एसपीपीबारे अमेरिकालाई तत्काल पत्राचार नगर्ने…..

काठमाडौँ — अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा संलग्न नहुने सरकारको निर्णयका विषयमा पत्राचार तत्काल नहुने भएको छ । मन्त्रिपरिषद्को करिब एक महिनाअघिको निर्णयअनुसार अझै अमेरिकालाई पत्र नपठाइएकामा विभिन्न राजनीतिक दलका नेताले प्रश्न गरिरहेका बेला परराष्ट्र मन्त्रालयले यस विषयमा सम्बन्धित निकायहरूसँग अहिले गृहकार्य मात्र भइरहेको जनाएको हो । मन्त्रिपरिषद्ले गत असार ६ मा एसपीपीमा सामेल नहुन...

सिट बाँडफाँटअघि मोर्चाको तयारीमा चार दल…..

काठमाडौँ — आफूले एकल बहुमत ल्याउने गरी आगामी निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि सत्ता साझेदार दलहरूले सिट बाँडफाँटको कसरत थालेका छन् । सिट बाँडफाँटमा अनौपचारिक गृहकार्य सुरु गरेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आ–आफ्नो पार्टीभित्र गठबन्धनलाई निरन्तरता दिने नीतिगत निर्णय गराएर औपचारिक रूपमै छलफल गर्ने भएका छन् । सत्ता साझेदार दलले प्रदेश र संघीय निर्वाचनमा ...

आजबाट काठमाडौंमा कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खाेप लगाइने…..

काठमाडौं -    आजबाट काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । आजबाट ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने स्वास...

गर्मी याम सुरु भएसँगै, धमाधम भेटिँदै डेंगुका बिरामी…..

काठमाडौँ-  गर्मी याम सुरु भएसँगै देशका विभिन्न भागमा डेंगुका बिरामी बढ्न थालेका छन् । धादिङ जिल्लामा मात्रै डेंगुका ४९ जना बिरामीको पहिचान भएको छ । यस्तै, काभ्रे जिल्लामा पनि डेंगु रोगको सङ्क्रमण पाइएको छ । काठमाडौँ उपत्यकामा भने छिटपुट रूपमा डेंगुका बिरामी देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । नेपालमा चार सय प्रकारका लामखुट्टे छन् । जसमध्ये ४ थरीले औलो रोग सार्ने गर्छन् । औ...

देशलाई गाँजाबाट सम्पन्न बनाउने,औषधीसम्मका उत्पादन…..

काठमाडौं-   क्याप्टेन पवनराज जोशी जसले १७ वर्ष अकासमा राष्ट्रिय ध्वजावाहक विमान उडाए, तर विगत ११ वर्षदेखि भने उनी गाँजाबाट देशलाई सम्पन्न गराउने सपनाको उडानमा छन् । उनको सपनाको उडानले गति लिन सरकारी नीति बाधक बनेको छ । विमान उडाउन छोडेपछि उनी गाँजाको रहस्यहरू पत्ता लगाउन लागिपरे । त्यसका लागि देश तथा विदेशका थुप्रै व्यक्तिसँग भेटघाट, छलफल, अध्ययन, अवलोकन गर्दै गाँजाबाट विभिन्न सामग्रीको उत्पादनका ...

जनता समाजवादी पार्टी नेपाल विभाजन…..

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले डा.बाबुराम भट्टराई पक्षसँग सहकार्य गर्ने चर्चा खुबै चलेको थियो । तर अहिले लोसपाले पनि महत्व दिन छाडेको छ । लोसपाका नेताहरुले यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि विश्वास गर्न नसकिने बरु बाबुराम भट्टराईसँग एकता वा सहकार्य गर्न सकिने अभिव्यक्ति दिँदै आएका थिए । पार्टी एकता गर्ने विषयमा लोसपाका अध्यक्ष महन्थ ठाकु...

हतियार किन्न बिचौलिया भट्टको ‘डिल’…..

काठमाडौँ — विदेशी विनिमय सञ्चिती अभाव भई मुलुक आर्थिकरूपमा संकटोन्मुख भइरहेको अवस्थामा ८४ करोड रुपैयाँको हतियार खरिदका पछाडि एक शक्तिशाली बिचौलियाको हात रहेको खुल्न आएको छ । राजनीतिक दलका प्रमुख नेताहरूलाई प्रभावमा पार्दै आएका बिचौलिया छविका दीपक भट्टले हतियार खरिद गर्न सरकारी अधिकारीसमक्ष ‘डिल’ गरेको भिडियो सार्वजनिक भएको छ । कान्तिपुर टेलिभिजनबाट बिहीबार प्रसारित उक्त भिडियोमा भट्टले हतियार खरिद...

बाबुरामसहित नौजना जसपाबाट निष्कासित…..

काठमाडौं  -    जनता समाजवादी पार्टी नेपालले पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौ जनालाई पार्टीबाट निष्कासित गरेको छ । पार्टीबाट निष्कासित पर्नेहरूमा डा.बाबुराम भट्टराई, कार्यकारिणी सदस्य महेन्द्रराय यादव, हिसिला यमी, गङ्गा श्रेष्ठ, प्रशान्त सिंह, भक्तबहादुर शाही र केन्द्रीय सदस्यहरू रमेश यादव र दानबहादुर चौधरी रहेका छन् । त्यसैगरि, संघीय परिषद्को अध्यक्षबाट बाबुराम भट्टराईलाई हट...

राष्ट्रपति राजापाक्षले दिए राजीनामा…..

काठमाडौँ — मुलुक छोडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षले बिहीबार राजीनामा दिएका छन् । मालदिभ्स हुँदै सिंगापुर पुगेका उनले उतैबाट सभामुखलाई ईमेलबाट राजीनामा पठाएका हुन् । राजापाक्ष परिवारको कुशासनका कारण मुलुक नै आर्थिक टाट पल्टेको छ । त्यसैविरुद्ध आन्दोलन चर्किएको छ । श्रीलंकामा ज्यानको समेत जोखिम बढेपछि राष्ट्रपति राजापाक्ष मुलुक छोडेर भागेका थिए । उनको राजीनामाबारे शुक्रबार सभामुख...

उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुदै…..

काठमाडौं -   प्रतिनिधिसभाको उपसभामुख पदका लागि शुक्रबार हुने निर्वाचनमा सत्तारुढ पाँच दलका तर्फबाट काँग्रेसकी पुष्पा भुसाल (गौतम) र एमालेका तर्फबाट विद्या भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ । तर प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित जस्तै छ । संघीय संसद सचिवालयले उपसभामुख चयनका लागि उम्मेदवारी मनोनयन गर्न बिहीबारलाई निर्धारण गरेको समयसीमाभित्र भुसाल र भट्टराईको मात्रै मनोनय...

राष्ट्र बैंकका गभर्नर अधिकारी, गभर्नर की राजनीतिज्ञ…..

काठमाडौँ — राष्ट्र बैंक ऐन २०५८ को दफा २१ ‘क’ भन्छ, ‘राजनीतिक दलको सदस्य वा पदाधिकारी रहेको व्यक्ति गभर्नर, डेपुटी गभर्नर र सञ्चालकमा नियुक्त हुन योग्य हुने छैन ।’ तर बहालवाला गभर्नर महाप्रसाद अधिकारी नै एम अधिकारीको छद्म नामबाट एमालेको केन्द्रीय विभागमा रहेको खुलासा भएपछि राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जवाफदेहिता र देशको मौद्रिक नीतिको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको छ । एमालेले जारी गरे...

उपलब्धि र कमजोरीको कसीमा कहाँ चुक्यो गठबन्धन ?…..

काठमाडौँ -   तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेठ ८ मध्यरात दोस्रो पटक संसद् विघटन गरेपछि धेरैजसो राजनीतिक दल विरोधमा उत्रिए । उनीहरुले कानुनी र राजनीतिक संघर्ष सँगसँगै चलाए । यो आन्दोलनलाई नागरिक समाजदेखि विभिन्न पेसागत संघ संगठनले समेत पूर्ण साथ दिए । सडक आन्दोलन चर्कियो । सडक आन्दोलनसँगै दलहरू सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगे । राजनीतिक र कानुनी लडाइँ समानान्तर ढंगले अघि बढाएका...