मैले बुुझेको युुमाधर्म

  मञ्जुुल याक्थुुम्बा

ढुङगाको मूर्तिमा अक्षता चढाउनु मात्र धर्म होइन । वास्तविक धर्म त दीनदुखीको सेवाबाट प्राप्तहुन्छ भन्ने तर्क २४ शय वर्षअघि ग्रीसको एथेन्समा दार्शनिक सुकरातले आफनो मान्यता अगाडिसार्दा युवावर्गलाई अनैतिक पाठ पढाएको आरोपमा आफ्नो हातबाट हेमलक विष पिउन लगाई उनलाई मृत्युदण्ड दिइयो । पुरानो मान्यता अनुसार सूर्यले पृथ्वीलाई परिक्रमा गर्दछ भन्ने सिद्धान्तलाई असत्य भनिदिंदा निकोलस कर्पिर्नकसलाई तत्कालीन राजसभामा उपस्थित गराएर सूूर्यले नै पृथ्वीलाई घुम्छ भन्ने दस्ताबेजमा सहिछाप गराइयो । त्यससभाबाट बाहिरिएलगतै पृथ्वीले नै सूर्यलाई परिक्रमागर्छ भनी उनले आफनो निर्भिकता जनसमुदायसमक्ष तुरुन्त व्यक्तगर्नुपरेको थियो । आखिर सत्यकुरा एकदिन सत्यभएरै छाडछ भन्ने कुरालाई साकारपार्दै उनै निकोलस कपर्निकसको सकृय सहभागितामा सन १५४३ मा भएको ऐतिहासिक सन्धिमा पृथ्वी गोलो छ र यसले सूर्यको परिक्रमा गर्छ भन्ने पहिलोपटक प्रामाणिकरुपमा सत्यकुराको विजय भएक थियो ।

सूर्यले पृथ्वीलाई घुम्छ भन्ने त्यसअघिको मान्यतालाई तोडेर भएको सोसन्धिको ८० असी प्रतिहरु मात्रै त्यसबेला तयारभएका थिए र विश्वको विभिन्नभागहरुमा पुर्याइएका थिए । निकोलस कपर्निकसपछि यससिद्धान्तका प्रखर समर्थकमा इटालीका वैज्ञानिक ग्यालिलियो पनि चर्चित व्यक्ति हुन । सत्य र तथ्यकुरालाई राम्ररी नकेलाई शक्तिको आडमा सत्यलाई असत्य र असत्यलाई सत्य साबित गराइए तापनि कालान्तरमा सत्यकै जितहुन्छ । यसमा समय लाग्छ । धैर्यधारण गर्नुपर्छ ।

४७५ वर्षअघिसम्म मात्र विश्वका सम्पूर्ण धर्मावलम्बीहरुले पृथ्वी चेप्टो छ भन्थे । सूर्य पूर्वबाट उदाएर पश्चिममा अस्ताउँछ भन्ने मान्यता राख्थे । सूर्यले पृथ्वीलाई घुम्ने होइन, सूर्यलाई पृथ्वीले घुम्छ भन्ने निकोलस कपर्निकसको वैज्ञानिक खोजको प्रामाणिक दस्तावेजले मान्यता प्राप्तगरेपछि सोसिद्धान्तलाई विश्वले मान्यता दिएको हो र आजसम्म दिइरहेकै छ ।

संसारका विभिन्नधर्मका धर्मान्धगुरुहरुका प्रमाणहीन तथा कपोलकल्पित कुराहरुमा विश्वासगर्दागर्दै युगौंयुग पारगरेर मात्र प्रामाणिक तथ्यका आधारमा सत्यको नजिक आज मानवसमाज पुगेको छ । सत्यकुरा सावितभएको नतिजा देख्न पाउनु धैर्यधारणगर्न सक्नु पर्दछ भनेको अर्थ यही रहेछ । त्यसैले अवको वैज्ञानिकयुगमा सबुतप्रमाण दिएर लेखिएको कुरालाई मात्र ग्रहणगर्नु उपयुक्त हुन्छ । तर सूर्यले पृथ्वीलाई परिक्रमागर्ने होइन कि पृथ्वीले सूर्यलाई परिक्रमागर्छ भन्ने वैज्ञानिक मान्यता प्राप्तभएको ५०० वर्ष पारगर्नलाग्दा पनि हिन्दुधर्मावलम्वीहरुले भने दिनहु सातघोडेबग्गीमा चढेर पूर्वबाट उदाउँदै पश्मितर्फ सूर्य अस्ताएको तस्बिरहरु सार्वजनिकस्थलहरुमा बिक्रिबितरणगर्ने मात्र होइन कि घरघरमै त्यस्तातस्बिरहरु राखिरहेका देख्दा योभन्दा हास्यास्पदकुुरा अरु के होला ?  त्यसैले त्यस्तो अपत्यारिलो अन्धविश्वासी कुरोको प्रभाव हाम्रो मौलिक याक्थुङ् मुन्धुम् अन्तर्गत किरातधर्म तथा संस्कृतिमा पर्ननपावस भनी मैले बुझेको युमाधर्मबारे यो मेरो छोटोटिप्पणि पेशगर्ने घृष्टता गरेको हुँ । यस विषयमा योभन्दा सत्य, तथ्यपरक बलियो प्रमाणहरु कतैबाट प्रस्तुतभएमा म आफनो अल्पज्ञतालाई सहर्ष स्वीकारगर्दै क्षमा याचना गर्दछु ।

आफ्ना मान्यजन गुरुहरुको मुखारविन्दबाट प्राप्त मौलिक किरात याक्थुङ् मुन्धुमका विधाहरुलाई कण्ठस्थ पारेर आजसम्म हाम्रा पुरोहित साम्बा, येबा÷येमा, फेदाङ्माहरुले हाम्रा धार्मिक तथा सांस्कारिक कर्मकाण्डहरु जसोतसो सम्पन्न गरिल्याएका छन । तर ती कर्मकाण्डहरुका महत्व र ती कर्मकाण्डहरुमा प्रयोगहुने सामानहरु कुनकुन प्रयोजनका लागि प्रयोग गरिएका हुन ?  भन्नेबारे उनीहरुलाई नत सम्बन्धित सेवाग्राहीहरुले सोध्नेगर्छन नत ती देवारीहरुले नै अर्थलगाउन सक्छन । यस्तै छ हाम्रो आजसम्मको कर्मकाण्डिय धर्मसंस्कारको अवस्था ।

हाम्रो यो मौलिक धर्मग्रन्थ याक्थुङ् मुन्धुम्बारे धार्मिक, पौराणिक, ऐतिहासिक, सामाजिक, वैज्ञानिक, दार्शनिक आदि दृष्टिकोणहरुबाट, खोज, अनुसन्धान, विश्लेषण र व्याख्यागरेर मुन्धुम्लाई परिमार्जित तथा जीवन्त राख्नुपर्ने नितान्त आवश्यक भएको कुरा ५/७ वर्षअघि मौलिक याक्थुङ् मुन्धुम्बारे धरानमा भएको गोष्ठीमा बुँदागतरुपमा डा. चैतन्य सुब्बाले कुरा त कोट्याउनु भयो तर लिखित कार्यपत्र भने पेश गर्नुभएन । त्यस्तै नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले संकलन तथा सम्पादन गर्नुभएका प्रकाशित मुन्धुम्हरुमा विभिन्न दृष्टिकोणहरुबाट विश्लेषणात्मक छोटो टिप्पणी गर्नुभएको बाहेक आजसम्म अरु कुनै पनि व्यक्तिले हाम्रो मौलिक मुन्धुमबारे दार्शनिकपक्षमा कलम चलाएजस्तो मलाइ लाग्दैन । सायद मेरै अध्ययनको कमी भएर मैले थाहानपाएको हो कि ?

जुनसुकै विषयवस्तुको उत्पत्ति, उद्गमस्थल,  मिथकीय आख्यान,  तर्कपूर्ण भनाइ, पाएसम्मका सबुदप्रमाणहरुको जरैदेखि अध्ययन, अनुसन्धान गरेर निस्केको निष्कर्ष सत्य र तथ्यको नजिक पुगेको हुन्छ ।  तर कुनै व्यक्तिले भनेको लेखेको भरमा सहीथाप्दै अन्धाधुन्ध त्यसैको पछिलाग्ने स्वभावले हाम्रो समाज पिछडिएको कारणमध्ये यो पनि एक हो भन्न सकिन्छ । उदाहरणको लागि प्रथमकुरो — वि.स. १८३१।४।२२ भन्दाअघि लिम्बू भन्ने शव्द कहीँ, कतै, कहिले पनि याक्थुङ्लाजेमा प्रयोग नभएकोमा ईशाको छैटौँ शताव्दीमा आठ सरदारहरुलाई दश सरदारहरुले धनुबाण हानी विजय प्राप्त गरेको देशलाई अथवा ली= भनेको धनु र आबु= भनेको हान्ने (धनुर्धारी) शव्दहरु मिली लिआबुबाट लिम्बूशव्द नामाकरण भएको भन्ने इमानसिंह चेम्जोङ्को अडकलबाजी कुरालाई हाम्रा पढेलेखेका लिम्बूहरुले सत्यमानेर अझै  पनि भट्ट्याउन छोडेका छैनन ।

दोश्रोकुरा— श्री ५ रण बहादुर शाह जन्मनुभन्दा ४१ वर्षअघि अर्थात वि.स. १७९८ मा सिक्किममा शहीद भइसकेका त्येअंशी सिरिजङ्गा सिङ्थेबेलाई किरात लिम्बूभाषा, लिपि, साहित्य, संस्कृति, धर्म प्रचार प्रसार गरेबापत श्री ५ रण बहादुर शाहको पालामा देश निकाला गरियो भनी प्रेम बहादुर माबोहाङ्समेतव्दारा  लिखित संक्षिप्त नेपाल इतिहासमा उल्लेख गरिएका कुराहरुलाई सहीमान्दै कतिपयले भट्ट्याउँदै हिडेको पनि सुनिन्छ ।

तेश्रोकुरो— हाम्रा किरात धर्म दर्शनदाता सन्त येहाङ्, सोधुङ्गेन् लेप्मुहाङ् र कान्देन्हाङ्हरुले किरात धर्मसम्वन्धमा उपदेशात्मक सन्देश दिएका कुराहरु र हाम्रा सम्पूूर्ण कर्मकाण्डीय संस्कारहरुलाई समेत समावेशगरी (युमा साम्यो) युमाधर्म भनी सिक्किमका विव्दान जसराज पन्धाकव्दारा लिखित पुस्तकहरुको चुरो नकेलाई हाम्रा एकथरी याक्थुङ्वन्धुहरु पनि अन्धाधुन्ध त्यसैको पछिलागेको देख्दा हामी अझै पनि कुहिरोको कागजस्तै अँध्यारोमा रुमलिरहेछौंजस्तो लाग्यो । कौवाले कान लग्योभन्दैमा आफनो कानै नछामी कौवाको पछिपछि दगुर्न त भएन नि ।

चौथोकुरो — जसराज पन्धाकव्दारा अंग्रेजी, नेपाली र लिम्बूभाषा एवं किरात सिरिजङ्गा लिपिमा लिखित दि फिलोसफी एण्ड टिचिङ्स अफ युमासाम्यो (युमाइज्म) दि रिलिजियन अफ लिम्बुज अफ दि हिमालय रिजन फष्र्ट इडिशन १९९८ मे,  दि फिलोसफी एण्ड कन्सेप्ट्स अफ युमासाम्यो ट्रेडिशन फर्ष्ट इडिशन २००५ र  कन्सेप्ट अफ लाइफ आप्टर लाइफ एण्ड फ्युनरल  प्राक्टिसेस्  इन  युमासाम्यो ट्रेडिशन फर्ष्ट इडिशन २००५ का पुस्तकहरुमा उल्लेख गरिएका कुराहरु तथा सांस्कारिक कर्मकाण्डहरु युमाधर्ममा लेखिएका नभई इमानसिंह चेम्जोङ्व्दारा संकलित तथा सम्पादित (लिखित) किरात  मुन्धुममा वर्णन गरिएका कुराहरु हुन् ।

ब्रम्हाण्डको सृष्टिपश्चात मानवजातिको अस्तित्व यस पृथ्वीतलमा कायम भएपछि मौलिक याक्थुङ् मुन्धुम्मा वर्णित सन्त येहाङ्, सोधङ्गेन् लेप्महाङ् र सिन्युक्लाजे (चीन) का कान्देन्हाङ् आदि महापरुषहरुले बोलेका कुराहरु र मौलिक याक्थुङ् मुन्धुम् अन्तरगत हाम्रा साम्बा येबा÷येमा, फेदाङ्माहरुले जन्मदेखि मृत्युपर्यन्त सम्पन्न गरिल्याएका धार्मिक तथा सांस्कारिकर्मकाण्डहरु नै तलमाथि पारेर युमासाम्यो भनी उक्त पुस्तकहरुमा वर्णन गरिएकोबाहेक नौलो कुराहरु पाइँदैन । श्रद्धेय पाठकहरुलाई पत्यार नलागे माथि उल्लिखित पुस्तकहरु राम्ररी अध्ययनगर्न विनम्र अनुरोध गर्दछु । अर्थात यस कुराको प्रमाण यसरी पनि दिन सकिन्छ :-

(१) प्राणीलाई दयागर्नु । यस धरतीमा मानिस मिलेर प्रेमसंग बस्नु । आँखीडाहीँ नगर्नु । मद्दतगर्ने र बचाउने मानिसलाई श्रद्धा गर्नु । मातास्वरुप पितास्वरुप तागेरा न्विाफुमा्ङ् (ईश्वर)मा साँझबिहान प्रार्थनागरी ज्ञानवुद्धि माग्नु । धर्मको बाटो खोजी हृदय पवित्र राख्नु । चोर्नु, लुटनु झगडागर्नु, दुष्ट्याइँगर्नु, घमण्डगर्नु, लोभगर्नु, नराम्रो बोल्नु, नराम्रो कामगर्नु, टुहुराहरुलाई हेलागर्नु आदि कार्यहरु नगर्नु । टुहुरा, विधुवा, आपदबिपतमा परेका, असहायहरुलाई सदैव मायागरी सरसहयोग र दयागर्नु । कुकर्मगर्ने मानिसहरुलाई ईश्वरले सजाय गर्छन ।
सन्त येहाङ् — किरात मुन्धुम्, इमानसिंह चेम्जोङ्

(२) ज्ञानवुद्धिका मालिक नै परमात्मा हुन । सृष्टि, पालन र संहारकर्ता पनि उनै हुन । ज्ञानवुद्धिका कुराहरु गर्दा लाटा, मुर्खहरु नराम्रो सम्झन्छन । आफना पितामाताहरुले दिएका अर्तिउपदेशहरु राम्ररी सुनिराख्नु । छोरानातिहरुले सोकुराहरु बिर्सनु हुदैन । उनीहरुका अर्तिउपदेशहरु पगरीजस्तै शोभायमान हुन्छ । आफना बाबुआमाले दिएका सद्वुद्धिहरुको पालनगर्ने सन्ततिहरु कुसङ्गतमा लाग्दैनन र कुकर्महरुजस्तै— चोर्नु, लुटनु ढाँटनु, मार्नु, बाझनु, नकारात्मक कार्यगर्न दिदैन । ज्ञानवुद्धिले कामगरे बाठो भइन्छ,फलिफाप हुन्छ, मुर्ख होइदैन । सुकर्मले सधैँ आनन्द प्राप्तहुन्छ । कुकर्मले यसलोकमा मात्र होइन परलोकमा पनि दुःख पाउँछ । त्यसैले ईश्वरमा भावभक्ति राखेर सबै प्राणीमा सत्य, दया, प्रेमगर्ने मानिस नै ईश्वरको प्यारो हुन्छ । ईश्वरमा सभक्ति समर्पित मानिसको सदैव कल्याण हुन्छ ।
सोधुङ्गेन् लेप्मुहाङ् : किरात मुन्धुम, इमानसिंह चेम्जोङ्

(३) मानिसमा ज्ञानवुद्धि नभएपछि घमण्ड, मुर्खता क्रोधादि बढेर संसारै अन्धकार हुन्छ । ज्ञानवुद्धि भनेकै तागेरा निङ्वाफुमाङ् हो । ज्ञानवुद्धिरहित भनेको ताम्भुङ्साम अन्धकार र अज्ञान हो । त्यसर्थ ज्ञानवुद्धिले उज्यालो आत्मालाई ग्रहणगर्ने र ताम्भु्ङ्साम् अन्धकार अज्ञानबाट टाढै रहेमा मात्र मानव जीवनले सुख र सभ्यतामा जीवनयापनगर्न सक्तछ । तवमात्र देश, जनता र समाजको प्रगति हुन्छ ।
सिन्युक्लाजेका कान्देन्हाङ् : किरात मुन्धुम्, इमानसिंह चेम्जोङ्

युमासाम्माङ्बारे

१— फक्ताङ्लुङ् हिमालको काखमा उद्गमित किरातजनहरुको संख्या बढेर उद्गमस्थलमै नअटने भएपछि किरातवंशका एकहुल उहिल्यै उत्तर सिन्युक्लाजे अर्थात चीनदेशतर्फ लागेका किरातजनका सन्ततिहरु नै पछि नवौँशताव्दीमा मुदेन्लाजे तिब्बतभूमि उपाजोङ्हुँदै उबाहाङ् किरातसरदार (राजा) याक्थुङ्लाजे प्रवेशगर्दा युमासाम्माङको आगमन भएको हो । यसभन्दा अघि याक्थुङ्लाजेको किरात याक्थुङ्जातिमा युमासाम्माङ् शव्द अपरिचित मात्र होइन युमासाम्माङ्को अवधारणा नै थिएन । धार्मिक अवधारणाको विकास भएपछि मात्र तागेरा निङ्वाफुमाङ् (परमात्मा ईश्वर) को अवधारणाको विकास भएको हो । कुसङ्साम्माङ् अर्थात नयादेवताको रुपमा युमासाम्माङ्लाई पूज्नथालेपछि आजसम्म पनि युमासाम्माङ् माङ्घमागर्दा हाम्रा देवारी फेदाङ्माहरु ‘येम्बिसो कुसङ्साम्माङ्’ युमासाम्ङ् हेनारो ! सेवारो ! भनेर फलाक्छन । यो कथनबाट याक्थुङ्लाजेमा पछिमात्र भित्रिएको नयादेवता युमासाम्माङ् हुन भन्ने प्रष्टै भयो । किरात याक्थुङ्वंशले आफु  हरुले मानिआएको अन्य कुनैपनि देवीदेवताहरुलाई कुसङ्साम्माङ् नयादेवता भनी पुकार्दैनन ।

२—कसैले जयजिते खरबले,कसैले (चैचिते खरपल्ल्या) र कसैले चेम्जोङ्थरका याक्थुम्बा भन्छन भने इमानसिंह चेम्जोङको किरात मुन्धम मा चाँ हीँ माबोहाङ् राजाको शरीरमा युमासाम्माङ् प्रवेशगरी ‘सुयेन् नोसुनुहाङ्मा’ युमासाम्माङ् भनेकै मै हुँ भनी बकेकाले हाम्रा फेदाङ्माहरुले पनि युमासाम्माङ् माङ्घमागर्दा त्यसरी नै फलाक्छन तर वास्तविकता नबुझेर त्यसो गरेका हुन । सुयेन् नोसुनुहाङ्मा भनेको सिन्युक्लाजेको उपाङ्हाङ् राजाकी रानी हुन भनी स्वयम् आपूmव्दारा लिखित किरात मुन्धुम् र किरात दन्त्यकथामा पनि इमानसिंह चेम्जोङ्ले उल्लेख गरेकाछन भने कसरी उनी युमासाम्माङ् हुन सक्छिन ? भन्ने कुरा हामीले गहिरिएर प्रष्ट बुझन सक्नुपर्यो । अर्कोकुरो जयजिते खरबले भन्ने शव्द र नाम नै गैरकिरात भाषाको भएकोले आर्यजनहरु याक्थुङ्लाजेमा भित्रिएपछिको प्रसङ्ग प्रष्ट भएपछि युमासाम्माङ्लाई नयादेवताको रुपमा धेरैपछिमात्र याक्थुङ्वंशले इष्टदेवीको रुपमा ग्रहणगरेको छर्लङ्ग हुन्छ ।

३— याक्चानाघाटमा तिमी तानबुनिरहेकीमा तल तमोरबाट जयजिते खरबलेहरु बल्छीखेल्दै आएछन । तिम्रो छद्मउपस्थितिले उनीहरुको जालमा माछा पर्नसकेनछ । बरु तिमीले त टिकटिके माछाकोजस्तै मानिसको स्वरुप भएर आपैm बल्छीमा परिदिएछौ । उनीहरु चकित भएछन । तिमीले उनीहरुलाई म तिमीहरुको सक्तिदात्री बजूदेव हुँ भनी पहिचान दिएर अल्पिएछौ । उनीहरुले पनि तिम्रो मानभावगरी थानथापना राखी सुगुँरको पाठो कुखुरा भोगवलि दिएछन, अर्पण गरेछन । यसरी नै तिमी डुल्दैआउँदा धनकुटा नेवार राजाकोमा प्रकटभएर अल्पिएछौ । धनकुटे नेवार राजाले पनि धामीझाँक्री राखेर जोखाना खुट्ट्याउन लाउँदा तिमीलाई शक्तिदात्री बजूदेवको रुपमा पहिचानगरी थानथापना मानमनितो राखेछन भन्ने कुरो लक्ष्मण मेन्याङ्बोव्दारा संकलित तथा सम्पादित याक्थुङ् मुन्धुम् २०६२ पाना २२२–२२३ मा उल्लेख भएकोले याक्थुङ्लाजेमा गैरयाक्थुङ्जातिको आगमन भएपछि मात्र युमासाम्माङ्को मानमनितो गरिने परम्परा शुरुभएको प्रमाणित हुन्छ । तर धनकुटामा नेवारराजा भएको प्रमाण आजसम्म भेटिएजस्तो लाग्दैन ।

४ — नवौँ शताव्दीमा मात्र याक्थुङ्लाजेमा उबाहाङ्संग भित्रिएका नयादेवता भएपनि याक्थुङ्वंशले आफना इष्टदेवी मानेर यतिसम्म मानमर्यादाका साथ सर्वोपरिस्थानमा राखी पूज्छन कि कुनैपनि धार्मिक अनुष्ठान गर्नुपर्दा उनको पहिले मानमनितो पुर्याएर कार्यारम्भ गरेपछि मात्र कार्यसिद्धि प्राप्तहुन्छ भन्ने हामी याक्थुङ्जातिमा विश्वास गरिन्छ । किरात धर्मावलम्वी याक्थुङ्जातिमा युमासाम्माङ् नमान्ने याक्थुम्बा नै हुदैनन ।

५— मौलिक याक्थुङ् मुन्धुम्अनुसार किरातधर्म मानिने याक्थुङ्जातिमा युमासाम्माङ्लाई सर्वोपरिस्थानमा राखी पूजिने परम्परा याक्थुङ्जातिमा हुँदाहुँदै युमाधर्म छुट्टै हो भनी कसैले मान्छभने त्यो उसको खुशीको कुरो हो । विभिन्न धर्महरुमा अनगिन्ती सम्प्रदायहरु भए तापनि आफनो धर्मको परिचय दिँदा त मूलधर्मकै नाम लिन्छन जस्तै— हिन्दुुधर्म अन्रगतका शाक्त, वैष्णव,कृष्णप्रणामी,अव्दैतवादी आदि सम्प्रदायले आफनो मूलधर्मको परिचयदिंदा हिन्दूधर्म नै भन्दछन । हीनयान, महायान, बज्रयान सम्प्रदायका वौद्ध धर्मावलम्वीहरुले आफनो मूलधर्मको परिचयदिंदा वौद्धधर्म नै भन्छन । इस्लामधर्मका सिया, सुन्नी, सम्प्रदायले आफनो मूलधर्मको परिचयदिंदा इस्लामधर्म नै भन्दछन भने किरातधर्मअन्तर्गत मौलिक याक्थथुङ् मुन्धुम्अन्तरगतका सनातनवादी किरात धर्मालम्वी याक्थुम्बाहरु, किरातधर्मअन्तरगत सत्यहाङ्मापन्थी, किरातधर्मअन्तरगत युमाधर्मावलम्वी सम्प्रदायले आफनो धर्मको परिचयदिंदा किरातधर्म नै भन्नुपर्ने हुन्छ । यसमा कुनै आपत्ति जनाउनुपर्ने कुरा म देख्दिन । किरातधर्मअन्तरगत युमाधर्म पर्दैन भनेर लिँडेढिपीगर्नेहरुको लागिचाहीँ हाम्रो भन्नु केही छैन । आफना पूर्खाले परम्परा अनुसार सर्वोपरि मानेर आफना इष्टदेवीदेवताका रुपमा पूजिआएको देवताको नामबाट धर्मको नामाकरणगर्ने हो भने पहिलोपटक मावोहाङ् चेम्जोङ्को परिवारमा प्रकटभएकी नाताले चेम्जोङ्ले युमाधर्म, हेम्ब्याथरका याक्थुम्बाले इष्टदेवता मानिआएको सवासाम्माङ्को नामबाट सवाधर्म, नेम्बाङ्थरका याक्थुम्बाले सर्वोपरि मानिआएको थेवासाम्माङ् भएकोले थेवाधर्म, मादेनछङ् साम्बाथरका याक्थुम्बाले सर्वोपरि मानिआएको दुङ्दुङ्गे इष्टदेवताको नामबाट दुङ्दुङ्गेधर्म, कन्दङ्वाथरका याक्थुम्बाले आफनो इष्टदेवता मानिआएको काप्पोबा हिम्साम्माङको नामबाट हिम्साम्माङ्धर्म भनियो भने किरात याक्थुम्बाहरुबीचमै सहस्र धर्म कायमभई हामी आपुङ्गी चरित्र अंगाल्ने याक्थुम्बाहरु एकताबाट अनेकतामा धकेलिन्छौं कि धकेलिदैनौं ? भविष्यमा आइपर्ने खतरासमेतलाई सोचेर मात्र होसियारीका साथ कदम चाल्न सम्पूर्ण याक्थुङ्वन्धुहरुमा विनम्र अनुरोध गर्दछु । पूर्ववैदिककालदेखि हाम्रा पुर्खाहरुले मानिआएको मौलिक याक्थुङ् मुन्धुम्अन्रगतका धर्मसंस्कारहरुलाई नै किरातधर्म नभनी किरात धर्मअन्तरगत नै पूजिने सहस्र साम्माङ्हरुमध्ये एक युमासाम्माङ्को नामबाट युमाधर्म हो भन्नखोज्नुचाहीँ सत्यलाई लुकाएर असत्यकुराको प्रचार प्रसार गर्नखोजेकै हो ।

६— इमानसिंह चेम्जोङ्व्दारा लिखित किरात मुन्धुम्मा मुदेन्लाजे होरुदेशमा मुनाफेन्हाङ् (मुक्केगुबा) युद्धगर्न जाँदा तिम्रो सहायताको लागि युमासाम्माङ्लाई म पठाइदिन्छु भनी तागेरा निङ्वाफुमाङ्ले भन्नु भएकोले तागेरा निङ्वाफुमाङ् र युमासाम्माङ् एउटै होइन भन्ने कुरा प्रष्टै छ । यिनीहरु बेग्लाबेग्लै माङ् र साम्माङ्हरु हुन भन्ने प्रष्ट हुँदाहुँदै तागेरा निङ्वाफुमाङ् भनेकै युमासाम्माङ् हो र युमासाम्माङ् भनेकै तागेरा निङ्वाफुमाङ् हो भन्ने जसराज पन्धाकजीको कुरा कदापि सत्य होइन ।

७— किरात याक्थुङ्जातिको उत्पत्तिबारे मौलिक याक्थुङ् मुन्धुम् र एतिहासिक तथ्यको ख्यालैनगरी सिक्किम्का लिम्बूहरुले लिम्बूको धर्म युमाधर्म र लिपिचाहीँ लिम्बूलिपि लेखेभन्दैमा सार्वभौम सम्पन्न स्वतन्त्र नेपाल राष्ट्रका किरात याक्थुम्बाहरुले सोही कुरालाई मान्नुपर्छ भन्ने छैन । तर सरकारबाट समेत मान्यता प्राप्तगरी राष्ट्रको चौथो धर्ममा स्थापित भइसकेको चार किरातजाति किरातराई, किरातलिम्बू, किरात सुनुवार र किरातयाक्खाहरु र मौलिक याक्थुङ् मुन्धुम्अन्तर्गतका सत्यहाङ्मापन्थी किरात धर्मावलम्वीहरुले समेत पूर्ववैदिककालदेखि मानिआएको किरातधर्म तथा संस्कृतिमा आधारित किरात धर्ममा विखण्डन ल्याउने दूष्साहसचाहीँ नेपालका कुनैपनि किरातजातिले कदापि गर्नुहुँदैन । आपूलाई मनपरेको धर्म मान्ने जोसुकैलाई धार्मिकस्वतन्त्रता छ । विभिन्न बिचारधारा र बहकाउले मौलिक किरातधर्म अन्तरगत नै विभिन्न सम्प्रदायहरु जन्मिनु सुखद कुरोचाहीँ पक्कै होइन । तर मैले भनेकै कुरा ठीक हो र अरुको कुरा बेठीक भन्दै याक्थुङ्एकताबाट अनेकता ल्याउने कामचाहीँ गर्नुभएन ।

८— सिक्किमको मामिलामा हामी टाउको दुखाउँदैनौ । उसको समस्या उसैले समाधान गर्ने हो । सम्पूर्ण किरात समूहहरुले मानिआएको किरात सिरिजङ्गा लिपिलाई लिम्बुलिपि र किरातहरुले मानिआएको किरातधर्मलाई युमाधर्म किन भन्यो सिक्किमले ? उसैले जानोस । हामी विरोध पनि गर्दैनौं समर्थन पनि गर्दैर्नौं । किन कि उसको केन्द्रीयसरकारले उसलाई चाहेजति बजेट दिएर संरक्षण दिन्छ भने हाम्रोसरकारचाहीँ हामीलाई अस्तित्वहीन बनाउनमा सदैव तल्लीन छ । त्यसैले सिक्किम र हाम्रो परिवेश आकाश जमिनभैm फरक छ । तर सत्यकुरो भन्नचाहीँ छोडदैनौँ र छोडनु पनि हुदैन ।

९— यहाँ भन्नैपर्ने कुरा के छ भने माथि उल्लिखित पाँचै किरातजन्य संस्थाहरु किरातराई यायोक्खा, किरात याक्थुङ् चुम्लुङ्, किरातसुनुवार सेवासमाज, किरातयाक्खा छुम्मा र किरातधर्म तथा साहित्य उत्थान संघको अथक संयुक्त प्रयासव्दारा वि.स. २०५८ को राष्ट्रिय जनगणनामा १८,१८,१०६ जनसंख्या पुर्याएको राष्ट्रको चौथो धर्म किरातधर्म हो । सरकारी दस्तावेजमा दर्ताभएको यो अभिलेखलाई कसैले मिथ्याभन्न मिल्दैन र सक्दैन पनि ।

१०— मौलिक किरातधर्म : लिम्बुहरुबीचमा युमाधर्मबारे चर्चा चलेपछि किरातधर्मबारे पनि अतिसंक्षिप्तरुपमा उल्लेखगर्नु उपयुक्त नै होला भन्ने लाग्यो । योधर्मलाई मान्यता प्राप्त गराएपछि कुनकुन किरातसमूहहले मानिआएको कुरा पनि उल्लेख भइसकेकै छ । किरातहरुको आफनै विशिष्ट किरातधर्म थियो र अद्यापि छदैछ । किरात धर्मग्रन्थ मौलिक मुन्धुम् हो । मुन्धुम्मा किरात जीवन दर्शन तथा पृथ्वी, अन्तरिक्ष, हावा, पानी, बनजङ्गल, पहाडपर्वत, नदीनाला, जलचर, नभचर, स्थलचर, मानवसृष्टि आदि सृष्टिका तर्कसंगत अवधारणाहरु र हाम्रापुर्खाहरुले सृष्टिकालदेखि हालसम्म जीवनयापनको शिलशिलामा भोग्नु परेका तमाम कुराहरु विस्तृतरुपमा प्रस्तुत गरिएका छन । मुन्धुम्ले समस्तकिरातहरुलाई एकसूत्रमा बाँधी जातभातको वर्गविहीनसमाज, समानता, धर्मनिरपेक्षता, सहनशीलता,उदारता आदिको सिद्धान्तलाई अपनाइआएको छ । विभिन्न विघ्नबाधाका कारण मुन्धुम्को प्रचारप्रसार हुननसकेकोले विभिन्न स्थानहरुमा बसोबासगर्ने किरातहरुले विभिन्न बहकाउमा लागेर आफनो सनातन धर्मसस्ंस्कारलाई वास्ता नगरेर परधर्मतिर अन्धाधुन्ध लहसिदैगएको महसुस गरिदैछ । अन्तमा सुनसरीजिल्लाको धरानमा मिति २०७५बैशाख १६र १७ गतेको युमासाम्यो महासभाव्दारा पारित लिम्बुजातिको मौलिकधर्म, संस्कृतिको संरक्षण र संस्कार नै युमाधर्म हो भनिएको बैरागी काँइलासमेत पाँचजनाको हस्ताक्षर भएको घोषणापत्रले किरातधर्ममा खासै प्रभाव पार्छजस्तो मलाइ लाग्दैन । किन कि युमासाम्माङ्लाई नमान्ने त संसारमा लिम्बु नै हुदैनन । यसमा अन्यथा मान्नुपर्ने कुरै देख्दिन म त । खुबैभए मौलिक किरात याक्थुङ् मुन्धुम्मा आधारित किरातधर्म मान्ने याक्थुम्बाहरुमध्ये कुरै नबुझी लिम्बुको धर्म युमाधर्म हो भन्ने केहीव्यक्तिहरु बहकिएर जालान, त्यसले केही फरक पर्दैन । बाकीकुरा ऐतिहासिकतथ्य र प्रमाणले बताउँछ ।

सारांश :
१, किरातधर्म अन्तरगत नै युमाधर्म र सत्यहाङ्मा पन्थी पर्छ ।
२, नेपालमा याक्थुम्बाहरु (लिम्बुहरु) को राष्ट्रियधर्म किरातधर्म हो । ३,तागेरा निङ्वाफुमाङ् र युमासाम्माङ् फरकफरक माङ् र साम्माङ् हुन ।
४,सुयेन नोसुनुहाङ्मा युमासाम्माङ् होइनन । उनी चीनदेशका उपाङ्हाङ्का रानी हुन ।
५, नवौंशताव्दीमा मात्र उवाहाङ् राजाका साथ युमासाम्माङ्को याक्थुङ्लाजेमा प्रवेशभएको हो ।
६, येम्बिसो कुसङ्साम्माङ् युमासाम्माङ् भनेकै नयादेवता हो ।
७, युमासाम्माङ् नयादेवता भएपनि किरात याक्थुम्बाहरुका उनी सर्वमान्या एवम् सर्वपूज्या मातृशक्तिस्वरुपा संरक्षिकाको रुपमा अङ्गिकार गरिसकेको कुरामा विवादै छैन ।
८, इमानसिंह चेम्जोङ्व्दारा लिखित किरात मुन्धुम्मा सन्त येहाङ्, सोधुङ्गेन् लेप्मुहाङ् र सिन्युक्लाजेका कान्देन्हाङ् आदिले बोलेका कुराहरु अनि हाम्रा साम्बा, येबा र फेदाङ्माहरुले परम्परादेखि मौखिकरुपमा वाचनगरेर सम्पन्न गरिल्याएका जन्मदेखि मृत्युपर्यन्तका धार्मिक तथा सांस्कारिक कर्मकाण्डहरुलाई नै युमाधर्मदर्शन हो भन्ने सिक्किमका जसराज पन्धाकजीको रटान मेरो प्रस्तुत प्रमाणहरुको आधारमा किमार्थ सत्य सावितहुन सत्तैन ।

याक्थुङ् याक्सा, तीखेदेवल मञ्जुल याक्थुम्बा
मिति २०७५।०२।०५।०७

 

aama-book

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार