ईशक राई गायकदेखी नायक सम्म

६ माघ ललितपुर ।
गायक ईशक राई उदय सुब्बाको नेपालि चलचित्र ‘आरुसी’ मार्फत चलचित्र मा आउदैछन ।
झट्ट हेर्दा हेण्डसम कोरियन लुक्सका चकलेटी अनुहार चलचित्र क्षेत्रमा निकै आशालाग्दो नायक ईशक राई लुक्सकै कारणले गर्दा पनि सबैको नजरमा परेका छन ।

मोडल तथा नायक इशक राईलाई अब चलचित्रको पर्दामा देख्न पाइने भएकोले दर्शकहरू पनि प्रतिक्षामा छन् । नेपाली चलचित्रमा चक्लेटी हिरोको जगजगी भइरहेका बेला कोरियन चक्लेटी लुक्सका इशक फिल्म ‘आरुसी’ मार्फत नायकमा डेब्यु गर्दैछन् । जुन चलचित्र बैसाखमा रिलिज हुदैछ ।

निर्देशक उदय सुब्बाद्वारा निर्देशित फिल्म ‘आरुसी’ संगित प्रेमी ले संघर्षका साथ जिवन गुजारा गरेको पर्दामा देख्न पाइने छ । मुख्य नायकका रुपमा देखिन लागेका इशकले भन्छन ‘यो मेरो डेब्यु चलचित्र हो’ त्यसैले अझ धेरै मेहनत गरिरहेको छु ।

करिब १ करोडको लगानी रहने भनिएको चलचित्र ‘आरुसी’मा इशकसँगै रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, दमन रुपाखेतीलगायतका कलाकारको अभिनय रहेको छ ।ताराप्रकाश लिम्बु र बिकाश चौधरी को संगीत रहेको यस चलचित्रका लागि गित निर्देशक उदय सुब्बा कै रहेको छ ।

ईशक पहिला गायक र मोडलमात्र थिए, उदय सुब्बाले ‘आरुसी’ खेल्ने अवसर प्राप्त गरेकोमा खुसिछु बताउछन ।

त्रिकोणात्मक प्रेमकथामा आधारित यस फिल्ममा साहारा प्रधान, बिरु गुरुङ र केशवकुमार श्रेष्ठको संयुक्त लगानी रहेको छ भने नृत्य निर्देशक दिनेश पाख्रिन र कमल राई रहेको छ । यस फिल्मलाई झापा, इलाम, तिर्थुङ, ताप्लेजुङ र संखुवासभालगायत पुर्वको विभिन्न स्थानमा छायांकन गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार