हङकङमा टेनिसको उपाधि बिकाश लाई

  बगैचा सम्वाददाता

हङकङ नेप्लिज टेनिस सोसाईटी द्वारा आयोजित एघारौ बार्षिक च्याम्पियनको शिर्ष उपाधि बिकाश गुरुङले हात पारेका छन्।  गत आईतवार युनलोङ स्थित साई चिङ टेनिस कोर्ट मा सम्पन्न प्रतियोगिता को डिभिजन ए तर्फको फाईनल खेल मा बिकाश गुरुङ ले एकै नाम भएका थिए।अर्का बिकाश गुरुङ्लाई ६-१ को अन्तरमा पराजित गरि उपाधि हात पारेका हुन्।कुशल तथाअनुभवि खेलाडी बिकाश ले भारि अन्तरमा सहज जित निकालेका थिए।डिभिजन बि तर्फ भने ईन्द्र हाङ राई बिजयी बनेका थिए।

  प्रतियोगिता को पहिलो चरणमा दुई समुह मा बिभाजन गरि ६ खेलको १ प्रो सेट राउन्ड रोबिन को आधारमा खेलाईएको थियो भने सेमि फाईनल बाट नक आउट फर्म्याट मा खेलाईएको थियो।प्रतियोगितामा डिभिजन ए तर्फ ८ र डिभिजन बि तर्फ ५ खेलाडीहरु को सहभागिता रहेको थियो।बिजेता खेलाडीहरुलाई सोसाईटीका उपाध्यक्ष गुमन सिङ गुरुङ ले ट्रफि तथा पुरस्कार बितरण गरेका थिए।

प्रतियोगिता को प्रमुख प्रायोजक नेपाल फाईनान्स लिमिटेड रहेको थियो।

  ‘फिटनेस, फन र फ्रेन्डशिप’ को अवधारणा अनुरुप सोसाईटीले सन २०१० बाट हरेक बर्ष बार्षिक च्यामपियनशिप आयोजना गर्दै आईरहेको छ । सोसाईटीको योजना र परम्परा अनुसार कोरोना भाईरस को महामारी का बाबजुद पुर्ण सुरक्षा को ब्याबस्था सहित प्रतियोगिता सम्पन्न गरिएको सोसाईटीका प्रबक्ता तथा टुर्नामेन्ट डाईरेक्टर टेकेन्द्र सुब्बाले बगैचा डट कम लाई बताए।

   सोसाईटीले खेलका साथ साथै मानविय तथा परोपकारी कार्यमा समेत उल्लेखनीय सहभागिता जनाउदै आईरहेको छ्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार