नरजित राई, हङकङ
माइक्रोसकपिक कोभिड १९
र
अन्य जीवाणुहरु सङ्ग बच्न
सेन्टिलाइजरले सधै
हत्केलालाई मालिस गरिरहे
सबै जीवाणुहरु
सायद भुसुक्कै भए होलान।
जन्तर जस्तै बस्तु
भाइरस सट आउट रे
जीवाणुहरुसँग बेसमारि
प्रतिरोध गर्छ रे
मैले पनि काधमा झुन्डाइ दिए
सायद भाइरसहरु रूँदै भागे होलान।
बटम थिचे पिलपिल गर्छ
इलेक्ट्रिकल भाइरस सट आउट रे
जीवाणुहरुको दोहोलो काड्छ भन्छन
लकेट नै सम्झिएर
मैले पनि पो गलामा टागी दिए
सायद भाइरसहरु झिरिप्पै भए होलान ।
बतासिएर आएका जीवाणुहरुलाई
भाइजर क्याप लगाए
चिप्लिएर पर पर खस्छ रे
मैले पनि हेलमेट नै सम्झि
अनुहार पुरै छोपी हिडे
सायद भाइरसहरु थेचारिदै मरे होलान ।
जीवाणुहरुले तातो सह्दैन रे
तात-तातो पानी सधै पिएँ
तात-तातै पानीले खुबै नुहाए
उष्ण मौसमको समयमा
तातो घाममा डाडाहरु चाहारे
सायद भाइरसहरु डढेर मरे होलान
बगैंचा डटकम फेसबुक पेजबाट प्रत्यक्ष बाचनका गरिएको कविता, भाग २ ।
संयोजन: मगेन्द्र राई, सन्तोष तामाङ ‘विश्वाव’