काभ्रे - केन्द्रीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो बीपी राजमार्ग १४ दिनपछि एकतर्फी खुलेको छ । यही असोज ११ र १२ गतेको बाढी पहिरोले पूर्णरुपमा अवरुद्ध भएको बीपी राजमार्ग नेपाली सेनासहितका सुरक्षाकर्मी, सडक विभाग र स्थानीय पालिकाले अहोरात्र खटिएर आजबाट एकतर्फी खुलाउन सफल भएका हुन् । बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी- ९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बनाएसँगै बीपी राजमार्ग एकतर...
समाचार
कुलमान घिसिङलाई ऊर्जामन्त्री खड्काले सोधे स्पष्टीकरण…..
काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले घिसिङसँग विगत चार वर्षमा प्राधिकरणबाट भए गरेका सबै काम, सहमति सम्झौता, कर्मचारी र वित्तीय विवरण मागेको छ । उर्जामन्त्री मन्त्री दीपक खड्काले कार्यकारी निर्देशक घिसिङलाई पत्र काट्दै १५ दिनभित्र सोधिएका प्रश्नको जवाफ माग गरेका हुन् । मंगलबार कार्यकारी नि...
काठमाडौं महानगरले गौशाला धर्मशालामा राख्यो बोर्ड…..
काठमाडौं- काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ। बुधबार महानगरपालिकाका नगरप्रहरीले मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको हो। मारवाडी सेवा समितिले गरेको विरोधको बाबजुद महानगरको टोलीले बल प्रयोग गरेर काठमाडौं महानगरको बोर्ड राखेको छ। धर्मशाला बाहिर भने मारवाडीहरुले नाराजुलुस लगाएका थिए। महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली ...
धवलागिरिमा ५ जना रसियन आरोहीको मृत्यु…..
काठमाडौं - धवलागिरी आरोहणमा गएका पाँचजना हिमाल आरोहीको मृत्यु भएको छ । आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन आरोहीहरुलाई मृत फेला पारिएको खबर आएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । आरोहणका क्रममा ८ हजार मिटर हाराहारीमा पुगेपछि थप अगाडि बढ्न नसक्ने निष्कर्षसहित आइतबार तल्लो शिविरमा फर्कने निर्णय लिएका आरोहीहरुको मृत्यु भएको निर्देशक गुरुङले बताए । ‘आफूहर...
आस्फोर्ड केन्ट बेलायतमा दसैँ तिहार महोत्सव २०२४, सम्पन्न
आस्फोर्ड, नेपालीको ठूलो चाड दसैँ र तिहार घर संघारमा आइपुगेको छ । दसैँको रौनकले मुलुकबाहिरका नेपालीलाई पनि उत्तिकै छोएको छ । आस्फोर्ड केन्ट बेलायतमा परम्परागत दुर्गा पूजासहित दसैँ तिहार २०२४ महोत्सव सम्पन्न भएको छ, जहाँ विभिन्न परम्परागत नेपाली झाँकी र सांगीतिक प्रस्तुतीसमेत देखाइएको थियो । प्रत्येक वर्ष प्रवासी नेपालीहरुको दि सगरमाथा गोर्खा नेपालीज कम्युनिटिले गर्दै आएको दसैँ तिहार महोत्सव यस ...
वर्षा रोकिएपछि ३ लाख ८० हजार मानिस उपत्यकाबाट बाहिरिए…..
काठमाडौँ- असोज ११ र १२ मा आएको अविरल वर्षापछि सडक अवरुद्ध हुँदा दसैँ मनाउन पुर्ख्यौली थातथलोमा फर्किन खोज्नेहरू काठमाडौँ उपत्यकामै रोकिन बाध्य भएका छन् । वर्षा रोकिएपछि असोज १४ देखि आजसम्म ३ लाख ८० हजार मानिसले उपत्यका छाडेका छन् । पछिल्लो एक हप्तामा ३ लाख ८० हजार १६४ जना मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्कीले बताए । असोज १९ गते साँझ ६ बजेबा...
अत्यासलाग्दो बेथानचोक…..
बेथानचोक (काभ्रे) - बेथानचोक गाउँपालिका–४ चलालकी दुुर्गामाया तामाङ (५३) को मनमा अझै डर छ । लेदोले पुरिएको घरबाट अलिअलि ढुंगामाटो निकालिरहेकी उनलाई फेरि पहिरो खस्ला झैं लाग्छ । तर पनि पुरिएको घरबाट ढुंगामाटो पन्छाएर बस्न योग्य बनाउन लागिपरेकी छन्, उनी । ‘जाने कहाँ त !’, अनलाइनखबरसँग शुक्रबार दिउँसो दुर्गामायाले भनिन्, ‘फेरि बस्ने यहीं हो, पुरिएको घर उधिन्नै पर्यो । पुरिएको घर उधिन्न उनी ...
पर्यटकीय हब’ मुलकोट माथि बाढीको बज्रपात…..
काठमाडौं - बीपी राजमार्गको नागबेली बाटो हुँदै यात्रा गर्नेहरूले एउटा चित्र पक्कै सम्झेको हुनुपर्छ, सिसै–सिसाको लम्बेतान लस्कर । राजमार्गको भित्ताभरि किला ठोकेर झुन्ड्याइएका ऐनाको बीच भागमा छ, सेतीदेवी मन्दिर । त्यही सेतेदेवी मन्दिरको उकालोबाट देखिन्छ, सुनकोसी किनारको समथर भू–भागमा झुरुप्प मिलेर बसेको बस्ती । होटल, रिसोर्ट र बजारको चहलपहल । करोडौं खर्च गरेर बनाइएका संरचना, स्वीमिङ पुलसहितका सुव...
इजरायलमा इरानले ड्रोन र मिसाइल आक्रमण…..
तेल अभिभ- इरानले मंगलबार राति इजरायलतर्फ सयौँ मिसाइल प्रहार गरेको छ । यी मध्ये केही मिसाइलहरू इजरायली क्षेत्रहरूमा खसेका छन्। यो वर्ष इजरायलमा इरानको दोस्रो आक्रमण हो। अप्रिलमा पनि इरानले इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो । इजरायली सेनाका अधिकारीहरूले इरानका यी आक्रमणहरू अब रोकिएको र अहिले कुनै खतरा नरहेको बताएका छन्। तर यस आक्रमणबाट के कति क्षति भयो भन्ने अझै खुल्न सकेको छैन । इजरा...
काठमाडौं उपत्यकासहित पूर्वी र मध्य क्षेत्रमा वर्षा…..
काठमाडौं - सुदूरपश्चिमका जिल्लाबाट मनसुन बाहिरिने तरखरमा रहेका बेला पूर्वी र मध्य क्षेत्रमा भने वर्षा भइरहेको छ । आज बिहानैदेखि कोशी प्रदेशका पूर्वी भाग, काठमाडौं उपत्यका र आसपासका जिल्लामा वर्षा भइरहेको छ । वर्षा मध्यमदेखि भारी खालको छ । आज दिउँसोतिर वर्षा केही बढ्न सक्ने सम्भावना छ । काठमाडौंको उत्तरी भेगमा भारी वर्षा भइरहेको छ । सुन्दरीजलमा तीन घण्टाको अवधिमा ४२ मिलिमिटरसम्म वर्षा मापन भएको...
कहाँ थिए मुख्य सचिव र प्रहरी प्रमुख ?…..
काठमाडौं – सांसदहरूले विपद्का बेला मुख्यसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख (सीईओ) अनिल पोखरेल कहाँ थिए भनेर प्रश्न गरे । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुख्यसचिव, प्रहरी प्रमुख र प्राधिकरण प्रमुखको व्यवहारले प्रश्न उठाएको बताए । ‘नेपाल सरकारको मुख्यसचिवदेखि प्राधिकरणको प्रमुखसम्म, प्रहरी प्रमुखद...
राज्य व्यवस्था समितिमा गृहमन्त्रीमाथि प्रश्नैप्रश्न…..
काठमाडौं - सरकारले समयमै ध्यान नदिँदा बाढी, पहिरो र डुवानका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन् । मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गत शनिबारको बाढी पहिरो र डुवानको समस्यामा सरकारको कामबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो । बैठकमा रक्षामन्त्री मानवीर राईलाई पनि बोलाइएको थियो । तर, अधिकांश सांसदले गृहमन्त्री रमेश...















