काठमाडौँ- सहरी विकास मन्त्रालयमातहतको अधिकार सम्पन्न एकीकृत बागमती विकास समितिले केही समयअघि बागमतीलगायत उपत्यकाका १९ वटा नदीका किनारामा रहेका सडक (करिडोर) हरूले सम्भावित बाढीको सामना गर्न सक्ने क्षमताको विषयमा अध्ययन गर्न विज्ञहरू सम्मिलित एउटा प्राविधिक टोली खटाएको थियो। उक्त टोलीले बागमती कार्ययोजना २०८० को मस्यौदा तयार गरेको थियो। त्यसले करिडोरहरू उच्च जोखिममा रहेको उल्लेख गरेको थियो। अध्य...
समाचार
अलपत्र यात्रुहरुको २० घण्टा लामो संकट मार्च…..
काभ्रे - वीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको मंगलटारदेखि ७० किलोमिटरमा रहेको काठमाडौं आइपुग्न गाडीमार्फत् सामान्यतः साढे दुई घण्टा लाग्छ । शुक्रबार बिहान इटहरीबाट काठमाडौं जाने बस चढ्दा शर्मिला श्रेष्ठको अनुमान पनि यस्तै थियो । यदि अनुमान अनुसार गाडी चलेको भए गत शनिबार एउटा बैंकमा जागिरका निम्ति उनले परीक्षा दिइसकेकी हुन्थिन् । त्यही परीक्षाका लागि भनेर उनी काठमाडौं आउँदै थिइन् । तर शुक्रब...
सेवारो कलाकार संघ युकेको सांस्कृतिक कार्याक्रम सम्पन्न
आसफोर्ड, केन्ट साईमन चर्च हलको प्रांगणमा सेवारो कलाकार संघ युकेले पालाम, हाक्पारे गायक जीवन केदेमको साथमा के लाङ, या?लाङ र हाक्पारे सहित विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । सांस्कृतिक कार्यक्रममा कलाकार भक्ति आङदेम्वे, दिलु मादेन, माक्सोती ओख्रावो, राजेन नेम्वाङ, भगवति थलङ, गङगा लिम्बु, हेम लिम्वु लगायतले के (च्याब्रुङ), हाक्पारे, थक थाम्मा केलाङ, ताम्के साम्लो, याक्थुङ सम...
मनसुनजन्य विपद्मा परी मृत्यु हुनेको संख्या १७० पुग्यो…..
काठमाडौँ- असोज १० गतेदेखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १७० जनाको ज्यान गएको छ। गृह मन्त्रालयले आइतबार साँझ पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले असोज १० गतेदेखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाहरबाट हालसम्म प्राप्त विवरणअनुसार १७० जनाको मृत्यु, ...
लगातार दोस्रो वर्ष विद्युतमा बाढी-पहिरो वितण्डा, ५ अर्बको क्षति…..
काठमाडौं - नेपालको विद्युत् क्षेत्रले बाढी-पहिरोका कारण लगातार दोस्रो वर्ष अर्बौं रुपैयाँको क्षति बेहोरेको छ । यसपटक १० असोजदेखि परेको पानीले ऊर्जा सिँचाइ क्षेत्रमा करिब ५ अर्बको क्षति भएको र यो अझै बढ्न सक्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । त्यस्तै माथिल्लो तामाकोशी कार्यरत ४ जना कर्मचारी तथा सुरक्षाकर्मी हराइरहेका छन् । गत वर्ष नेपालको पूर्वी क्षेत्रमा परेको पानीका कारण बाढ...
वर्षाले जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट भारतबाट आयात गरिँदै…..
काठमाडौँ- अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको छ। विगत दुई दिनदेखि देशभर परेको वर्षाले चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, २२ मेगावाटको माण्डु जलविद्युत् आयोजना, २२ दशमलव एक मेगावाटको हेवाखोला जलविद्युत् आयोजनामा हेडबक्स र पावरहाउसमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए। यस्तै, रसुवामा न...
रेकर्ड ब्रेक वर्षाले काठमाडौं उपत्यकामा ठूलो क्षति…..
काठमाडौं - काठमाडौं उपत्यकामा रेकर्डब्रेक वर्षाले धनजनको ठूलो क्षति भएको छ । तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ४८१ जनाको उद्धार गरिएको छ भने २१ जना हराइरहेका प्रहरीले जनाएको छ । बागमती, नख्खु लगायतका सबै नदीमा आएको बाढीले करिडोर सडक मात्र होइन, आसपासमा भएका संरचनामा समेत क्षति पुर्याएको छ । शुक्रबार र शनिबार काठमाडौं उपत्य...
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, ७२ जना बेपत्ता…..
काठमाडौं- अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ । यो विपदमा समाचार तयार पार्दासम्म ७२ जना बेपत्ता भएका छन् भने १०० जना घाइते भएका छन् । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको प्रवक्ता तिवारीले जानकारी दिए । शनिबार रातिसम्म...
कार्बन उत्सर्जनबाट नेपाल प्रभावित हुनु परेकोले जलवायु न्यायको लाभ पाउनुपर्छ…..
अमेरिका - प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन्। महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५ः३० ...
कोरोना बिमाको ११ अर्ब भुक्तानीमा अझै आलटाल…..
काठमाडौँ- सरकारले भुक्तानी दिन चार वर्षदेखि आलटाल गर्दा बिमितले कोराना बिमाको करिब ११ अर्ब रूपैयाँ पाएका छैनन्। जोखिम न्यूनीकरण गर्न बिमा गरेका बिमित चार वर्षदेखि बिमाको रकम आउने आशमा बसिरहेका छन्। कोभिड–१९ का बेला बिमा गरेका करिब एक लाख ८२ हजार बिमितले रकम नपाएका हुन्। बिमा कम्पनीको दायित्वबापत कोरोना बिमाको रकम तिरे पनि सरकारले दिनुपर्ने रकम नदिँदा भुक्तानी नपाएको नेपाल बिमक संघका अध्यक्ष चं...
पानीमा सेवा शुल्क जोड्न पाइन्छ ?…..
काठमाडौँ - उपभोक्ता संरक्षण ऐन, २०७५ मा कुनै पनि उपभोग्य वस्तु एमआरपी (अधिकतम खुद्रा मूल्य) भन्दा बढीमा बिक्री गर्न नपाइने व्यवस्था छ । एमआरपी भन्दा बढीमा बिक्री गरेको पाए सोही ऐनका आधारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्दै आएको छ । विभागले दुई दिन अघिमात्रै मिनरल वाटरको बोटल एमआरपीभन्दा बढीमा बिक्री गर्ने नयाँ बानेश्वरस्थित जिम्बु थकाली रेस्टुरेन्टलाई ३ लाख रुपैयाँ जर...
क्यानडाले सन् २०२५ मा थप १० प्रतिशत विद्यार्थी भिसा कटौती गर्ने…..
काठमाडौं- अध्ययनका लागि क्यानडा जान खोज्ने नेपाली विद्यार्थीहरुका लागि बेखुसीको खबर छ । किनकि क्यानडा सरकारले सन् २०२५ मा स्टुडेन्ट भिसा थप १० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । क्यानडा सरकारले यसअघि नै आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको थियो । त्यसअनुसार यस वर्ष क्यानडा सरकारले ३५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गरेको थियो । मंगलबा...
















