बाबुरामसहित नौजना जसपाबाट निष्कासित…..

काठमाडौं  -    जनता समाजवादी पार्टी नेपालले पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौ जनालाई पार्टीबाट निष्कासित गरेको छ । पार्टीबाट निष्कासित पर्नेहरूमा डा.बाबुराम भट्टराई, कार्यकारिणी सदस्य महेन्द्रराय यादव, हिसिला यमी, गङ्गा श्रेष्ठ, प्रशान्त सिंह, भक्तबहादुर शाही र केन्द्रीय सदस्यहरू रमेश यादव र दानबहादुर चौधरी रहेका छन् । त्यसैगरि, संघीय परिषद्को अध्यक्षबाट बाबुराम भट्टराईलाई हट...

राष्ट्रपति राजापाक्षले दिए राजीनामा…..

काठमाडौँ — मुलुक छोडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षले बिहीबार राजीनामा दिएका छन् । मालदिभ्स हुँदै सिंगापुर पुगेका उनले उतैबाट सभामुखलाई ईमेलबाट राजीनामा पठाएका हुन् । राजापाक्ष परिवारको कुशासनका कारण मुलुक नै आर्थिक टाट पल्टेको छ । त्यसैविरुद्ध आन्दोलन चर्किएको छ । श्रीलंकामा ज्यानको समेत जोखिम बढेपछि राष्ट्रपति राजापाक्ष मुलुक छोडेर भागेका थिए । उनको राजीनामाबारे शुक्रबार सभामुख...

उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुदै…..

काठमाडौं -   प्रतिनिधिसभाको उपसभामुख पदका लागि शुक्रबार हुने निर्वाचनमा सत्तारुढ पाँच दलका तर्फबाट काँग्रेसकी पुष्पा भुसाल (गौतम) र एमालेका तर्फबाट विद्या भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ । तर प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित जस्तै छ । संघीय संसद सचिवालयले उपसभामुख चयनका लागि उम्मेदवारी मनोनयन गर्न बिहीबारलाई निर्धारण गरेको समयसीमाभित्र भुसाल र भट्टराईको मात्रै मनोनय...

राष्ट्र बैंकका गभर्नर अधिकारी, गभर्नर की राजनीतिज्ञ…..

काठमाडौँ — राष्ट्र बैंक ऐन २०५८ को दफा २१ ‘क’ भन्छ, ‘राजनीतिक दलको सदस्य वा पदाधिकारी रहेको व्यक्ति गभर्नर, डेपुटी गभर्नर र सञ्चालकमा नियुक्त हुन योग्य हुने छैन ।’ तर बहालवाला गभर्नर महाप्रसाद अधिकारी नै एम अधिकारीको छद्म नामबाट एमालेको केन्द्रीय विभागमा रहेको खुलासा भएपछि राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जवाफदेहिता र देशको मौद्रिक नीतिको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको छ । एमालेले जारी गरे...

उपलब्धि र कमजोरीको कसीमा कहाँ चुक्यो गठबन्धन ?…..

काठमाडौँ -   तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेठ ८ मध्यरात दोस्रो पटक संसद् विघटन गरेपछि धेरैजसो राजनीतिक दल विरोधमा उत्रिए । उनीहरुले कानुनी र राजनीतिक संघर्ष सँगसँगै चलाए । यो आन्दोलनलाई नागरिक समाजदेखि विभिन्न पेसागत संघ संगठनले समेत पूर्ण साथ दिए । सडक आन्दोलन चर्कियो । सडक आन्दोलनसँगै दलहरू सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगे । राजनीतिक र कानुनी लडाइँ समानान्तर ढंगले अघि बढाएका...

मन्त्रालयबाट कागजात मगाउने निर्णय…..

काठमाडौँ — आगामी आर्थिक वर्षका लागि बजेट निर्माण गर्ने क्रममा अर्थ मन्त्रालयमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले विचौलिया प्रवेश गराई करका दर हेरफेर सम्बन्धमा छानबिन गर्न प्रतिनिधिसभाले गठन गरेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयबाट कागजात मगाउने निर्णय गरेको छ । समितिको पहिलो बैठकले नै अर्थ मन्त्रालयबाट बजेटबारे भएका घटनासँग सम्बन्धित कागजात मगाउने निर्णय गरेको हो । समितिका ज्येष्ठ सदस्य लक्...

