काठमाडौँ - काठमाडौँ महानगरले पछिल्लो ५ महिनामा विभिन्न क्षेत्रमा बाल श्रमिकको रूपमा कार्यरत ५१ जना बालबालिकाको उद्धार गरेको छ । काठमाडौँ महानगरले थालेको ‘बालबालिकाको रक्षा, भविष्यको सुरक्षा’ अभियान अन्तर्गत वैशाखदेखि हालसम्म ५१ जना बालबालिकाको उद्धार गरेको हो । काठमाडौँ महानगरको प्रमुखको सचिवालय सदस्य धिरज जोशीले अहिलेसम्म जोखिममा रहेका २७ जना बालिका र २४ जना बालकको उद्धार गरिएको बताए । तीमध्य...
समाचार
सुशासनको सुई बालकाेट र बूढानीलकण्ठतिर सोझिएपछि सरकार ढालियो…..
विराटनगर- पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारमा रहँदा राज्यको नेतृत्वमा बस्नेहरूले गरेको भ्रष्टाचारविरूद्ध कदम चालेको दाबी गरेका छन् । मोरङको ग्रामथानस्थित नेताचाेकमा आयोजित पार्टी प्रवेश तथा बृहत् जनसभामा बोल्दै उनले आफ्नो नेतृत्वमा भएको सरकारले सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्ध, सामाजिक न्यायको क्षेत्रमा र आर्थिक समस्या समाधान गर्न...
राजनीतिले गाँज्दैछ १०औं राष्ट्रिय खेलकुदलाई…..
काठमाडौं- नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता आउन ६२ दिनजति मात्रै बाँकी छ, तर एकातिर कांग्रेस-एमाले, अर्कातिर माओवादी केन्द्रबीचको राजनीतिक तालमेल नमिल्दा खेलकुद क्षेत्रले त्यसको मूल्य चुकाउने प्रष्टै संकेत देखिएको छ । नेपालका लागि यो दुर्भाग्य पहिलो त हुँदै होइन, तर अरु बेला खेलाडीलाई पुरस्कार र सम्मान बाँड्न आतुर हुने राजनीतिक पार्टी र सरकारहरु नयाँ खेलाडीलाई प्रभावकारी खेलकुद मन्च दिन ...
जाउलाखेलमा चिनियाको योजनामा कल सेन्टर…..
काठमाडौं- ललितपुरको जावलाखेलस्थित खरीबोट नजिक एउटा घर भाडामा लिएर अवैध कल सेन्टर चलाउने गिरोहका ५० जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको छ । सीआईबीका प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाही कमाण्डमा गएको प्रहरीले मंगलबार राति कल सेन्टरमा छापा मारेको थियो । करिब डेढ रोपनी क्षेत्रफलमा रहेको घर भाडामा लिएर अवैध कल सेन्टर चलाएको आरोपमा सीआईबीले दुई चिनियाँ नागरिक, एक...
धरहरा ३ असोजदेखि सञ्चालनमा ल्याउने सरकारको निर्णय…..
काठमाडौं - काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रुपमा सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवशको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । २०७२ को भूकम्पले भत्किनुअघि संघीय सरकारले काठमाडौं महानगरपाल...
बहाना उपसभामुख, निसाना संवैधानिक नियुक्ति…..
काठमाडौँ - उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र ‘पदीय आचरण विपरीत’ भएको आरोप लगाउँदै सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले उनको राजीनामा मागिरहेका छन् । उनीहरूले उपसभामुख रानालाई ‘मार्ग प्रशस्त’ गर्न भनेका छन् । मार्ग प्रशस्त भन्नुको अर्थ राजीनामा नै हो । तर, उनले राजीनामा नदिए संसदीय प्रक्रिया पूरा गरेर अर्थात् प्रतिनिधि सभाको दुई तिहाइ बहुमतमार्फत उपसभामुख रानालाई...
धनराज गुरुङ र उपसभामुखको विषयमा छलफल हुने…..
काठमाडौँ- कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्व पदाधिकारी र पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन् । देउवाले बुधबार बिहान साढे ८ बजेका लागि आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल सभापतिले पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीका शीर्ष नेतालाई छलफलमा बोलाएको जानकारी दिए । उक्त बैठकमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल र आवश्यक निर्णय हु...
दुई पटक ताकेता गर्दा पनि बयानमा गएनन् एआईजी ज्ञवाली…..
काठमाडौं- विभागीय आचरण विपरीतका गतिविधिमा संलग्न भएको आरोपमा छानबिनमा परेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले सेवाबाट अवकाश पाउँदै छन् । प्रहरी प्रधान कार्यालय, नक्सालको उजुरी छानबिन शाखामा परेको निवेदनबारे जाँच गर्न प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले २३ असारमा एआईजी टेकप्रसाद राई नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए । समितिमा प्रहरी प्रधान कार्या...
सरकारको पक्षमा एकढिक्का हुने सत्तारुढ दलहरुको निष्कर्ष…..
काठमाडौं- सत्ता साझेदार दलहरुले सरकार र संसदलाई प्रभावकारी बनाउन एकढिक्का भएर उभिने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ दलहरुको बैठकले सत्ताको पक्षमा एकढिक्का भएर उभिने निष्कर्ष निकालेका हुन् । सरकारको पक्षमा दलहरु एकढिक्का भएर उभिने निष्कर्षमा पुगेका छौ’, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने । उनका अनुसार सत्ता साझेद...
मेलम्ची भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुरसहित ४ जना दोषी ठहर…..
काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा ४ जना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप लागेकामध्ये १० जनालाई सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ फागुन, २०८० मा मेलम्चीमा भ्रष्टाचार भएको आरोप लगाउँदै तीन पूर्वसचिव सहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियार...
कर्मचारीलाई कार्यालयमा सेयर कारोबार निषेध गर्न अख्तियारको पत्र…..
काठमाडौँ- सरकारले सरकारी कर्मचारीलाई कार्यालय समयमा कार्यालयभित्रबाट सेयर कारोबार गर्न रोक लगाउने तयारी गरेको छ। राष्ट्रसेवक कर्मचारीहरू कार्यालयभित्रै बसेर सेयर कारोबारमा सक्रिय हुँदा दैनिक कार्यसम्पादन नै प्रभावित भएको निष्कर्ष निकाल्दै सरकारले यस्तो तयारी गरेको हो। कर्मचारीलाई कार्यालय समयमा कार्यालयभित्रैबाट सेयर कारोबार गर्न रोक लगाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद् तथा प्...
विद्यार्थीको झगडामा राजनीति घुस्यो, कृषि विश्वविद्यालय ठप्प…..
काठमाडौं - विद्यार्थी संगठनबीचको विवादले चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय एक सातादेखि ठप्प छ । छात्राबासमा बस्ने विद्यार्थीहरुको व्यक्तिगत झगडामा विद्यार्थी संगठनहरु नै संलग्न भएपछि परीक्षा स्थगित भएको छ भने छात्रबास नै खाली गराइएको छ । सामाजिक सञ्जालबाट सुरु भएको विवादलाई लिएर छात्राबासका विद्यार्थीहरुबीच १३ भदौमा कुटाकुट भएको थियो । त्यसमा सत्तारुढ कांग्रेससंवद्ध नेपाल व...
















