आईपीएल खेल्ने पहिलो नेपाली हुने भए सन्दिप

  बगैचा सम्वाददाता

काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई दिल्लीडेयर डेभिल्सले अनुबन्धीत गरेको छ। भारतको बेङलोरमा जारी आइपिएलको अक्सनमा सन्दिपलाई दिल्लीले २० लाखमा किनेको हो । आइपिएल क्लब क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता हो । आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर हुन् । आइतबार भएको अक्सनमा दिल्लीले १७ वर्षीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार