देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेक बन्द…………..

१७ भदौ २०७५, काठमाडौं – सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने लिखित प्रतिबद्धता पूरा नगरेको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने भएको छ। संघका महासचिव डा. लोचन कार्कीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र कानुनमन्त्री भानुभक्त ढकालसँग शुक्रबार सिंहदरबारमा भएको बैठकमा सकारात्मक परिणाम निस्कन नसकेकाले ...

१८ बुँदे काठमाडौ घोषणापत्र जारीसँगै सक्कियो चौथो बिमस्टेक

 काठमाडौ काठमाडौमा जारी चौथो (बिमस्टेक) बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयासको शिखर सम्मेलन १८ बुँदे काठमाडौ घोषणापत्र जारीसँगै सकिएको छ ।  हिजो सुरु सम्मेलनले वडापत्र निर्माण र संयुक्त लगानी कोष स्थापना गर्ने विभिन्न एजेण्डा समेटिएको काठमाडौं घोषणापत्र जारी गरेको हो । शिखर सम्मेलनका क्रममा बिमस्टेक ग्रिड ईन्टरकनेक्सनसम्बन्धी सम्झौता पनि भएको छ । सातै सदस्य राष्ट...

विदेशी पाहुनालाई आज राष्ट्रपतिको दिवाभोज………..

 १४ भदौ २०७५, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बिमस्टेक चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका प्रमुख र सरकार प्रमुखहलाई बिहीबार दिवाभोज आयोजना गरेकी छिन्। राष्ट्रपति भवन शीतलनिवासमा मध्याह्न साढे बाह्र बजे राष्ट्रपति भण्डारीले दिवाभोजको आयोजना गरेकी छन्। राष्ट्रपति भण्डारीसँग म्यानमारका राष्ट्रपति विन मिन्टले बुधबार साँझ भेट गरेका छन्। राष्ट्रपति भवनमा भएको भेटमा दुईपक्षीय हितक...

आज काठमाडौंमा सुरु हुँदै बिमस्टेकको चौथो शिखर सम्मेलन

काठमाडौं बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आज काठमाडौंमा सुरु हुँदैछ। बिमस्टेकका सात सदस्य राष्ट्रमध्ये चार राष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुख शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आइसकेका छन् भने दुई देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख आज बिहान काठमाडौं आउने कार्यक्रम छ। सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा नेपाल, ...

बिम्स्टेक मन्त्रीस्तरीय बैठक बस्दै………

१३ भदौ २०७५, (रासस) काठमाडौं – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक बुधबार (आज) बिहान बस्दैछ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा हुने उक्त बैठकमा सदस्य देशका परराष्ट्र–बाह्य मामिला–विदेशमन्त्रीले सम्बोधन गर्नुहुने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिम्स्टेकका महासचिवको प्रतिवेदन भोलिदेखि शुरु हुन...

रक्षाबन्धन पर्वकै दिन सप्तरीमा एक युवती सामूहिक बलात्कार………….

 १३ भदौ २०७५, राजविराज – दाजुभाइले दिदीबहिनीबीच ‘स्नेहसहित सुरक्षा’ दिने प्रतिबद्धताका साथ तराई–मधेशमा मनाइने रक्षाबन्धन पर्वकै दिन सप्तरीमा एक युवती सामूहिक बलात्कारमा परेको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न आरोपमा सप्तरी प्रहरीले मंगलबार पाँच अभियुक्तलाई पक्राउ गरेपछि घटना बाहिर आएको हो। रक्षाबन्धका दिन आइतबार गाउँनजिकै लाग्ने मेलाबाट फर्किंदै गर्दा सप्तरीको शम्भुनाथ नगरपालिका–६, स्थित बसवल...

पेलेर अघि बढ्ने नीति लिइए सह्य नहुने नेपाल पक्षको चेतावनी………….

१३ भदौ २०७५, काठमाडौं – तत्कालीन एमाले र एकीकृत नेकपा माओवादी मिलेर बनेको नेकपामा जिल्ला नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष ओली पक्षले एकलौटी गरेको आरोप लगाउँदै माधव नेपाल पक्ष असन्तुष्ट बनेको छ । जिल्ला कमिटीहरूमा नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष ओली पक्षले एकलौटी गरेको नेपाल पक्षको आरोप छ । पार्टीभित्र आफूहरूलाई पेलेर अघि बढ्ने नीति लिइए सह्य नहुने नेपाल पक्षको चेतावनी छ। जिल्ला तहमा नेतृत्व चयन ...

तुम्रोक समाजले प्रदान गर्याे क्यान्सरपिडित सहयाेग

१२ भाद्र काठमाडौ । दीन दुःखीहरुको चहराईरहेको घाउमा मल्हम पटि्ट लगाउनु, आपत परेको वेला उद्धार गर्नु  मानवीयताको उत्कृष्ट रुप हो । सक्कली मन्दिर त मानिसको आत्मामा हुन्छ भन्ने मान्यतालाई चरितार्थ गर्दै तुम्रोक समाजले देश विदेशमा रहेका तुम्रोकहरुलाई सहयोगको आव्हृान गरी ३ जना आफ्नो वंशका क्यान्सरपिडितहरुलाई सहयोग गरेको छ । विभिन्न हस्पिटलहरुमा उपचार गराई रहेका क्यान्सरपिडितहरु नुगेन  तुम्रोक,  अमृता...

बिमस्टेक सचिवस्तरीय बैठक आजबाट…………

१२ भदौ २०७५, काठमाडौं - बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को वरिष्ठ अधिकारी (सचिवस्तरीय) को १९औं बैठक मंगलबार काठमाडौंमा बस्दैछ। बिमस्टेक शिखर सम्मेलनअघि सचिव र मन्त्रीस्तरीय छुट्टाछुट्टै बैठक बस्ने प्रावधानअनुसार मंगलबार बैठक बस्न लागेको हो। बैठकमा आठभन्दा बढी अजेन्डामा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार बैठ...

महेन्द्रनगरमा जारी कर्फ्यू हट्यो………

१२ भदौ २०७५, महेन्द्रनगर – कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जारी कर्फ्यू जिल्ला प्रशासन कार्यालयले हटाएको छ। प्रशासन कार्यालयले पाँच दिनदेखि लगाउँदै आएको कर्फ्यू आज विहान पाँच बजेबाट अर्को आदेश नभएसम्मका लागि हटाएको जनाएको हो। महेन्द्रनगरमा अवस्था सामान्य बन्दै गएपछि कर्फ्यू हटाइएको प्रशासनले जनाएको छ। कर्फ्यू हटाइएसँगै महेन्द्रनगरको जनजीवन सामान्य बन्दै गएको छ। मंगलबार विहानैदेखि महेन्द्रनगर बजार...

७६ औं साहित्य श्रृंखलामा स्व.मनुजबाबु मिश्र प्रति शोकसभा

       २६ अगष्ट, हङकङ–  चर्चित चित्रकार तथा साहित्यकार स्व.मनुजबाबु मिश्र प्रति शोकसभा संगै सृजना वाचन तथा समीक्षा गर्दै ७६ औं हङकङ साहित्यिक साझा श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो । साहित्य श्रृंखलाका संयोजक कवि तथा गीतकार डी.बी. पालुङवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणमा हङकङबासी चित्रकार तथा साहित्यकार दिपेन्द्र राईद्धारा चित्रित ८ अगष्ट, बुधबार बिहान ८३ वर...

तरकारीको सिन्डिकेटः कालीमाटीदेखि भान्सासम्म

२०७५ भदौ ११ ११ भदौ, काठमाडौं । राजधानीबासीको भान्सामा पाक्ने तरकारी किन महंगो भएको होला ? के यसलाई सस्तो बनाउन सकिन्छ ? एकातिर उत्पादक किसानहरु सस्तोमा तरकारी बेच्नुपरेको गुनासो पोखिरहेका छन्, अर्कोतिर उपभोक्ताहरु तरकारी ज्यादै महंगो भएको बताइरहेका छन् । किन यस्तो हुन्छ ? आखिर तरकारीभित्रको रहस्य र राजनीति के हो ? कालीमाटी प्रकरण सतहमा आएसँगै हामीले राजधानीबासीको भान्सामा पाक्ने तरकारीको कथा खो...