काठमाडौँ - देशका प्रमुख सम्पदा क्षेत्रहरूमा सरकारी निकाय र स्थानीय समूहबाटै अतिक्रमण र मनपरी निर्माण भइरहेको पाइएको छ । पाटनको लिच्छविकालीन मन्दिर परिसरमा पुरातात्त्विक संरचना भत्काएर ‘जिमखाना’ बनाउनेदेखि स्वयम्भूको ऐतिहासिक भुइँखेल (मैदान) नै व्यक्तिको नाममा दर्ता गर्नेसम्मका गम्भीर घटनाहरू सार्वजनिक भएका छन् । पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले आइतबार राष्ट्रिय सभाअन्तर्गको ...
समाचार
जसले पुर्यायो एकदेवलाई बलिउड…..
काठमाडौँ - हामीकहाँ दुई भनाइ निकै चर्चित छन् । एउटा- ‘जे छ त्यसमै सन्तोष मान्नुपर्छ ।‘ र अर्को, ‘सन्तुष्ट भएर बस्यो भने प्रगति हुँदैन । गायक एकदेव लिम्बु पछिल्लो लहरमा पर्छन् । उनी आफ्ना काममा कहिल्यै सन्तुष्ट हुँदैनन् । त्यही सन्तोषको हुटहुटीले उनलाई सङ्गीतमा केही नयाँ गर्ने प्रेरित गरिरहन्छ । आठ महिनाअघि सार्वजनिक भएको ‘झिमझिमाउने आँखा’ यस्तै असन्तोषको प्रतिफल थियो । ‘शिरफूल’, ‘सोल्टिनी’, ...
मालपोत प्रमुख बन्न चिरञ्जीवी पौडेलले कसलाई बुझाए ७० लाख…..
काठमाडौं - कर्मचारी सरुवा र व्यवस्थापनसँग सम्बन्धित घुस लेनदेनको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिए । त्यही अडियोमा नाम मुछिएपछि पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको जिम्मेवारीबाट अलग भइन् । घुस प्रकरणमै मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै ‘एक्सन’ ल...
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने…..
हेटौंडा - बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । १४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खपेका लामाले आइतबार बिहान हेटौंडा आएर राजीनामा दिने निश्चित भएको हो । शनिवार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए । छलफलमा सहभागी संस...
प्रचण्डको विकल्पमा उभिएनन् माओवादी नेताहरू…..
काठमाडौं - नेकपा माओवादी केन्द्रका नेताहरूले पार्टी उपमहासचिव जनार्दन शर्माले आत्मालोचना गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि जारी बैठकमा बोल्ने २५ नेताहरूले उपमहासचिव शर्माले आन्तरिक असमझदारीका कुरा बाहिर बोल्दै हिँडेको भन्दै आत्मालोचना गर्नुपर्ने माग गरेका हुन् । शनिबारको बैठकमा पाँच जना पदाधिकारी, अनुशासन आयोगका अध्यक्ष, १९ जना स्थायी कमिटी सदस्यसहित ...
क्वालिटी फुड्सको ‘बुलेट चाउचाउ’ गुणस्तरहीन…..
विराटनगर - ‘बुलेट’ ब्रान्डको तयारी चाउचाउ गुणस्तरहीन पाइएको छ । उद्योगी विपिन काबराको स्वामित्वमा रहेको मोरङको कटहरीस्थित क्वालिटी थाई फुड प्राइभेट लिमिटेडले उत्पादन गरेको बुलेट चाउचाउको गुणस्तर कम भएपछि खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगरले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएको थियो । सो उजुरीको अन्तिम किनारा लगाउँदै मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको इजलासले उद्योगका क...
मधेशमा भारी वर्षा, किसानलाई राहत…..
काठमाडौं - मधेशका केही जिल्लामा भारी वर्षा भएको छ । बर्खाको समयमा लामो समयदेखि सुक्खाग्रस्त मधेशका केही ठाउँमा गत २४ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लामो समय वर्षा नहुँदा मधेश सुक्खाग्रस्त बनेको थियो । सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । रोपाइँसमेत हुन नसकेको मधेशमा शुक्रबारदेखि भएको वर्षाले राहत भएको छ । आज बिहान गरिएको मापन ...
बोलेको हो भने पार्टीमा बस्ने ठाउँ रहेन…..
विराटनगर - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाएका छन् । खनालले बोलेको साँचो भए पार्टीमा बस्ने ठाउँ नरहेको नेपालले बताएका छन् । विराटनगरमा पत्रकारहरुको प्रश्नमा अध्यक्ष नेपालले झलनाथ खनालसँग राजीनामाको विकल्प बाँकी रहेको बताएका हुन् । एमाले विभाजन गलत रहेछ’ भन्ने खनालको अभिव्यक्तिप्रति पत...
चक्रे मिलनसहित ४७ जना गुन्डाहरू पक्राउ…..
काठमाडौँ - प्रहरीले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढी छन् । चक्रे मिलन महाराजगन्ज स्थित साम्बाला होटलबाट पक्राउ परेका हुन् । उनी यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए । गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिन काठमाडौँका एसएसपी विश्व अधिकारी बिहीबार रातभर ...
सवा ३ अर्ब घोटाला लुकाउन बैंकका कर्मचारीलाई आइफोन उपहार…..
काठमाडौं - कर्णाली विकास बैंकको सुपरिवेक्षणका लागि खटिएका राष्ट्र बैंकका कर्मचारी नै घोटालामा प्रत्यक्ष संलग्न रहेको खुलेको छ । नेपालगञ्ज केन्द्रीय कार्यालय रहेको बैंकको सवा तीन अर्ब घोटाला लुकाउन राष्ट्र बैंकको सुपरिवेक्षण विभागका तत्कालीन कामु निर्देशक भुवन बस्नेतको प्रत्यक्ष संलग्नता रहेको अनुसन्धानबाट खुलेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानको क्रममा हाल अ...
बामदेवले मागे सङ्गठन विभाग…..
काठमाडौँ - गत साउन २ गते नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका नेता बामदेव गौतमलाई जिम्मेवारी दिने विषयमा कुरा नमिल्दा सचिवालय बैठक बस्न ढिलाइ भएको छ । तर, पार्टीका नेताहरू भने धेरै नेताहरू बाहिर भएकाले बैठक बस्न नसकेको बताउँछन् । गौतम एकीकृत समाजवादीमा प्रवेश गरे लगत्तै सचिवालय बैठक बसेर जिम्मेवारी टुङ्ग्याउने नेताहरुबिच सहमति भएको थियो । त्यसअघि नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले प...
भेट्दैछन् ओली–देउवा, मन्त्रीहरू हेरफेर……
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मन्त्री हेरफेरका विषयमा आज छलफल हुँदैछ । छलफलको समय भने निर्धारण भइसकेको छैन । तर मन्त्री हेरफेरको एजेण्डासहित आज दिउँसो देउवासँग भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालय स्रोत बताउँछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चौथो कार्यकालको पहिलो वर्ष सकिंदै गर्दा मन्त्रिपरिषद्मा उल्लेख्य हेरफेर चाहेका थिए, जुन प...
- « Previous Page
- 1
- …
- 65
- 66
- 67
- 68
- 69
- …
- 471
- Next Page »
















