डोल्पा - हिमाली जिल्ला डोल्पामा वर्षासँगै हिमपात भएको छ । शुक्रबार रातिदेखि मौसम बदली भएसँगै जिल्लाभर वर्षा र हिमपात सुरु भएको हो । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा पूर्ण रूपमा हिउँले सेताम्मे भएको छ । त्यस्तै तल्लो तथा मध्य डोल्पाका सुँ, जुफाल, माझफाल, रह, लिकु, पहाडा, चु, कालिका, काइगाउँलगायतका बस्तीहरूमा पनि बाग्लो हिउँ जमेको छ भने जिल्ला भर हिमपात भइरहेको छ । रा...
समाचार
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै…..
काठमाडौं - नेपालको कानुनत: साठी वर्ष उमेर पुगेकाहरू ज्येष्ठ नागरिक हुन् । ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को दफा २ ले ज्येष्ठ नागरिकको परिभाषा गरेको छ । जहाँ साठी वर्ष उमेर पूरा गरेको नेपाली नागरिकलाई ज्येष्ठ नागरिक भनेर सम्झनुपर्छ भनेर परिभाषित गरिएको छ । सरकारी कर्मचारी, सुरक्षा निकाय लगायतका कैयन जिम्मेवारीमा ज्येष्ठ नागरिकलाई बन्देज छ । तर, राजनीतिमा यस्तो छैन । जनप्रतिनिधि हुनका लागि उमे...
विरासत जोगाउने दाउमा १३ उम्मेदवार, ह्याट्रिकको दाउमा ६ जना…..
विराटनगर - कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा ५ सय ४ जनाले उम्मेदवारी दिएका छन्, त्यसमध्ये १३ जना अघिल्लो निर्वाचनमा विजयी हुन् । जसमध्ये ६ जना लगातार दुई पटक वा सोभन्दा बढी निर्वाचन जित्नेहरू छन् । झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली २०७०, ०७४ र ०७९ सालको निर्वाचनमा विजयी भएका थिए । यस्तै, झापा ४ का एमालेका उम्मेदवार एलपी सावा, झापा–३ का राप्रपा उम्मेदवार राजेन्द्र लिङ्देन, मोरङ ४ का नेकप...
आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै…..
काठमाडौं - निर्वाचन आयोगले आज प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको नामावाली प्रकाशन गर्दैछ । मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्न लागिएको आयोगले जनाएको छ । मंगलबार साँझसम्म मनोनय दर्ता भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी लिएको थियो । बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यतासम्बन्धी उजुरी लिएको हो । बुधबार साँझ नै दर्ता भएका उजुरीबारे जाँचबु...
सांसद् बन्न दल बदल, प्रवेश गरेकै दिन टिकट…..
काठमाडौं - रौतहत-१ मा नेपाली कांग्रेसबाट अनिलकुमार झाले उम्मेदवारी दिएका छन् । उनको पहिचान भने मधेशवादी दलका नेताको छ । हुन पनि ६ माघ बिहानसम्म उनी नेपाल सद्भावना पार्टीका अध्यक्ष थिए । दिउँसो कांग्रेससँग सहमति गरेर उम्मेदवारी दर्ता गरे । २०५६ मा सद्भावना पार्टीको सहमहासचिव बनेका उनी संघीय सद्भावना पार्टी, राष्ट्रिय जनता पार्टी (राजपा), लोकतान्त्रिक समाजवादी (लोसपा) हुँदै एमालेका पुगेका हुन ।...
पार्टी प्रमुखहरू नै समानुपातिकको पहिलो नम्बरमा…..
काठमाडौं - २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा कतिपय पार्टीका अध्यक्ष र सभापति नै समानुपातिकमा बसेका छन् । समानुपातिक सूचीमा पनि उनीहरू आफ्नो क्लस्टरमा पहिलो नम्बरमै बसेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी समानुपातिक सूचीमा छन् । राष्ट्रिय जनमोर्चाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा उनको नाम खसआर्य पुरुषतर्फ पहिलो नम्बरमा छ । ८४ वर्षीय केसी लामो समयदेखि जनमोर्चा...
देउवा समूहलाई पनि टिकट तर सर्वोच्चको रिट फिर्ता होस्…..
काठमाडौं - नेपाली कांग्रेसले आन्तरिक कलहकैबीच निर्वाचनको टिकट वितरणको तयारी गरेको छ । मंगलबार मनोनयन दर्ता गर्नुपर्ने भएकोले आजै टिकटको टुंगो लगाउन थालेको हो । २१ फागुनमा हुने निर्वाचनका लागि टिकट मिलान र विवाद साम्य पार्न भन्दै तीन गुटका नेताले छलफल गरेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित भएर आधिकारिकता पाएका गगन थापा, शेरबहादुर देउवा र शेखर कोइराला समूहका नेताहरु छलफलमा जुटे पनि कुनै सहमति ...
आज सोनाम ल्होसार…..
काठमाडौं - आज २८६२ औँ सोनाम ल्होसार पर्व मनाइँदैछ । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु भएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीक...
आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै…..
काठमाडौं - नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाँदै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्न जाने बताए । ‘हामी आज रिट लिएर जाने तयारीमा छौं,’ उनले भने । देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिन...
४ महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक…..
काठमाडौं - राष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा अधिवेशन सुरु हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालयमाअधिवेशन सञ्चालन गर्ने तयारी गरिएको हो । आजको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबा...
ठेक्कापट्टामा चलखेल नरोकिएपछि सञ्चार सचिव अर्यालको सरुवा…..
काठमाडौं - सरकारले सञ्चार तथा सूचना प्रविधिसचिव राधिका अर्याललाई जिम्मेवारीबाट हटाएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले अर्याललाई सञ्चारबाट महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको हो । उनको ठाँउमा महिला मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत सरुवा भएर जाने भएकी छन् । यसअघि सचिव अर्याललाई सञ्चार मन्त्रालयको जिम्मेवारीबाट हटाउन प्रयास गरेपनि सरकारले सकेको थिएन । अन्तत: शुक्रब...
आधिकारिकता पाएसँगै गगन थापाले बोलाए बैठक…..
काठमाडौँ - नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् । निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै थापाले केन्द्रीय कमिटी बैठक आह्वान गरेका हुन् । बैठक आज बिहान ११ः३० बजे नयाँ बानेश्वर स्थित अर्पण बैंक्वेयटमा बस्ने बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ । थापाले शुक्रबार मात्र निर्वाचन आयोगमार्फत आधिकारिकता पाएका थिए ।...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 471
- Next Page »
















