कर्मचारीको तलब वृद्धि गर्न सक्ने अवस्था छैन…..

काठमाडौँ -    प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्न सक्ने अवस्था नरहेको बताएका छन् । शनिवार काठमाडौंमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । उनले कर्मचारीहरूका समस्याका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तनखा वृद्धि गर्न नसकिने बताए । उनले अर्थतन्त्र बलियो हुँदा एकै पटक २५ प्रतिशत तनखा व...

आज धुमधामका साथ थारु समुदायले अट्वारी पर्व मनाउँदै, ६ जिल्लामा बिदा…..

दाङ-     पश्चिम नेपालका थारु बाहुल्य जिल्लामा अट्वारी पर्व धुपधामका साथ मनाइँदैछ। यो पर्वमा थारु समुदायका पुरुषहरु ब्रत बस्ने चलन छ। अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बसोवास रहेका ६ जिल्लामा सार्वजनिक विदा समेत दिएको छ। हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी ब्रतको तयारी सुरु हुन्छ। दुई दिन सम्म मनाईने अट्वारी पर्व बारे थारू समाजमा विभिन्न मत एवं ...

विष्णु माझी एउटी गायिकाको रहस्यमयी गुपचुप जीवन…..

काठमाडौं -     बल्ल तीज लागे जस्तो भो’ विष्णु माझीको गीत सार्वजनिक भएलगत्तै ओइरिएको प्रतिक्रिया हो यो । तीजको सन्दर्भमा उटपट्याङ गीतहरुले होहल्ला मच्चाइरहँदा अनायास विष्णु माझीको सुरिलो भाका गुञ्जिएको थियो । जसै उनको आवाज गुन्जियो, अरु तीज गीत लाखापाखा लागे । तब पारखीहरु भन्न लागे, ‘अब पो तीज सुरु भयो । तीज र विष्णु माझी एकापसमा पर्याय जस्तै छन् । जब जब गाउँशहरलाई तीजले छोप्न थाल्छ, विष्णु माझीको ...

आफ्नो मिर्गौला ७० हजारमा बेचेका युवा नै मिर्गौला तस्करीका नाइके…..

काठमाडौं-    मेरो मिर्गौला पनि छैन । अहिले हातमा पैसा पनि छैन’ आफ्नो अंग बेचेको पैसा नै नपाएको भन्दै एक युवक बालाजु क्षेत्रमा मदिराको नसामा भौतारिँदै बरबराउँथे । न मिर्गौला छ न पाइयो पैसा’ नसामा भएको रुँदै चिच्याउने गरेका ती युवकबारे मानव बेचबिखन अनुसन्धान ब्यूरोमा आइपुग्यो । ती युवक मनिष (नाम परिवर्तन)लाई ब्यूरोले नियन्त्रणमा लिएर केरकार गर्‍यो । बाँयातर्फको पेटको भाग चिरिएको थियो । अस्पता...

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत…..

काठमाडौं -     मन्त्रिपरिषदले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण स्वीकृत गरेको हो । एक मन्त्रीका अनुसार भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सक लगायत...

बञ्चरेडाँडा ल्यान्डफिल साइट काठमाडौं महानगरले सीसीटीभीबाट निगरानी गर्ने…..

काठमाडौं -      काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै सेनेटरी ल्यान्डफिल साइटको निगरानी काठमाडौं प्लाजाबाट सुरु भएको छ । फोहोर व्यवस्थापन हुने गरेको ल्यान्डफिल साइट नुवाकोट र धादिङ जिल्लाको सीमाना बञ्चरेडाँडामा छ । संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सीसीटीभी क्यामरा जडान गरिएको हो । साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क...

पाँचथर बम विष्फोट, घाइतेको उपचारमा प्रदेश र संघ सरकारको बेवास्ता…..

विराटनगर-    पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा बम विस्फोटमा परी घाइते भएका बालकहरुलाई अधिकारकर्मीको पहलमा उपचारका लागि काठमाडौं पठाइएको छ । बम विष्फोटमा घाइते भएका पवन राई र दिप्सन राईलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको हो । यसअघि बम विष्फोटमा घाइते भएका पवन राई र दिप्सन राईलाई उपचार गर्न कोशी अस्पताल र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । ती अस्पतालल...

एकदिने रमझममा सीमित नहोस् पलेशा पदक सेलिब्रेसन…..

काठमाडौं -     देशका लागि खेल्ने र जित्ने खेलाडी धेरै हुन्छन् । तर नगर वा शहर परिक्रमाको सम्मान निकै कम खेलाडीले पाउँछन् । असम्भव जस्तै मानिएको उपलब्धि हात पार्न सक्नुपर्छ । बुधबार ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेसा गोवर्द्धनलाई नगर परिक्रमा गरेर सम्मान गरिएको छ । फ्रान्सको पेरिसमा सन् २०२४ पारालिम्पिक्सको के ४४ क्याटेगोरी ५७ केजीमा कांस्य जितेपछि पलेशाले इतिहास रचिन् । ६ दशक लामो ओलम्प...

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै…..

काठमाडौँ-     सङ्घीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ। संसद् सचिवालयका अनुसार आज बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक बस्न लागेको छ। आजको बैठकमा बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ। त्यस्तै, बिहान ११ बजे नै संसदीय सुनुवाइ समितिको बैठक बस्ने छ। बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुनेछ। यस्तै, कानुन, न्य...

रवि जोडिएको सहकारी ठगी मुद्दामा प्रहरी अनुसन्धान तीव्र…..

काठमाडौं-     पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धानलाई तीव्रता दिएको छ । यसअघि रास्वपा सभापति रवि लामिछानेसहितका आरोपितसँग बयान लिएको प्रहरीले तुरुन्तै थप छानबिन अघि बढाएको हो । लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक थिए, जसले सहकारीमा खाता नै नखोली अवैधानिक रुपमा मिडिया हाउसमा पैसा लगेको पीडितहरुको उजुरी छ । पहिलो चरणमा अनुसन्धान सक...

प्रहरीमा डीआईजी प्रमुख हुने कार्यालयको कमाण्ड एसपीलाई…..

काठमाडौं-     प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रमुख रहने प्रहरी कार्यालयहरु अहिले प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा छन् । ३० वर्षे सेवा अवधिका कारण १६ भदौमा नेपाल प्रहरीका ९० अधिकृत एकसाथ अवकाश भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसी र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविकुमार पौडेल एकसाथ अवकाशमा गए । उनीहरु बिदा भएपछि अहिले बागमती प्रदेश प्रहरी कार्यालयको कमाण्ड...

जे चाहिए पनि भारतसँग माग्न छोडौं…..

काठमाडौं -    ‘चामल चाहिए लेखिहाल्नुहुन्छ, चिनी चाहिए लेखिहाल्नुुहुन्छ । हामीलाई बीउका लागि धान चाहिएको थियो, त्यसको पनि चिठी आइहाल्यो । प्याज चाहियो भने चिठी आउँछ । संसदीय सुनुवाइ समितिले आइतबार भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मालाई सुनुवाइका लागि बोलाएको थियो । भारतका लागि राजदूत भएर काम गरिसकेका शर्माले आफ्नो योजना मात्र सुनाएनन्, नेपालको कमजोर कूटनीतिक अवस्था पनि देखाइदिए । शर्माको छ...