मधेस प्रदेश सरकारका लागि पार्टीहरुको हानथाप…..

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनपछि मधेस प्रदेश सरकार परिवर्तन हुने अभिव्यक्ति दिएपछि यसबारे चासो बढेको छ । उपनिर्वाचन अन्तर्गत आफ्नो पार्टीको चुनाव प्रचार कार्यक्रमका क्रममा बारा क्षेत्र नम्बर २ मा रहेका राउतले चुनावपछि मधेसमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने, अन्यथा कांग्रेसले नेतृत्व गर्ने दाबी गरे । यसबारे सहमति भइसकेको उल्लेख गर्दै उनले उक्त सहमतिप्रति दलहरु प्र...

थप उपचारका लागि भारत लैजान परामर्श…..

काठमाडौँ — स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजान परामर्श थालिएको छ । छातीको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लान चिकित्सक र परिवारबीच परामर्श भइरहेको त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाले जानकारी दिए । राष्ट्रपति पौडेलको उपचारमा संलग्न एक चिकित्सकका अनुसार लामो समय औषधि सेवन गर्दा पनि छाती...

बैठकमा एमालेलाई तीनवटा संसदीय समितिको नेतृत्व दिने प्रस्ताव…..

काठमाडौँ -   सत्ता गठबन्धनबीच संघीय संसदको विषयगत समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि समेटेर जाने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेलाई तीनवटा संसदीय समितिको नेतृत्व दिने प्रस्ताव राखेका थिए । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार प्रधानमन्त्रीको प्रस्तावमा कांग...

बालकोटमा ओलीसँग छलफल गर्दै प्रचण्ड र देउवा…..

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा बालकोट जाने भएका छन् । दुई नेता सोमबार बिहान ९ बजे ओली निवास बालकोट जान लागेका हुन् । अस्वस्थ भई बालकोटमै आराम गरिरहेका ओलीलाई भेट्न र वर्तमान समसामयिक अवस्थाबारे छलफल गर्न दुई नेता बालकोट जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले ओ...

काठमाडौंमा सधैं प्रदूषणको पिरलो…..

काठमाडौँ — गत वर्षहरूको यही अवधिमा जस्तै देशका प्रमुख सहरहरूमा प्रदूषण उच्च भएको छ । प्रदूषण बढेसँगै केही दिनयता काठमाडौंको आकाश धुम्मिएको छ भने अस्पतालहरूमा दम र निमोनियाका बिरामीको संख्या बढ्न थालेको छ । आकाश तुवाँलोले ढाकिँदा चार दिनयता आन्तरिक उडान प्रभावित भएको छ । एक्यू एयरका अनुसार आइतबार दिउँसो काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १६९ छ । काठमाडौं शंखपार्कमा एक्यूआई १८७ थियो भने खुमलट...

सरकारले आर्थिक संकट भन्दै सामाजिक सुरक्षा भत्ता काट्न खोज्यो…..

लमजुङ — नेकपा एमाले उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले वृद्धवृद्धा, अपांगता, दलित, एकल महिलालगायतले खाइपाइ आएको सामाजिक सुरक्षा भत्ता वर्तमान सरकारले कटौती गर्न लागेको आरोप लगाएका छन् । उनले सरकारको गतिविधिले जनता त्रासमा रहेको भन्दै सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारलाई आग्रह गरे । नेकपा एमाले बेंसीसहर नगरपालिका-६, वडा कमिटीद्वारा शनिबार आयोजित मिसन ग्रासरुटअन्तर्गत कार्यकर्ता ...

गर्नै नसक्ने कार्यक्रम र योजना बनाउँदै, थन्क्याउँदै…..

काठमाडौँ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कार्यान्वयन गर्नै नसक्ने कार्यक्रम र योजना बनाउँदा बजेट त्यसै थन्किएको छ । महत्त्वाकांक्षी योजना बनाएर कार्यान्वयन गर्न नसक्दा लैंगिक सशक्तीकरण र समानता लक्ष्यको प्रगतिमा समेत असर परेको छ । ०७८/०७९ मा लैंगिक सशक्तीकरणको सूचकांक ०.६२ पुर्‍याउने लक्ष्य राखिएकामा प्रगति ०.५६ मात्रै छ । लैंगिक असमानता ०.४३ सूचकांकमा झार्ने लक्ष्य ०.५५ म...

विक्रम संवत्‌को नववर्ष आज सुरु, देश सही दिशामा हिँडोस्…..

हामी नेपालीले राष्ट्रिय रूपमा प्रयोग गर्दै आएको विक्रम संवत्‌को नववर्ष आज सुरु भएको छ । नयाँ सालले यसै पनि नवीन उमंग ल्याएको हुन्छ, त्यसमाथि सर्वोत्तम ऋतु मानिने वसन्तको बीचमा नयाँ पात्रो पल्टाउनुको आफ्नै अर्थ छ । यति बेला बोटबिरुवाहरूमा नयाँ पालुवा पलाएजस्तै हाम्रो राष्ट्र एवं नागरिकहरूको जीवनमा पनि नयाँ मुना अंकुराउन सक्नुपर्छ । पुराना पातहरू झरेर प्रकृति–वनस्पति फेरिएजस्तै विगतका गल्तीहरू सच्या...

२०७९ को आज अन्तिम दिन, के कस्तो रह्यो २०७९…..

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नियुक्त भएपछि रवि लामिछानेले निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरे । गृहमन्त्रीको निर्णय अनुसार हत्या अनुसन्धानलाई प्रभावकारी बनाउन पुस १५ मा डीआईजी दुर्गा सिंहको नेतृत्वमा नयाँ समिति बन्यो । तत्कालीन गृहमन्त्री रवि लामिछानेले तदारुकता देखाएपछि केन्द्रीय अनुसन्धान ब्युरोले डीएनए जाँच गर्न ५ जनाको रगतको स्याम्पल सङ्कलन गरेको थियो । तीमध्ये...

विदेशमा मृत्यु भएकाले पनि यसरी ठगिन्छन्…..

काठमाडौँ । वैदेशिक रोजगारीमा हुँदा मृत्यु भएमा त्यसको विवरण गोप्य राखिन्छ । जो कोहीले मृतकको विवरण पाउँदैनन् । यतिसम्म कि मृतकको आफन्त तथा नातेदार बाहेक कसैलाई पनि शव कहिले नेपाल ल्याइँदैछ भन्ने जानकारी समेत दिइँदैन् । तर, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट भने त्यो सूचना बाहिर पुग्ने गरेको देखियो । त्यसका लागि मेनपावर व्यवसायीदेखि गाउँ गाउँमा रहेका उनीहरूका दलालसम्म परिचालन हुने गरेका छन् । त्यस्त...

सेना बोकेर युगान्डा उड्नै लागेको जहाज रोकियो…..

काठमाडौँ — संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि युगान्डा जानुपर्ने नेपाली सेनाका ७७ जना सैनिक जहाजमा राखेर सोमबार बेलुकी उड्नै लाग्दा नेपाल वायुसेवा निगमको चार्टर्ड उडान रद्द भएको छ । निगम प्रवक्ता रमेश पौडेलका अनुसार, युगान्डा पस्ने मुलुकको बीचमा पर्ने अर्को अफ्रिकी मुलुक इरिट्रियाले अन्तिम सयममा कूटनैतिक माध्यमबाट आफ्नो मुलुकमाथि उड्ने अनुमति लिन भनेपछि सेनाको डफ्फा अदलीबदल...

कमिसनको खेलमा जघन्य अपराध गर्दै निजी विद्यालय…..

काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरु हुन लागेको छ । विद्यालयहरूले परीक्षा सकाएर नतिजा प्रकाशन गरेसँगै नयाँ वर्षका लागि भर्ना प्रक्रिया सुरु गर्न थालिसकेका छन् । सामुदायिक भन्दा पनि निजी विद्यालयहरूले विद्यार्थी भर्ना प्रक्रियालाई निकै उत्साहका साथ अगाडि बढाइरहेका छन् । निजी विद्यालयहरूले विद्यार्थी भर्नालाई वर्षभरिका लागि आम्दानी हुने सिजनको रूपमा लिने गरेका छन् । अहिले विद्यालयहरूले विद्यार्थी भर्ना...