प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको ११औं वार्षिकोत्सवको उद्घाटन भएको छ ।

  सुकमाया तुम्रुक

विराटनगरस्थीत नेपाल पत्रकार महासंघ, मोरङको सभाहलमा वार्षिकोत्सवमा उद्घाटन भएको हो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुखज्यूले समाचारमा सत्यतथ्यमा जोड दिनुपर्ने, गलत समाचारले ठूलो समस्या पैदा गर्ने तथा खण्डन हुँदा पनि अगाडि भइसकेको समस्याको हल नहुने कुरालाई औंल्याउनुभएको थियो ।

संस्थाका अध्यक्ष मोहन भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ, प्रदेश नं. १ का अध्यक्ष लिलावल्लभ अधिकारी, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजिव खनाल, सहकारी संस्थाका उपाध्यक्ष दिपकुमार दाहाल, जिल्ला सहकारी वचन संघ, मोरङका अध्यक्ष माधव अधिकारीले पनि मन्तव्य दिनुभएको थियो ।

कार्यक्रम उत्कृष्ट ऋणी भोजराज घिमिरे, धनकुमारी थापा, असल वचतकर्ता श्यामसुन्दर सुतिहार र केशव कार्कीलाई सम्मान गरिएको थियो ।

देबेन्द्र खापुङ

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार