न्यायसम्बन्धी विधेयकमा जुटेन सहमति…..

काठमाडौँ । सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्याक) बाट पारित गर्ने विषयमा शीर्ष नेताबीच सहमति हुन सकेन । सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित उनकै कार्यकक्षमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा सहमति जुट्न नसक...

टीआरसी विधेयक पारित गर्न मतभेद…..

काठमाडौँ — संसद्मा विचाराधीन संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक ‘फास्ट ट्र्याक’ बाट पारित गर्न प्रमुख विपक्षी एमालेले असहमति जनाएको छ । सत्तारूढ दलले टीआरसी विधेयक संसदीय समितिमा नपठाई फास्ट ट्र्याकबाट पारित गर्न चाहने र एमालेले समितिमा छलफल गरेर मात्रै सहमति जुटाउनुपर्ने अडान लिएको हो । दलहरुमा रहेको मतभेद हटाउन र संसद् प्रभावकारी नभएको सांसदहरुको आरोप चिर्न सभामुख देवराज घिमिरेले माओवादी अध्...

नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्न थाले…..

काठमाडौँ । नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड सङ्क्रमण पुष्टि भएकालाई आइसोलेसनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना सङ्क्रमणको जस्तो लक्षण देखिएमा परीक्षण गर्न आग्रह गरे । रुघा, खोकी, अन्य ज्वरो प्रमाणित नभएसम्म कोभिड पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन उनको आग्रह छ ...

अर्थमन्त्रीले बाँडे आफूखुसी २३ करोड…..

सुर्खेत - बुधबार कर्णाली प्रदेशसभा बैठकमा कांग्रेसका सांसदहरुले अर्थमन्त्री विनोदकुमार शाहले करोडौँ रकम मनमौजी तरिकाले गाउँमा पठाएको आरोप लगाए । अर्थमन्त्री शाहले मुख्यमन्त्री राजकुमार शर्मालाई समेत पत्तै नदिई चुनावी खर्च उठाउने नियतले गाउँमा बजेट पठाएको भन्दै कांग्रेस सांसदले सदनमा त्यसबारे जानकारी गराउन माग गरे । यद्यपि शाहले संसदमा यसबारे जवाफ भने दिएका छैनन् । मन्त्री शाहले गत फागुन १६ गते २३ ...

यादव र राउतको शक्ति परीक्षण…..

काठमाडौँ — गत मंसिरमा भएको चुनावमा पराजित जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अब बारा–२ मा हुने उपनिर्वाचनका लागि मैदानमा छन् । यो क्षेत्रबाट यसअघि जसपाकै रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । तर, अध्यक्ष यादवले चुनाव जितेर पार्टीको संसदीय दलको नेतासमेत बनेका रामसहाय प्रसादलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचनमार्फत आफ्ना लागि संसद् छिर्ने बाटो बनाएका हुन् । तर, यसपटक बाराको उपनिर्वा...

चितवनको क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढ्ने…..

काठमाडौँ — सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको उक्त रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र परेको छ । कलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड ...

उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता आज…..

काठमाडौँ -    आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् । गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दाम...

दाउपेचमै बिते प्रधानमन्त्रीको १०० दिन…..

काठमाडौँ — पुस १० मा तेस्रो पटक प्रधानमन्त्री भएपछि पुष्पकमल दाहालले दोहोर्‍याउँदै आएका छन्, ‘यस पटक देशले सम्झने गरी काम गर्छु । काम धेरै गर्छु, भाषण कम ।’ तर यस्तै भाषण गर्न उनले हरेक दिन दुई–तीनवटा सार्वजनिक कार्यक्रम भ्याउँछन् । यसैगरी बिते महत्त्वपूर्ण सय दिन, उपलब्धिका नाममा मन्त्रिपरिषद् पनि पूर्ण भएको छैन । संसद्को तेस्रो शक्ति हुँदा पनि सत्ता समीकरणको अंकगणितका कारण दाहाल प्रधानमन्...

सुनमायाले जितिन ‘गोल्डेन १०० हङकङ ३० किमि’ ट्रेल रेस

१ अप्रिल २०२३ हङकङ । अप्रिल १ आईतबार सम्पन्न भएको ‘२०२३ गोल्डेन १०० हङकङ ३० किलोमिटर‘ ट्रेल रेसमा सुनुमाया बुढा बिजयी भएकी छिन् । हङकङ समय बिहान ९ बजे शुरू भएर १२ बजेर ९ मिनेट ५६ सेकेन्ड हुँदा ३ घण्टा ९ मिनेट ५६ सेकेण्डमा उनले तोकिएको दुरि पार गरेकि थिईन । ईन्टर नेशनल ट्रेल रनिङ एसोसियसनद्वारा आयोजित उक्त ट्रेल रेस प्रतियोगिता हङकङको हक ताउ बाट शुरू भएर हक ताउमा नै समाप्त भएको थियो । प्रतियोगित...

अधिकार कटौतीमा पछि हटे सत्तारूढ सांसद…..

काठमाडौँ — प्रतिनिधिसभा नियमावली पारित गर्ने सम्बन्धमा सभामुख र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका पदाधिकारीबीच समझदारी जुटेको छ । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, प्रतिनिधि तथा संसद् सचिवालयका अधिकारीबीच शनिबार भएको छलफलले सभामुखको अधिकार कटौती गर्ने गरी दर्ता गरिएका संशोधन फिर्ता लिने र कार्यव्यवस्था समिति बैठक निरन्तर राख्ने समझदारी गरेको हो । कार्यव्यवस्...

रञ्जिता सिंहदरबार, रेशम जेलमा…..

काठमाडौँ -     नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेकी छन् । नाउपाक संरक्षक रशेम चौधरीको रिहाइ विना रञ्जिता सरकारमा सहभागी भएकी हुन् । टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी डिल्लीबजार कारागारमा छन् । नाउपाले सरकारमा सहभागी हुन रेशमको रिहालाई मुख्य एजेण्डा बनाउँदै आएको थियो । तर रेशम रिहा नहुँदै उनकी पत्नी रञ्जिता मन्त्री बनेर सिंहदर...

२०७९ सालको एसईई आजदेखि सुरु…..

काठमाडौं - २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबार (आज)बाट सुरु हुँदै छ । देशभर दुई हजार ३७ परीक्षा केन्द्रमा आज बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा आवेदन फारम भर्ने विद्यार्थीको संख्या भने ५ लाख १६ हजार ...