ईन्द्रवतीको सपनाको पखेटा यसरी लगाईदिए हङकङकी जुनु र लोकुले

टप बाट क्लकवाईज जुनु राना, लोकु पुन र ईन्द्रवती राम

को हुन ईन्द्रवती वा लिलावती?

      सुनसरीकी ईन्द्रवती राम आफ्नो भाग्य खोज्दै कुवेतको मरुभूमिमा नौ बर्ष दश नङ्ग्रा खियाईन।मरुभुमी मै भए पनि खुशिको हरियाली उमारिरहेकी थिईन ईन्द्रवतीले। त्यसो त चन्चले र चुल्बुले जोवन बाट तिनी कसरी अछुतो रहन सक्थिन र? मरुभुमि मै भए पनि क्याक्टस जस्तै भर्भराउदो बैशले फक्रीएकी थिईन ।तिनको त्यो लोभलाग्दो जोबन देखेर जनकपुर निवासी एक दलित युवाले भमरा बनि लुट्न सम्म लुटे। बिबाहित उक्त ब्यक्तीले आफूलाई ठूलो जात र कुमार हु भनि झुक्काएर मायाजालमा फसाए पछि ईन्द्रावती आफुलाई ईन्द्रकमल फुल झै फक्रीएको महसुस गरिन। मह जस्तै गुलियो मोहनी वचनमा मख्ख परे पछि आफ्नो मनको राजा सम्झि तिनले कुवेत मै ति ब्यक्ती सङ्ग गन्धर्व बिबाह गरिन। मनले खाएर मनैले रोजे पछि त्यो ब्यक्तीनै इन्द्रवतिको सर्बपृय र सबथोक ठानिन।अनि आफुले कमाएका सम्पुर्ण सम्पत्ती समेत उनै ब्यक्तिको हातमा थमाईदिईन। तिनका सो कल्ड पतिले सो रकमबाट जनकपुरमा जग्गा जमिन जोडे। कुवेत मै बिबाह भए पछि उनिहरुको प्रेमको निशानी स्वरुप पेटमा बच्चा हुर्कन थाल्यो। पेट करिब बच्चा छ महिनाको भए पछि काम गर्न नमिल्ने भनी रोजगारदाताले तिनलाई कामबाट बर्खास्त गरि नेपाल फर्काईदियो। नव पति सङ्गै फर्कने बचन दिए पनि बचन पुरा गरेनन ।पतिको गाउ ठेगानको राम्रो जानकारी नभए पछि सानैमा आफ्ना माता पिता समेत गुमाईसकेकी तिनि सुनसरीमा भएको कान्छी आमा सङ्ग केही समय बिताईन र त्यही बच्चा जन्माईन। बच्चा जन्मिएको एघार दिनको हुदा उनी जनकपुरमा बच्चाको बाबाको घर आफ्नो अधिकार माग्न गईन। उनी त्यहा अस्विकृत भए पछि फेरि माईती सुनसरी फर्किईन। आवात जावात गर्दा बच्चा बिमारी भए। बच्चाको उपचार को लागि आफुले लगाएको भएभरको गहना धरौटी राखेर दुई महिना बच्चाको उपचार गराए। बच्चा केही बिषेक भए पछि आफ्नो अधिकार माग्न फेरि जनकपुर नै गए। त्यहा पुन: अस्विकृत भईन। त्यसपछि तिनको जाने ठाउँ कहि थिएन। उनि ओरेक नेपालको शरणमा पुगिन। जहा तिनले अटो रिक्सा तालिम लिएर १२०० रिक्सा चालकहरुमा उनी एक्लो महिला चालक बनिन। अनि भाडामा रिक्सा चलाउन शुरु गरिन। एकल महिलाको रुपमा संघर्षको नौलो अध्याय शुरु गर्दै बच्चाको लालन पोषण गर्न थालिन।

    

छोरालाई काखमा राखेर नया इलेक्ट्रीक रिक्सा चलाउदै ईन्द्रवती
कसरी लिलावती लाईमलाईटमा आईन?
 
       पत्रकार मोनिका झाँ ले अन्नपूर्ण पोष्ट मार्फत तिनको कथा छापेपछी विविसी नेपाली सेवामा साझा सवाल कि सन्चालिका बिद्या चापागाईले कार्यक्रम मार्फत प्रस्तुत ईन्द्रवतिलाई प्रस्तुत गरिदिए। त्यहा तिनले भनेकी थिईन ” भविष्य आफ्नै स्वामित्वको एक रिक्सा किन्ने सपना छ”।त्यस पछि लिलावतीको कथा डढेलो जस्तै सन्सार भर सर्बत्र फैलिएको थियो। यहि क्रम मा नेपाल खबर हङकङका प्रतिनिधी मगेन्द्र राईले आफ्नो फेसबुक स्टाटसमा फोटो सहितको बिबरण सेयर गरे। संघर्ष र पिडाको त्यो फुलुङ्गोले हङकङ युनलोङ निबासी नेपालखबरकी चर्चित लोकप्रीय ब्लगर जुनु राना र लोकु पुनको मनमा सहानुभूतिको डढेलो लाग्यो। लोकु भन्छीन ” त्यो कथा सुने पछि आखा भरी सावन बर्षियो।”
 
कसरी शुरु भयो सहयोग अभियान?
      हरेक बर्ष उल्लेख्य परोपकारी कार्य गर्दै आईरहेकी हङकङ बस्दै आएकी बाग्लुङ कि जुनु रानाले त्यो स्टाटस पढे पछि र भिडियो हेरे पछि यो बर्षको लागी ईन्द्रवतीलाई सहयोग गर्ने निर्णय गरिन। उमेर फरक परे पनि भावनाको एकै भङ्गालोमा बग्ने आफ्नी मिल्तिको सङ्गिनी लोकु सङ्ग सल्लाह गरिन।लोकु त्यतिबेला लामो छुट्टी मनाउन आफ्नो घर चितवन पुगेकी थिईन। मिलेर सहयोग जुटाउने निर्णय भयो। हङकङमा जुनु कम्मर कसेर अगाडी बढ्ने भईन।तर जात, क्षेत्र आदिले कित्ताकाट भएर चिराचिरा परेको हङकङको समाजमा तराईबासी एक अपहेलित नारी लागी सहयोग उठाउन सजिलो थिएन। जुनुले भनेकी त्यतिबेला भनेकी थिइन ” सहयोगको लागी अभियान शुरु भएको छ, रकम उठे उठ्छ नउठे आफ्नै गोजि बाट निकालेर भए पनि एउटा नया रिक्सा दिएरै छाड्छौ”। बिचार र भावनाले सामाजिक सन्जाल फेसबुक मार्फत सबैलाई हायल कायल बनाई लोकप्रीयता कमाएकी जुनुले त्यतिकै पैसा उठाउनु भन्दा बरु स्वस्थ र मनोरञ्जन समेत प्राप्त मनसायले “स्वस्थ सङ्गै सहयोग” भन्ने थिमका साथ च्यारिटी हाईकिङ आयोजना गरिन।हाईकिङ तथा फेसबुक अभियान मार्फत एक लाख सत्तरी हजार सङ्कलन गरिन। त्यसैगरी लोकु पुनले नेपाल बाटै एक लाख चालिस हजार सहयोग सङ्कलन गरिन। यि दुबैको सहकार्यले करिब तिन लाख मुल्यको राम्रो ईलेक्ट्रीक रिक्सा किन्न सकिने भो। अहिले त्यही रकमले लिलावतीलाई चाबी र रिक्सा हस्तान्तरण गरिएको छ।

  

प्रदेश नम्बर २ का महान्याधिवक्ता दिपेन्द्र कुमार झाँ लाई पछाडी सिटमा राखेर नया इलेक्ट्रीक रिक्सा चलाउदै ईन्द्रवती
कसरी हस्तान्तरण गरियो रिक्साको चावी ?
      दुबै अभियन्ताहरु हङकङमै भएको हुदा नेपाल खबर हङकङका सम्पादक जेबि पुन मार्फत उक्त कार्य सम्पन्न गरियो। यसका लागी गत सोमबार सबै चाजोपाजो मिलाएर नया रिक्सा ईन्द्रवती लाई हस्तान्तरण गर्न जेबि काठमाडौ बाट जनकपुर हानिए। योजना मुताबिक उनि त्यहा पुगे पछि कान्तिपुरका प्रदेश संयोजक अजित तिवारीले रामानन्द चोकमा एक अनौपचारिक सामान्य कार्यक्रम गर्दै संचारकर्मीहरुको रोहबरमा प्रदेश नम्बर २ का महान्याधिवक्ता दिपेन्द्र कुमार झाँ मार्फत लिलावतीलाई एक सामान्य तवर बाट रिक्साको स्वामित्वपत्र र चाबी हस्तातरण गरियो। उक्त कार्यक्रममा जेबिले सुत्रधारहरु जुनु राना र लोकु पुनको सुन्दर सन्देश समेत सुनाएका थिए।
 
         रिक्साको चाबी स्विकारे पछि २५ बर्षीय लिलावतीले आफ्ना २ बर्ष ४ महिने छोरालाई काखमै राखेर महान्याधिवक्ता झाँलाई लिफ्ट दिई नयाँ रिक्सामा परिक्रमा गराईन। उत्पिडन र सामाजिक हेयको जन्जिरलाई चुडाल्दै संघर्षको मैदानमा उत्रीएकी तिनको साहसलाई सम्मान गर्दै उपस्थित पत्रकार र जनमानसहरुले ताली बजाएर थप हौसला प्रदान गरे।अप्रत्याशित रुपमा नया महङ्गो रिक्सा पाउने कुरा तिनले न त कल्पना गरेकी थिईन न सपनामा सिचेकी थिईन। तर एकाएक यस्तो सुखद घटनाले उनि हर्षाश्रु बनिन। तिनले आफ्नो बिषम परिस्थितिमा साथ दिने, एनजिओ ओरेक नेपाल, आफ्नो कथा लेखिदिएर डढेलो झै फैलाईदिने संचारकर्मी र त्यो कथा सुनेर रिक्सा नै किनिदिएर दुखको सागरबाट बैतरणी गराईदिने हङकङकि जुनु राना र लोकु पुन प्रती अनुग्रीहित बनिन। त्यसो भनिरहदा तिनको आँखाबाट आँसुको भेल बगिरहेको थियो।

   

अभियन्ताहरु बाया बाट जुनु राना र लोकु पुन
         भाडामा रिक्सा चलाएर बच्चाको लालन पोषण र आफ्नो गुजारा गरिरहेकिकी ईन्द्रवती सोमबार सखार सम्म छोरालाई उपचार गराउन माईतीघर सुनसरी मै थिईन। नया रिक्सा पाउने खबर पाए पछि सपना वा बिपना जस्तो भैरहेकी लिलावती खुशिको भारी बोकेर बिहान जनकपुरमा आईपुगेकी थिईन।पति समेत यकिन नभएको, रिक्सा चलाउने आईमाई भनी तिनी समाज बाट निन्दित तथा अपहेलित बनेकी थिईन। तर उनी फलामले घनको चोट सहे झै त्यस बिरुद्द अनवरत हटेर हैन डटेर लडिन।यो लडाईमा ओरेक नेपाल नामक सस्थाले सहयोग गरेको थियो। तिनको कदमलाई स्थानीय संचारकर्मीहरु र चेतनशिल जमातले हौसला प्रदान गरेका थिए।
 
रिक्सा पाए पछिको प्रतिक्रिया
       नया रिक्सा पाए पछि ईन्द्रवतीको अनुहारमा खुशी दौडिरहेको थियो। आफ्नो सपना पुरा भएकोमा मख्ख थिईन। आफ्नो भाग्यको सिला खोजिरहेकी तिनले आफ्नै आखाको अगाडी भाग्य लहलह झुलेको देखिन।जिन्दगीको बेलोमा रहर र आशाको चिचिला अंकुरण भएको महसुस गर्दै भनिन ” साहुलाई भाडा बुझाउन नसकेर कमाई बन्द भएको थियो, अब आफ्नै रिक्साबाट कमाई गएर छोरोलाई पढाउछु हुर्काउछु, भविष्यमा अझै थप राम्रो काम गर्नेछु”। तिनले थपिन ” मैले रिक्सा चलाउँदा हिंजो खिसी टिउरी गर्नेहरु मेरै लाइनमा उभिएका छन यतिखेर।जिवनलाई संघर्ष हो भनी आत्मासात गर्दै आत्मनिर्भर तर्फ उन्मुख हुन खोज्दा त्यसले अन्य महिलाहरु पनि उत्प्रेरित भएको देख्दा थप खुशी लागेको छ। मेरै पहलकदम देखेर बिरंगजमा ५ जना महिलाहरुले अटो रिक्सा चलाएर आत्मनिर्भर भै रहेको छ्न, यो क्रम जारी छ।”
    
          यता अभियन्ताहरु जुनु र लोकु लाई आफ्नो योजना सफल भएकोमा बेग्लै अनुभुती भएको छ। जुनु भन्छिन ” सङ्कुचित बन्दै गैरहेको हङकङको नेपाली समाजमा हामीले जात हेरेनौ, क्षेत्र हेरनौं । एक एकल र संघर्षशिल महिलाले देखेको सपना साकार पार्नमा टेवा दिने काम गर्यौ। हामीले ईन्द्रवतीको दुख र कम्जोरीलाई सहानुभूति हैन तर तिनको साहस र बिद्रोहका लागी साथ र हौसला दिएका हौ।त्यसो त एक नारी भएर अर्कि एक नारिको भावना बुझ्दै उसको जीवन संघर्षलाई सहज पार्न साथ दिन सकेकोमा आफु धन्य भएको अनुभुती भएको छ”।
       लोकु भन्छिन “कसैलाई दिनु वा सहयोग गर्दाको क्षण भन्दा ठुलो आनन्द जिवनमा अरु केहि नहुदो रहेछ, आफु हिडिरहेको बाटो भन्दा केहि फरक बाटो समाती अरुको जिवनलाई सुन्दर बनाउनु भन्दा सुन्दर अरु केहि चिज नहुदो रहेछ, ईन्द्रवती आखामा रसाएको खुशिको आशु देख्दा हामीलाई यस्तै यस्तै महसुस भै रहेको छ”।

 

ईन्द्रवती सहयोगको लागी जुनु द्वारा गरिएको “स्वस्थ सङ्गै हाईकिङ” मा सहभागीहरु
     पत्रकारिता मार्फत सामाजिक उत्तरदायित्वको बोध गर्दै समाजको दर्पण बन्न सके समाज परिबर्तनमा ठुलो भुमिका रहन्छ भन्ने ज्वलन्त उदाहरण ईन्द्रवती जस्ता अब्बल साहसी महिला पात्रलाई बाहिर ल्याउनले देखाएको छ। जसले गर्दा तिनको जिवनमा ब्यापक परिबर्तन आउन सम्भव भएको छ। सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता समयको माग हो।
 
 
 
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार