‘बेटी पढाऊ, बेटी बचाऊमा’ भ्रष्टाचार…..

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा १० करोड ३३ लाखभन्दा बढी अनियमितता भएको ठहर गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसालसहित ८ जना विरुद्ध विशेष अदातलमा मुद्दा दायर गरेको छ । सम्झौताविपरीतका ब्रान्ड नखुलेका कमसल लेडिज साइकल आपूर्ति गरी १० करोड ३३ लाख ७५८ नोक्सान पुर्Ȁ...

ललितपुरका मेयर र आईजीपीबीच भनाभन…..

ललितपुर — ललितपुर महानगरपालिकाले साउन १० गते बाट नख्खु–एकान्तकुनामा लागू गरेको 'वान वे' (एकतर्फी) प्रहरीले हटाएको विषयलाई लिएर मेयर चिरीबाबु महर्जन र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबीच फोनमा भनाभन परेको छ । प्रहरीले छापामार शैलीमा नख्खु–एकान्तकुनाको वान वे हटाएको भन्दै ललितपुर महानगरपालिकाका मेयर महर्जनले ‘वान वे’ क्षेत्रमा पुगेर दुईतर्फी गाडी सञ्चालनमा रोक लगाएका छन् । वान वे गरेपछि ट्राफिक व्...

ताइवान वरपर चीनको सैन्य अभ्यास…..

ताइपेई सिटी/वासिङ्टन — चीनको कडा चेतावनीबीच अमेरिकी सभामुख नान्सी पेलोसी ताइवान पुगेकी छन् । एसिया भ्रमणका क्रममा पेलोसी मंगलबार साँझ ताइवानको राजधानी ताइपेई सिटीस्थित सोङसान विमानस्थलमा उत्रिएकी हुन् । अमेरिकी उच्च अधिकारीको भ्रमण र चीनको प्रतिक्रियाले दुई शक्ति राष्ट्रबीच तनाव चर्काएको छ । सिंगापुर भ्रमण सकेर मंगलबार मलेसिया पुगेकी पेलोसी स्थानीय समयअनुसार साँझ १०.४५ मा ताइपेई सिटीमा उत्रँदा ताइ...

गाडी खरिद, मर्मत र इन्धनमै सकियो १ अर्ब १७ करोड…..

मकवानपुर-   बागमती प्रदेश सरकार स्थापना भए यता सवारी साधन खरिद, मर्मत र इन्धनमा गरी १ अर्ब १७ करोड ७७ लाख ५ हजार ४८ रुपैयाँ खर्च भएको छ । देशमा संघीयता अनुसार प्रदेश संरचना स्थापित भएदेखि प्रदेश सरकारले विभिन्न मन्त्रालय र निकायका लागि सो रकम खर्च गरेर सवारी साधन खरिद, मर्मत र इन्धनबापत खर्च गरेको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा २६ करोड ४७ लाख ८३ हजार ४६४ रुपैयाँ बराबरको सवारी खरिद गरे...

सडकबिनै ५ करोडको पक्की पुल,आफ्नै सुरले पुल बनाउँदै…..

गोरखा — वारि खेत छ, पारि पहरो । बीचमा बग्ने दरौंदी नदीमाथि पाँच करोडको लागतमा मोटरेबल पुल बनाइँदै छ । सडक नै नजोडिएको ठाउँमा गाडी चल्ने पुल निर्माण गरिएकामा स्थानीय बासिन्दा चकित छन् । ‘रंग न ढंगको विकास पाएका छौं,’ स्थानीय गणेशकुमार नगरकोटीले भने । गोरखा-३ नारेश्वर र सिरानचोक-५ जरेवर जोड्न दरौंदी नदीमाथि बनाइएको पुल, जसको वारिपारि बाटै छैन । गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री रामशरण बस्न...

नेपालमा थप ८९५ जनामा संक्रमण पुष्टि…..

काठमाडौँ —    पछिल्लो २४ घण्टामा नेपालमा थप ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार ६२० जनामा संक्रमण देखिएको थियो भने एक जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ८५ पीसीआर र २ हजार २ सय २४ एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ६३२ र एन्टिजेन परीक्षणबाट २६३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म सक...

मन्त्रालयमा जनार्दन शर्माको पुनरागमन…..

काठमाडौं-     यो देशको जनयुद्ध, जनआन्दोलन, संविधान निर्माणका आन्दोलनमा जनताको हक अधिकार स्थापित गर्न अग्रज नेताहरूसँग काँधमा काँध मिलाएर काम गरेको छु । आफ्नो प्रतिबद्धता र कन्भिन्सनबाट डगेको छैन, झुकेको छैन । बजेट निर्माणका सन्दर्भमा मेरो मूल्य, मान्यता, नैतिकता, राष्ट्र र जनताप्रतिको कतै पनि डगमगिन दिएको छैन र दिँदैन । भोलि पनि दिन्नँ । म एउटा छानबिनमात्रै होइन, हजार छानबिनका लागि तयार छु,’ गत अस...

देशकै निम्ति मर्न सकूँ भन्दै रोए…..

विराटनगर-  सुनसरी धरानका नगरप्रमुख हर्क साम्पाङ देशकै निम्ति मर्न सकूँ भन्दै रोएका छन् । धरानस्थित निशाने खोलामा आज बिहान रुख रोप्न पुगेका उनी धरान ब्युटी कन्टेस्टमा भाग लिने युवतीहरूलाई सम्बोधन गर्ने क्रममा रोएका हुन् । उनको यो भिडियो अहिले भाइरल बनेको छ । धरानको स्थानीय मिडियामा प्रसारित भिडियोमा उनी आफूले लेखेको देशभक्तिपूर्ण गीत सम्झिँदै सम्बोधन गर्दै थिए । त्यस क्रममा अचानक डाँको छोडेर रोएको ...

बजेट निर्माणका क्रममा आपराधिक काम भएकै दाबी…..

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय छानबिन विशेष समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गरेको छानबिनलाई जनताले अस्वीकार गर्नुपर्ने बताएका छन् । शनिबार राष्ट्रिय युवा संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा आपराधिक काम भएकै दाबी गरेका हुन् ।  ११ सदस्यीय समितिले प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा सीसीटीभी फुटेजमा अनधिकृत व्यक्तिको प्रवे...

बालेन शाहको अनेक आरोह र अवरोहबीच बितेका ५० दिन…..

काठमाडौं-      काठमाडौंका मेयर बालेन शाहले शपथ लिएको ५० दिन पुरा भएको छ । अनेक आरोह र अवरोहबीच बितेका ५० दिन कस्तो भयो ? बालेनका मतदाताहरूको मनोदशामा केही परिर्वतन आयो कि आएन ? बालेनले गरिरहेका क्रियाकलापमाथि उनका प्रशंसक एवम् मतदाताहरू खुशी छन् त ? यहाँ यी प्रश्नको उत्तर खोतल्ने प्रयास गरिएको छ । मेयरका रुपमा बालेनले पद सम्हालेको पनि ५० दिन पार गर्दै गर्दा उनको उदयका बहुल कारणहरु पनि हामीमाझ छन् ...

संसदीय छानबिन समिति शर्मालाई चोख्याउने कर्मकाण्डमा सीमित…..

काठमाडौँ — बजेटको अघिल्लो राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई संसदीय विशेष समितिले सफाइ दिएको छ । समितिमा पनि बहुमतका आडमा सत्तापक्षले देखाएको हठ र अर्थका अधिकारीहरूको समर्पणले संसदीय छानबिन समिति शर्मालाई चोख्याउने कर्मकाण्डमा सीमित भएको हो । बजेटको अघिल्लो रात अर्थ मन्त्रालय प्रवेश गरेका भनिएका व्यक्तिलाई बया...

बाबुराम भट्टराईको नयाँ पार्टी दर्ता…..

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएका बाबुराम भट्टराईसहितको समूहले नेपाल समाजवादी पार्टी (नेसपा) गठन गर्ने भएको छ । निर्वाचन आयोगले बिहीबार समावेशी लोकतान्त्रिक पार्टीका अध्यक्ष दीपक लामिछानेले गरेको पार्टीको नाम परिवर्तन गर्ने प्रस्तावलाई आयोगले स्वीकृति प्रदान गरेसँगै भट्टराई समूहको नेसपा बन्ने भएको हो । हामीले नाम परिवर्तनका लागि दिएको निवदेनलाई आयोगले स्वीकृत गरेको छ‚' भट्टराईको ...