चिनियाँ कम्युनिस्ट पार्टी का विदेश विभाग प्रमुख लिउ र माओवादी केन्द्रका अध्यक्ष दाहाल भेट…..

काठमाडौँ — नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर ६ वटा सन्देश प्रवाह गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालसँग सोमबार साँझ खुमलटारमा भेटवार्ता गर्दै लिउले नेपालको आन्तरिक मामिलामा चीनबाट हस्तक्षेप नहुने, नेपालका सबै राजनीतिक दलसँग सुमधुर सम्बन्ध बनाउने सन्देश दिएका हुन् । उनले नेपालमा ची...

अधिकांश एम्बुलेन्स ठेक्कामा चल्छन्…..

काठमाडौं-   दाङमा सरकारी स्वास्थ्यचौकी, निजी अस्पताल र विभिन्न सामुदायिक संघसंस्थाका गरी ७६ वटा एम्बुलेन्स छन् । तीमध्ये पञ्चकुले स्वास्थ्यचौकी, तुलसीपुर उद्योग वाणिज्य संघ र भूपू सैनिक लालमटियाको गरी तीन वटा एम्बुलेन्स सञ्चालित छैनन् । बाँकी ७३ वटामध्ये अधिकांश एम्बुलेन्स ठेक्कामा चल्दै आइरहेका छन् । एम्बुलेन्स व्यवस्थापन तथा सञ्चालन झन्झटबाट मुक्त हुन सङ्घसंस्थाहरूले चालकलाई नै मौखिक सम्झौतामा त...

एकै दिन ३ अर्ब ६० करोड खर्च…..

मोरङ — प्रदेश १ सरकारले चालु आर्थिक वर्षको भूक्तानी दिने अन्तिम दिन शनिबार ३ अर्ब ६० करोड ८३ लाख खर्च गरेको छ । असार महिनाको २५ गतेसम्ममा प्रदेश सरकारले जम्मा खर्चको ३१ दशमलव ९६ प्रतिशत अर्थात् ९ अर्ब ६७ करोड ८१ लाख ९६ हजार खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेशको जम्मा बजेट ३४ अर्ब ७६ करोड ८ लाख ५३ हजारमध्ये ८७ दशमलव १३ प्रतिशत अर्थात् कूल ३० अर्ब २८ करोड ६८ लाख १ हजार खर्च...

नेपालमा चीनविरोधी कुनै पनि गतिविधि नहोस्……

काठमाडौँ — चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्ने धारणा व्यक्त गरेका छन् । उनले आइतबार दिउँसो कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै बालुवाटार र सिंहदरबारमा भेटवार्ता गर्दै नेपाली भूमिमा कुनै पनि चीनविरोधी घटना नहोस् भन्ने चीनले चाहेको प्रस्ट पारेका हुन् ।...

श्रीलंकामा सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै…..

काठमाडौँ — श्रीलंकामा सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै गएको छ । शनिबार प्रदर्शनकारीहरूले राष्ट्रपति निवास घेराउ गर्न थालेपछि राष्ट्रपति गोताबाया राजापाक्षे सरकारी निवास छाडेर भागेका छन् । यद्यपि उनलाई अज्ञात र सुरक्षित स्थानमा सारिएको बताइएको छ । यससँगै प्रदर्शनकारीहरूको समूहले राजधानी कोलम्बोस्थित उनको निवासलाई लगभग कब्जामा लिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा भने राष्ट्रपति निव...

जापानी प्रधानमन्त्री सिन्जो आबेको हत्या…..

टोकियो — कार्यकाल एक वर्ष बाँकी थियो, लोकप्रियता उकालोमै थियो । पार्टीभित्र पकड जबर्जस्त थियो । उमेर पनि ६५ मात्र, तर पनि २८ अगस्ट २०२० मा सिन्जो आबेले अचानक प्रधानमन्त्री पदबाट राजीनामा दिए । स्वास्थ्य प्रतिकूल भएकाले पदमा बस्न नहुने भन्दै कार्यकारी पदबाट अलग भएको दुई वर्षपछि पनि उनी पार्टीका लागि प्रचारमा सक्रिय थिए, यही क्रममा शुक्रबार बिहान चुनावी सभालाई सम्बोधन गरिरहेकै बेला एक बन्दुकधारीले ग...