हङकङमा मज्जाको राईले बनाए प्रमिला राईको स्वरको म्युजिक भिडियो

रियालिटो सो नेपाल आईडलको पहिलो सस्करणको शिर्ष सातमा मा पुगेकी प्रमिला राईको आवाजमा रेकर्डिङ गरिएको ‘प्रश्न  लुकेका कुरा’ गीतको म्यूजिक भिडियो हङकङमा निर्माण भएको छ। मज्जाको राईले छायांकन गरेको म्यूजिक भिडियोलाई युगल पोमो लिम्बुले निर्देशन गरेका छन भने निर्माण समेत मज्जाको राईकै रहेको छ।
हङकङमा बसोबास गर्दै आईरहेको राईले आफ्नै ब्यानर ” मज्जाको भिडियो च्यानल “मार्फत भ्यालेन्टाईन डे को छेक पारेर सार्बजनिक गरिएको हो। उक्त म्युजिक भिडियो राईको सातौ छायांकन हो।

उक्त गीतमा शब्द–संगीत रेज लिम्बुको रहेको छ भने मन्जिल बिक्रम केसिको एरेन्ज रहेको छ।भिडियो अनिल के महर्जनले सम्पादन हुन। भिडियोमा ओम गुरुङ, ट्रेसी राई, दिनेश खत्री, अनोज रोक्का लगायतको अभिनय रहेको छ।
भिडियोमा एक समलिङ्गि बिचको प्रेम, घृणा, बदला, आदिका साथै त्यसको मनोबैज्ञानिक असर, त्यसले सिर्जना अपराधीक मानसिकता आदिलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ।
धेरै म्युजिक भिडियोहरु नेपाल मै छायांकन हुने गरेको छ, तर स्वयं निर्माता र छायांकन समेत तपाईं आफैले हङकङ मै गर्नु भएको छ, लगानी उठाउन कतिको चुनौती छ? भनी बगैचाडटकमले सोधेको प्रश्नमा राईले भने ” मैले यो भिडियो बनाउदा नाफा नोक्सानको हिसाब किताब राखिन, तर पनि हङकङमा बस्ने नेपालीहरु समेत अभिनयका साथै प्रबिधीक रुपमा सक्षम छ भन्ने प्रस्तुत गर्नु तथा हङकङकै फ्लेबरमा दर्शकहरुलाई मनोरञ्जन गराउनको लागि पनि मैले उक्त कदम चालेको हु,”। राईले आफ्नो लगानी र काम प्रती सन्तुष्टि ब्यक्त गर्दै म्युजिक भिडियोका लागि हङकङमा प्रचुर सम्भावना भएको बताए।गीतको सम्पुर्ण भिडियोको छायाँकन हङकङमै गरिएको छ। भिडियो खिच्न एक साता लागेको  राईले बताए। हङकङ डलर २० हजार भन्दा बढी लगानी गरे हङकङ मै एक से एक म्युजिक भिडियो बनाउन सकिने समेत बताए। सिनेमा तथा म्युजिक भिडियो छायांकनका लागि हङकङ उत्कृष्ट गन्तव्य मानिन्छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार