बैशाख ७, २०७५ काठमाडौं - यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन् । व्यवसायीले कर छलीबाहेक उपभोक्ताबाट वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी ठगी गरिरहेको यातायात व्यवस्था विभाग महानिर्देशक रूपनाराण भट्टराईको दाबी छ । संस्था ऐन २०३४ मार्फत गैरनाफामूलक संस्थाका नाममा दर्ता भएका या...
समाचार
एमाले-माओवादी एकता अनिश्चित……..
बैशाख ७, २०७५ काठमाडौं - पार्टी एकतालाई अन्तिमरुप दिन बसेको नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षबीच भएको वार्ताले नयाँ रुप लिन नसकेपछि तिया गफमै सीमित भएको छ । वैशाख ९ मा गर्ने भनिएको पार्टी एकतालाई अन्तिम रुप दिन बिहीबार बालुवाटारमा भएको बैठकले ठोस निर्णय लिन नसकेपछि ९ गते हुने भनिएको एकता हाललाई टरेको छ । दुई अध्यक्षबीच भएको वार्ताले सार्थक मोड लिन नसकेपछि अध्यक्षबीच वान टु वान वार्ता समेत अ...
प्रधानमन्त्री कार्यालय मातहत रहेका ४८ संयन्त्र : यसरी प्रधानमन्त्री ओली शक्तिशाली…………
बैशाख ६, २०७५ काठमाडाैं-राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग तथा सम्पत्ति शुद्धीकरण विभागजस्ता महत्वपूर्ण अङ्गहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषदको मातहत आएपछि प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली प्रधानमन्त्री बनेका छन् । गत चैत १ गते नेपाल राजपत्रमा प्रकाशित नेपाल सरकार कार्यविभाजन नियमावली पहिलो संशोधन नियमावली २०७४ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको मातहतमा ४८ कार्यविभाजन तोकिए...
पूर्व डिआईजी पनि अनुसन्धान घेरामा………
बैशाख ६, २०७५ काठमाडौँ । फ्लाई दुबईको विमानबाट आएको ३३ किलो सुन विमानस्थल कटाएर अर्को व्यक्तिलाई ह्याण्डओभर गर्ने जिम्मा लिने ब्यक्ति थिए एल.बी मगर । २०७४ माघ ९ गते विमानस्थलमा सुन आईपुग्यो, तर एलबी आउन पाएनन् । त्यसपछि सुन तस्करका नाइके चुडामणि उप्रेति ‘गोरे’ ले उक्त सुन पुरानोबानेश्वर सम्म लगेर छाड्ने जिम्मा सानु बनलाई दिए । सानु तिनै हुन् जसले गएको माघ २२ गते विमानस्थलमा गुड्दै गरेको ट्याङ्कर...
नियमविपरित पुस्तकदेखि झोलासम्म विद्यालयबाटै…निजी विद्यालयमा अराजकता……….
बैशाख ६, २०७५ काठमाडौँ । नेपाल सरकारले बन्देज लगाएपनि निजी तथा आवासीय विद्यालयहरुले आफूखुशी विद्यालयबाटै पुस्तक, स्टेशनरी तथा झोला बिक्री गरिरहेका छन् । नेपाल सरकारको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ अनुसार कुनै पनि विद्यालयले विद्यालय हाताबाटै पुस्तक, स्टेशनरी तथा अन्य वस्तुहरु बेचबिखन गर्न बन्देज गरेको छ । निर्देशिकाको परिच्छेद ४ को दफा ४ को उपदफा ४.४.६ मा विद्यालय आफैले...
भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर………
०६ बैशाख २०७५, रत्ननगर – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताएका छन्। बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने, “भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति हामी कठोर कदम चाल्दैछौँ, अपराध, कुनै प्रकारको एकाधिकार र सिण्...
मतदातासँग ओली र प्रचण्डको ‘मजाक’………….
बैशाख ६, २०७५ काठमाडौं– स्थिर सरकार, तीव्र आर्थिक वृद्धि र समृद्धि । वामगठबन्धन निर्माणताकाका प्रमुख कार्यसूची । यिनै कार्यसूचीमा केन्द्रित एमाले र माओवादी नेताहरूको चुनावी भाषण ।अनि यिनै कार्यसूचीको सपनासहितको चुनावी घोषणापत्र । र, आफ्ना मुद्दा तथा एजेन्डा अनुमोदन गराउन मतदातासँग ‘केही गरेर देखाउने’ आश्वसन । सबैको योगफल थियो, प्रदेश र प्रतिनिधिसभा चुनावमा एमाले र माओवादी गठबन्धनले पाएको जित । मङ...
आन्दोलन गरे यातायात समितिहरुको बैंक खाता रोक्का गर्ने……….
२०७५ वैशाख ६ काठमाडौं । सिण्डिकेटविरुद्ध कठोर बन्दै गएको सरकारले यातायात व्यवसायी संघ तथा समितिहरुको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ । सार्वजनिक यातायात बन्द गर्ने धम्की दिइरहेका बेला सरकारले यातायातसम्वन्धी समितिहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण नगर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलनको घोषणा गर्दैछ । तर सरकारले भने यातायात समित...
सभामुख र अध्यक्षकै टेलिफोन काटियो…………
वैशाख ६, २०७५ काठमाडौँ — सभामुख कृष्णबहादुर महराको सिंहदरबारस्थित कार्यकक्षको ल्यान्ड लाइन फोन नम्बर ०१–४२००१५९ डायल गर्दा ‘तपार्इंले डायल गरेको नम्बरको आगमन कल बन्द गरिएको छ’ भन्ने सन्देश सुनिन्छ । बुधबार मध्याह्नदेखि महराको कार्यकक्षको टेलिफोनको लाइन काटिएको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, उपाध्यक्ष शशिकला दाहालको कार्यालयमा टेलिफोन गर्दा पनि आ...
दुवैपक्षका अबका रणनीति के होलान् ?…………
बैशाख ५, २०७५ काठमाडौं–सार्वजनिक यातायातमा सिण्डिकेटको पक्षमा उत्रेका यातायात व्यवसायी र त्यसको विपक्षमा रहेको सरकार केही दिनभित्रै आमने–सामने हुँदैछन् । दुवैले आफ्नो शक्ति परीक्षण गर्ने संकेत दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवस्याी महासंघ र नेपाल पेट्रोल डिलर राष्ट्रिय एशोसियसनले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका...
लम्बियो वाम एकता………..
बैशाख ५, २०७५ महाधिवेशनमा कसको नेतृत्व हुने, प्रधानमन्त्रीको कार्यकाल कति–कति बाँड्ने र तत्काल दुई अध्यक्ष हुँदा कसको कार्यादेश के हुने भन्ने ‘अदृश्य विवाद’ एकतामा भाँजो बनेका छन् सतहमा देखिएका अल्झन: -एकीकृत पार्टीको हिस्सेदारी -जनयुद्ध शब्द र चुनाव चिह्न -महाधिवेशनपछिको नेतृत्व -सरकार सञ्चालनको कार्यशैली एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टीमा कुन पक्षको कति हिस्सेदारी हुने र दुवै अध्यक्षक...
मलेसियामा रेस फिल्मको च्यारिटी सो सम्पन्न……….
बैशाख ५, २०७५ राज सुनुवार, मलेसिया ः नेपाल आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिति मलेसियाले आयोजना गरेको दोस्रो चरण अन्तरगतको नेपाली चलचित्र " रेस " फिल्मको च्यारिटी सो पेनाङमा भब्यताको साथ सम्पन्न भएका छ्न । मलेसियाको तेस्रो ठूलो प्रान्त मानिने पेनाङको बियम भन्ने ठाउँमा आयोजना गरेको उक्त फिल्मको च्यारिटी सो कार्यक्रममा रेसका निर्देशक किशोर सुब्बा,आदिवासी जनजाती महासंघ मलेसियाका केन्द्रिय ...














