चीन जोड्ने विद्युत् प्रसारण लाइनको अध्ययन सुरु……..

फागुन १८  काठमाडौं,   बेल्ट एण्ड रोड इनिसियटिभ अन्तर्गत निर्माण गर्न लागिएको ४ सय केभीको नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपालतर्फको रुट अध्ययनको काम थालिएको छ।  २०१७ मे १२ मा बेल्ट एन्ड रोड इनिसियटिभमा सहकार्यका लागि नेपाल र चीनबीच सम्झौता भएको थियो । सोही परियोजनाअन्तर्गत रहेको नेपाल र चीनबीच विद्युत् आदान–प्रदानका लागि गल्छी रसुवागढी केरुङ महत्वपूर्ण मानिएको छ । सोही अन्तरदेशीय प्रसारण लाइन आयोजना निर्णयको मोडालिटीलाई अन्तिम रूप दिन नेपाल विद्युत् प्राधिकरण सर्भेयर टोलीले अध्ययन शुरु गरेको हो  प्राधिकरणले नै उक्त प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययन गरीसकेको छ । अध्ययनअनुसार विभिन्न ३ वटा भौगोलिक क्षेत्रबाट प्रसारण लाइन निर्माण गर्न सकिने देखिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार