काठमाडौं - महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनका कारण रोकिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । २३ साउन देखि जारी बैठक महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति नजुट्दा ७ भदौदेखि स्थगित भएको थियो ।बैठक दुई महामन्त्रीको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै आजै सकिने नेताहरूले जनाएका छन् । थापाले प्रस्ताव गरेको चुनावी गठबन्धन नगर्ने प्रस्ताव उनको भाव कायम रहने गरी पा...
समाचार
गर्मी छल्न जाने होइन त मैलुङ्ग झरना…..
काठमाडौँ - रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा पर्ने मैलुङ्ग झरना यति बेला गर्मी छल्नका लागि आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ । चलनचल्तीको रूपमा भाङ्गे झरनाको नामले समेत चिनिने सो झरना अहिले भने मैनुङ्ग झरना नामले विभिन्न सामाजिक सञ्जालमा समेत चर्चित भएको छ । सोही कारण अहिले झरना हेर्न आउने, टिकटक बनाउने र रमाउन आउने आन्तरिक पर्यटकको रोजाइमा परेको छ सो झरना । राजधानी काठमाडौँदेखि ...
साढे २ महिनापछि हेटौंडा सिमेन्ट उद्योगले सुरु गर्यो क्लिङ्कर उत्पादन…..
हेटौंडा - सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले साढे दुई महिनापछि क्लिङ्कर (सिमेन्ट उत्पादनमा प्रयोग हुने प्रमुख कच्चा पदार्थ ) उत्पादन सुरु गरेको छ । उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ कोइला अभाव, उत्पादित सिमेन्ट बिक्री नहुने, बिग्रेका मेशिन मर्मत गर्ने रकम अभाव जस्ता कारणले उद्योगको उत्पादन बन्द थियो । उद्योगले उत्पादन गरेको सिमेन्ट बिक्री हुन नसकेका कारण केही महिना अघिसम्म समस्या थिय...
प्रस्तावित राजदूतमाथि प्रश्नैप्रश्न, उजुरीकर्तासँग छलफल गर्दै समिति…..
काठमाडौँ- राजदूत नियुक्त हुने व्यक्ति अत्यन्तै योग्य, अनुभवी र राजनीतिक तथा कूटनीतिक क्षमता भएको हुनुपर्ने मान्यता राखिएको हुन्छ। हरेक देशका सरकारले राजदूतको रूपमा नियुक्त गर्दा आफ्नो देशको अन्तर्राष्ट्रिय छवि र सम्बन्धलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सक्ने व्यक्तिलाई सिफारिस गर्दछ। जसमा कूटनीतिक क्षमता, अन्तर्राष्ट्रिय सम्बन्धमा ज्ञान, सांस्कृतिक ज्ञान, राजनीतिक तटस्थता, नेतृत्व र व्यव...
संसदीय समितिमा रविको बयान…..
काठमाडौं - सहकारी बचत अपचलन सम्बन्धी संंसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री रवि लामिछाने र ग्यालेक्सी टीभीका संस्थापक पूर्वडीआईजी छविलाल जोशीसँग सोधपुछ गरेको छ । समितिमा करिब ७ घण्टा सोधपुछ भएको बयानमा ग्यालेक्सीका तत्कालीन प्रबन्ध निर्देशक रहेका रविले हस्ताक्षर गर्नु अगाडि दुई घण्टा लगाएर पढेका थिए । संसदीय विशेष छानबिन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सदस्य रहेका शिशिर ख...
पूर्वी नाकाबाट ३२ करोडको सिमेन्ट निर्यात…..
झापा- पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु ३२ करोडभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आर्थिक वर्ष २०८०-८१ मा पूर्वी नाका हुँदै रु ३२ करोड ६६ लाख पाँच हजार मूल्य बराबरको ४९ हजार नौ सय ५९ मेट्रिकटन सिमेन्ट निर्यात भएको हो । देशका विभिन्न नाकाबाट विगत तीन वर्षअघिदेखि सिमेन्ट र क्लिङ्कर निर्यात हुँदै आए पनि यस नाकाब...
एकीकृत समाजवादीले चुनावबाट छान्यो १७ पदाधिकारी…..
काठमाडौँ - नेकपा एकीकृत समाजवादीले चुनावमार्फत १७ जना पदाधिकारी छानेको छ । उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले मंगलबार निर्वाचन गरेकोमा बुधबार बिहान अन्तिम नतिजा आएको हो । जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भएकी छन् । उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् । यस्तै उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह निर्वाचित हुँदा खुला उपाध्यक्ष पदमा ...
निजी ट्रायल सेन्टरका दबाबका कारण,लठिबज्र सवारी चालक अनुमतिपत्र…..
काठमाडौँ – सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ४९ मा भएको व्यवस्था अनुसार सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लागि लिइने परीक्षालाई वस्तुपरक, पूर्वानुमानयोग्य र व्यवस्थित बनाउन भनी ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ जारी गरियो। निकै कठिन प्रक्रियापछि जन्मिएको यो निर्देशिकालाई सुरुमा त बेवारिसे बनाउने षड्यन्त्र पनि गरियो। २०७७ चैतमा जारी भइसकेपछि पनि कार्य...
सडक दुर्घटना किन बढ्यो ?…..
काठमाडौँ - चितवनको सिमलताल र तनहुँको मर्स्याङ्दीमा भएका दुई वटा दुर्घटना पछिल्लो समय भएका सबैभन्दा ठुला सडक दुर्घटना हुन् । असार २८ मा सिमलतालबाट त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स बस अहिलेसम्म भेटिएको छैन । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्समा सवार २५ जनाको शव फेला परेको छ । बस र त्यसमा सवार अन्य ४० जना अझै बेपत्ता छन् । भदौ ७ मा तनहुँक...
मुग्लिन–आबुखैरेनी सडकखण्ड बिहानैदेखि बन्द…..
तनहुँ- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी–मुग्लिन सडकखण्ड बिहानैदेखि बन्द भएको छ। आबुखैरेनी–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रवार भारतीय बस दुर्घटना भएकामा उक्त बस निकाल्नका लागि आज बिहान ६ः३० देखि नैउक्त सडकखण्ड बन्द गरिएको हो। करिब चार घण्टा उक्त सडक अवरुद्ध हुने बताइएको छ। राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी उक्त बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहर...
देउवाको प्रधानमन्त्री पदमा अड्किएको कांग्रेस महाधिवेशन…..
काठमाडौं - महामन्त्री गगनकुमार थापाले अघि सारेको कार्यतालिका लागू गर्ने हो भने नेपाली कांग्रेसलाई अब अधिवेशन लाग्नुपर्ने हो । महामन्त्री थापाले गत फागुनमा भएको महासमिति बैठकमा २०८२ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका पेश गरेका थिए । २०७८ को मंसिर अन्तिम साता भएको १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति ४ वर्षे कार्यकाल २०८२ को पुसको पहिलो साता पुग्छ । त्यसअघि नयाँ कार्यसमिति चुन्न...
प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारत कि अमेरिका ?…..
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा अोलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने भएको छ । अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री ओली जाने निश्चित भएको हो । त्यसको तयारी परराष्ट्र मन्त्रालय जुटिसकेको छ । सेप्टेम्बर २३ देखि सुरु हुने महासभाका लागि प्रधानमन्त्री ओली सेप्टेम्बर २१ वा २२ मा अमेरिका जाने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र मन...
















