२४ घण्टामा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि……

बितेको २४ घण्टामा देशभर ११७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हु्न् । यससँगै कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको छ। उनका अनुसार हाल देशभर सक्रिय संक्रमित १५ हजार ३९३ जना रहेको छ । यस्तै बितेको २४ घण्टामा ८८९ जना संक्रमणमुक्त भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ३९ हजार ५७६ ...

कोरोना भाइरस महामारीः अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण फेरि सुरु……

बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले तयार पारेको कोरोना भाइरसविरुद्धको खोपको परीक्षण पुनः सुरु भएको छ। केही दिनअघि खोप लगाएका लन्डनका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएपछि अल्प अवधिका लागि खोप परीक्षण स्थगन गरिएको थियो। खोप परीक्षणमा सहभागी एक व्यक्तिमा पहिचान नखुलेको एक प्रकारको स्वास्थ्य समस्या देखिए लगत्तै सम्पूर्ण परीक्षण कार्य स्थगन गर्नु परेको क...

२४ घन्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४ हजार नाघ्यो……

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १ हजार ३९ जनामा संक्रमण पुष्टि भएसँगै आइतबार ५४ हजार १५९ पुगेको हो । २४ घन्टामा डिस्चार्ज १ हजार १७३ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ । पीसीआर परीक्षण ९ हजार १६५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । हालसम्म ८ लाख ४० हजार ५ सय २७ पीसीआर विधिबाट परीक्...

अक्सफोर्डको भ्याक्सिनको ट्रायल पुनः सुचारु हुँदै……

एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले तयार पार्दै गरेको कोरोनाको भ्याक्सिनको ट्रायल पुनः सुचारु हुने भएको छ । ट्रायलमा सहभागि एक व्यक्तिमा केही समस्या देखिएपछि गत मंगलबार ट्रायल रोकिएको थियो । एस्ट्राजेनेकाले ती व्य ि क्तमा देखिएको समस्या भ्याक्सिनसँग सम्बन्धित भए नभएको अनुसन्धान गर्नका लागि ट्रायल रोकेको जानकारी दियो । तर शनिबार युनिभर्सिटीले यसको ट्रायल सुचारु गर्ने जानकारी दिएको छ । हेल्थ सेक...

२४ घण्टामा थपिए १२०१ कोरोना संक्रमित……

पछिल्लो २४ घण्टामा नेपालमा १२०१ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै हालसम्म ५३ हजार १२० संक्रमितको संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस व्रिफिङमा १२०१ संक्रमित थपिएको जानकारी दिएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३७ हजार ५२...

भारतसँगको सीमा क्षेत्रबाट तत्काल सेना हटाउन चीनको प्रस्ताव……

चिनियाँ विदेशमन्त्री वाङ यीले चीन सरकार भारतसँगको सीमा विवाद कम गर्न तयार रहेको बताएका छन् । विदेशमन्त्री वाङले चिनियाँ सरकार वास्तविक नियन्त्रण रेखामा भारतसँगको तनाव कम गर्न ‘ठोस कदम चाल्न’ इच्छुक रहेको बताए । भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता भएको भोलिपल्ट विदेशमन्त्री वाङले सो कुरा बताएका हुन् । विदेशमन्त्री वाङ र भारतीय समकक्षी एस जयशंकरबीच बिहीबार रुसको राजधानी मस्कोमा भेटवार्ता भएको...

उपत्यकामा झन् फैलिँदै कोरोना, एकैदिन ६९६ जनामा संक्रमण पुष्टि……

काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमित तीव्र गतिमा फैलिन थालेको तथ्यांकले देखाएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बितेको २४ घण्टामा मात्रै ६९६ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन यतिधेरै संक्रमित पुष्टि भएको यो नयाँ रेकर्ड हो । यसअघि बिहीबार उपत्यकामा ५७२ जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार थप बढेर ६९६ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार आज काठ...

चीन र भारतका परराष्ट्र मन्त्रीहरूले रूसको बैठकमा सीमा तनाव कम गर्न सहमति जनाए……

बिहीबार पहिलो पटक विदेश मन्त्रीहरूको बैठक भएपछि भारत र चीनले उनीहरूको विवादित हिमालयन सीमानामा तनाव कम गर्ने वाचा गरे। परराष्ट्रमन्त्री सुब्रह्मण्यम जयशंकर र उनका चिनियाँ समकक्ष वाङ यी सहमत भए कि "सीमा क्षेत्रको वर्तमान अवस्था दुवै पक्षको हितमा छैन", उनीहरूले मस्कोमा रसिया द्वारा आयोजना गरिएको सांघाई सहयोग संगठन सम्मेलनमा भेला भएपछि संयुक्त विज्ञप्तिमा भने। उनीहरूले भने, राष्ट्रहरूले अवस्थित सीमा ...

देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित ५० हजार नाघे……

पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । नेपालमा कुल संक्रमितको संख्या ५० हजार नाघेको छ । गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने ...

उपत्यकामा पसल व्यवसाय खोल्न बार ताेकियो, अरु के–के खुला गरियो ?……

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाएर जनजीवन सहज बनाउने प्रयास गरिएको छ । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गर्दै आएकोमा बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय गरेको हो । अघिल्लो साता पनि निषेधाज्ञामा केही हेरफेर भएकोमा बुधबार थप खुकुलो बनाइएको हो । जसअनुसार आज मध्यरातदेखि भदौ ...

काठमाडौं उपत्यकामा ४६४ संक्रमित थपिए, २२ जना भेन्टिलेटरमा……

बुधबार काठमाडौं उपत्यकामा ४६४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका ३९४, ललितपुरका ४३ र भक्तपुरका ३६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ । यसैगरी हालसम्म २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । जसमा २१ जना बागमती प्रदेशका रहेका छन् भने १ जना प्रदेश नम्बर ५ का रहेका छन् । आइसीयुमा भने १६२ जना रहेका छन् । जसमा बागमती प्रदेशका मात्रै १०१ जना रहेका छन् । हालसम्म ५५ ...

व्यापार/व्यवसाय र यातायातमा निषेधाज्ञा खुल्ने, यातायातमा जोरबिजोर लागू गरिने……

भदौ ३ गते देखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा यातायात र व्यापार/व्यवसाय क्षेत्रका लागि बिहीबारदेखि खुल्ने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकार जनकराज दाहालका अनुसार सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार/व्यवसायलाई शर्तसहित खोल्न दिने टुंगोमा प्रशासन पुगेको छ । अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने उनले बताए । उपत्यकाका तीनै जिल्लाका प्रमुख जि...