स्थायी समिति बैठकमा तेस्रो धारको नेतृत्वका नेताहरु सहभागी…..

काठमाडौं, नेकपा एमालेको स्थायी समिति बैठकमा पार्टीभित्र तेस्रो धारको नेतृत्वका नेताहरु सहभागी भएका छन् । मंगलबार ११ बजेका लागि तय भएको बैठक चार घण्टा पछि सुरु भएको हो । तयारी पुरा नभएकाले बैठक केही घण्टा पछि सार्नुपरेको बताइएको छ । बैठक ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बसेको छ । नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने अन्तिम तयारी गरिरहेका बेला अध्यक्...

कुलमानविरुद्धको रिटमा इजलासबाट अन्तरिम आदेश दिन अस्वीकार…..

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेकोमा असन्तुष्ट पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शाक्यले आफूलाई कार्यकारी निर्देशकका रुपमा नै काम गर्न दिन माग गर्दै साउन ३२ गते सर्वोच्चमा रिट दायर गरेका थिए । प्रधान...

‘ब्याक’ भएमात्रै कारवाही फिर्ता, बालकोटको सहमतिको अर्थ छैन…..

काठमाडौं, एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेकै तेस्रो धारका नेताहरुबीच भएको छलफलले माधव नेपाल एमालेमा नफर्कने निष्कर्ष निकालेको छ । नेता नेपाल नयाँ पार्टी दर्ता प्रक्रियामा गइसकेकाले एमालेमा नफर्कने निष्कर्ष बालकोट बैठकले निकालेको हो । बालकोट बैठकमा अध्यक्ष केपी ओली र महासचिव ईश्वर पोखरेलसँग तेस्रो धारका नेताहरु भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट,...

सोमबार गाईजात्रा पर्वमा देखिएको भीड…..

काठमाडौँ — यो साताको सुरुमै आइतबार जनैपूर्णिमा परेको थियो भने सोमबार गाईजात्रा मनाइयो । यो दुवै पर्वको समयमा देशभरका विभिन्न स्थानमा मानिसहरुको भीड अत्यधिक देखिएको छ । विज्ञले कोरोना संक्रमणको अवस्था नेपालमा स्थिर नै रहेतापनि चाडपर्वको सिजन नजिकिएसँगै कोरोना संक्रमणको अवस्था ह्वात्तै बढ्न सक्ने आकलन गरेका छन् । उनीहरुका अनुसार १/२ हप्तामा संक्रमण बढ्न सक्छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल...

जनताको काम विनम्रतापूर्वक गर्नेछु…..

काठमाडौं, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कुनै प्रकारको दम्भ र अहङ्कार बिना नै आफ्नो नेतृत्वको सरकारले जनताको पक्षमा विनम्रतापूर्वक काम गर्ने बताएका छन् । उनले प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्दै प्रदेशको अनुहार पढ्ने र बदल्ने कुरालाई आफ्नो नेतृत्वको सरकारले कहीँ अवमूल्यन नगर्ने प्रस्ट पारे । उनले भने, ‘मेरो नेतृत्वको सरकारले जनताको जीवनमा सुधार, स्वास्थ्य ...

एमाले स्थायी कमिटी बैठक मङ्गलबार…..

काठमाडौँ, नेकपा (एमाले) को स्थायी कमिटी बैठक मङ्गलबार बस्ने भएको छ। सो बैठकमा मध्यमार्गी पक्षमा रहेका नेताहरु पनि उपस्थित हुने जनाइएको छ। विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि हाल एमालेमै रहेका उपाध्यक्ष डा भीम रावललगायतका नेता र अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा स्थायी कमिटी बैठक गरी पार्टीलाई गतिशील बनाउने सहमति भएको हो। उनीहरुबीच गत असार २७ मा भएको १० बुँदे सहमतिबमोजिम ...

१४ सांसदमाथिको कारबाही फिर्ता गर्नुपर्ने माग…..

काठमाडौँ — एमालेका मध्यमार्गी नेताहरूले पार्टी एकताका लागि भन्दै अघि सारेका सर्तसहितका मागप्रति अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) दर्ता अगाडि बढाएका माधवकुमार नेपालले बेवास्ता गरेका छन् । दुवैले उनीहरूका सर्त मान्न नसकिने प्रतिक्रिया दिएका छन् । भीम रावलसहित स्थायी कमिटीका ९ सदस्यले बिहीबार वक्तव्यमार्फत १० बुँदे कार्यान्वयन र नेपालसहित १४ सांसदमाथिको कारबाही फिर्ता लिन ओलीसँग माग र...

किन थुप्रियो सडकमा फोहोर,दुर्गन्धित बन्यो काठमाडौं…..

काठमाडौं, काठमाडौंको सडक अनि घरघरमा फोहोरको डंगुर बढ्न थालेपछि यसको रहस्य बुझ्न रातोपाटीको टिम आइतबार दिउँसो सिसडोलतिर जाँदा बाटोमा कन्तबिजोग देखियो । काठमाडौंमा फोहोर थुप्रिनुको कारण रहेछ, फोहोर व्यवस्थापन गर्ने स्थलको बाटो हिलाम्मे हुनु । नुवाकोटको सिसडोलमा काठमाडौंको फोहोर व्यवस्थापन हुँदै आएको छ । तर, गत असारदेखि नै त्यहाँ दुईवटा डोजरको काम फोहोर बोकेका ट्रकलाई धकेल्नु रहेको छ । कसैसँग एकछिन ब...

आज जनै पूर्णिमा पशुपतिमा भक्तजनको घुइँचो…..

काठमाडौं, हरेक वर्ष श्रावण महिनाको शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी आज यज्ञोपवीत धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ । काठमाडौँको पशुपतिनाथ सहित देशभरका मन्दिरहरूमा आज जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरूको भीड लागेको छ । आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ । आजक...

सत्तामा माधव नेपाललाई उच्च प्राथमिकता…..

काठमाडौँ — एमालेबाट अलग भएको माधवकुमार नेपाल समूहलाई सत्ता गठबन्धनले ‘उच्च प्राथमिकता’ मा राखेर अवसर दिएको छ । नयाँ पार्टीको मान्यता पाइनसके पनि नेपालले सिफारिस गरेका व्यक्तिले धमाधम नियुक्ति पाउन थालेका छन् । केपी शर्मा ओलीलाई प्रतिस्थापन गर्दै प्रतिनिधिसभाको पुनःस्थापना र शेरबहादुर देउवा नेतृत्वको सरकार निर्माणमा नेपालको जोखिमपूर्ण कदम निर्णायक रहेको भन्दै गठबन्धनले शक्ति बाँडफाँटमा महत्त्वका सा...

प्रतिवन्धित तिम्मक (बन्दुक) सार्वजनिक

५ भदौ २०७८ ललितपुर लिम्बू समुदायमा हर्ष बधाई र कसैकाे मृत्यू हुँदा प्रयाेग गरिने तिम्मक (बन्दुक) चलचित्रकाे आज काठमाडाैमा पाेष्टर सार्वजनिक भएकाे छ । राेमियाे फिल्म्स प्रा.लि. काे व्यानरमा निर्मित चलचित्र तिम्मककाे चलचित्र जगतका सिद्दहस्त महानुभावहरु, पत्रकार र कलाकारहरुकाे माझ सार्वजनिक भएकाे हाे । याक्थुङ गाउँ वस्तिहरुमा  प्रचलित सांस्कृतिक सामाग्री तिम्मकमाथि माओवादी जनयुद्दमा युद्दरत पक्...

भूतपूर्व गोर्खालाई समान पेन्सनको माग गर्दै लाख बढी हस्ताक्षर संकलन……

भूतपूर्व गोर्खा सैनिकलाई समान पेन्सन दिइनुपर्ने मागसहित सुरु गरिएको अनलाइन पिटिसन (हस्ताक्षर) एक लाख नाघेको छ । उक्त अभियानमा एकलाख तीन हजार ८ सय बढीले हस्ताक्षर गरेका छन् । एक लाख नाघेपछि बेलायत सरकारले संसद्‌मा यस विषयमा बहस गर्नुपर्ने प्रावधान छ । अब सरकारले गोर्खा विषयमाथि छिट्टै बहस गर्ने अपेक्षा छ । सन् १९९७ अघि अवकाशप्राप्त गोर्खालाई भेदभावरहित व्यवहार गर्न र ब्रिटिस भेट्रान्स सरह पेन्सन दि...