्म पनि नेतृत्वले आशा जगाउन नसकेको, बरू नेतृत्वको कार्यशैलीबाट निराशा पैदा भइरहेको भन्दै उनीहरूले ‘कांग्रेसमा रुपान्तरण अभियान’ घोषणा गरेका छन् । कांग्रेसका पूर्वकेन्द्री...