चुनावका लागि दलहरू आ–आफ्नो रणनीति बनाउन व्यस्त…..

काठमाडौं- प्रदेश र संघको चुनावका लागि दलहरू आ–आफ्नो रणनीति बनाउन व्यस्त बनेका छन् । गत वैशाख ३० गतेको स्थानीय तह चुनावमा गठबन्धन बनाएर चुनाव लडेका दलहरू प्रदेश र संघको चुनावमा कसरी सहभागी हुने भन्नेबारे लेखाजोखा गर्न लागिपरेका हुन् । आगामी कात्तिक अन्तिम साता वा मङ्सिर पहिलो साता प्रदेश र संघको चुनाव गराउने सरकारको तयारी छ । त्यसका लागि असार महिनाभित्रै चुनावको मिति घोषणा हुने सत्ता पक्षका नेताहरू...

एसपीपीमा संलग्न नहुने सरकारको निर्णय, नेपाली सेनाबीच सहकार्यमा पूर्णविराम…..

काठमाडौँ — अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) मा नेपाली सेना संलग्न नहुने भएको छ । मन्त्रिपरिषद्ले एसपीपीमा आबद्ध नहुने जानकारी गराउँदै परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पत्र पठाउने निर्णय सोमबार गरेको छ । योसँगै अमेरिकाको युटा राज्यको नेसनल गार्ड र नेपाली सेनाबीच सहकार्यमा पूर्णविराम लागेको छ । गृहमन्त्री बालकृष्ण खाँणले एसपीपीसम्बन्धी विषयलाई आपसी सहकार्य नगर्ने गरी टुंग्या...

मन्त्री हेरफेरको विषयले भाँडभैलो…..

काठमाडौं-   नेकपा एकीकृत समाजवादीमा सरकारमा सहभागी हुने मन्त्री हेरफेरको विषयले पार्टीमा भाँडभैलो मच्चिएको छ । सत्ता गठबन्धनमा परामर्श नै नगरी अध्यक्ष माधवकुमार नेपालले पुराना मन्त्रीलाई हटाएर नयाँ मन्त्री बनाउने विषय बाहिर ल्याएपछि पार्टीमा नेताहरुले भाँडभैलो मच्चाएका हुन् । गत जेठ २३ गते एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्री हेरफेरको निर्णय गरेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवा र नेक...

फेरि बढ्यो पेट्रोलको भाउ,प्रतिलिटर १ सय ९९ रुपैयाँ…..

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू हुनेछ । अब प्रतिलिटर पेट्रोल १९९ र डिजेल मट्टितेल १९२ तिर्नुपर्नेछ । खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   साभार : इका ...

फिर्ता लिने वा नलिने भन्ने डिटेलमा छलफल भएको छैन…..

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पाटनरसिप प्रोग्राम (एसपीपी) को विषय फिर्ता लिने वा नलिने विषयमा गठबन्धनभित्र विस्तृतरुपमा छलफल नभएको बताएका छन् । काठमाडौंमा आइतबार पत्रकारहरुसँगको अन्तक्रियामा उनले एसपीपी फिर्ता लिने वा नलिने भन्ने विषयमा डिटेलमा छलफल भइनसकेको बताए ।  एसपीपी फिर्ता लिने वा नलिने विषयमा गठबन्धनभित्र डिटेलमा छलफल भएको छैन । चिठ्ठी पठाउने...

एसपीपी अस्वीकारको पत्र लेख्न गठबन्धनबाटै दबाब…..

काठमाडौँ — सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको उल्लेख गर्दै पत्र लेख्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब दिने भएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले शनिबार छुट्टै बैठक गरेर एसपीपीबारे जनतालाई स्पष्ट पार्नका लागि श्वेतपत्र जारी गर्न पनि आग्रह प्रधानमन्त्रीसँग गर्ने समझदारी बनाएका छन् । प्...

उभौली रापवा शाँदर भब्यकासाथ सम्पन्न…..

ओखलढुङ्गा जिल्लाको खिजी देम्बा गाउँ पालिका वार्ड नं ४ काति डिगर्पू स्थित कोईंच सुनुवारहरूले मनाउदै आएको किरात सुनुवारूको महान चाड उभौली रापवा शाँदर भब्यकासाथ सम्पन्न भयो । उक्त शाँदरमा कर्मथलो हङकङ बनाएका खिजी कातिका अग्रज अनि समाजसेवी कोईंचहरुको तर्फबाट यस शाँदर ग्योरलाई लगभग ७० केजी को किङ्गो (घन्ट) चढाउनु भएको छ । उक्त किङ्गो (घन्ट) को सुनुवार सेवा समाजका संघीय अध्यक्ष रणवीर सुनुवार र खिजी देम्...

काठमाडौंको फोहोर मंगलबारदेखि उठाउन सहमति…..

काठमाडौँ — जेठ १६ गते रोकिएको काठमाडौं उपत्यकाको फोहोर मंगलबारदेखि सिसडोल/बन्चरेडाँडा लैजान दिने सहमति भएको छ ।  सोमबार सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीसहित बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल/बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो ।सहमतिपत्रमा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट हस्ताक्षर गरिएको छ । सहरी विकासमन्त्री रामकुमारी ...

देउवा सरकारले मन्त्री मण्डल हेरफेर गर्दै…..

काठमाडौं-   नेकपा एकीकृत समाजवादीबाट मन्त्रीका लागि सिफारिस भएका मन्त्रीहरुको सोमबार शपथ हुने भएको छ । समाजवादीबाट मन्त्रीमा सिफारिस भएका एक नेताले सोमबार अपराह्न शपथका लागि तयारी अवस्थामा बस्न खबर आएको जानकारी दिए । समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम सिफारिस गरिसकेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरु विजय पौडेल र प्रमेश हमालले देउवालाई नामावली बुझा...

विराटनगर जुटमिलको अर्बौंको सम्पत्ति बेवारिस…..

विराटनगर — विक्रम संम्बत् १९९३ सालमा विराटनगर जुट मिल स्थापना भएपछि मुलुकमा औद्योगिक गतिविधि सुरु भएर निर्यात व्यापारको ढोका खुलेको इतिहास छ । यही जुट मिल प्रजातन्त्र प्राप्तिका लागि सुरुवाती आन्दोलन गर्ने थलोको रुपमा पनि चिनिन्छ । मुलुकमा प्रजातन्त्र आयो तर त्यसयता मिलले आफ्नो अस्तित्व नै गुमायो । यो मिलका अर्बौंको सम्पत्ति अहिले बेवारिस अवस्थामा छन् ।  विसं २००३ र २००७ सालमा यही उद्योगमा मजदुर आ...

अनुशासन आयोगले कारबाहीका लागि सिफारिस…..

काठमाडौं-     नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसाललाई पार्टीको अनुशासन आयोगले कारबाहीका लागि सिफारिस गरेको छ । आयोगका एक सदस्यका अनुसार भुसालले पार्टी अध्यक्षका विरुद्धमा अभिव्यक्ति दिएको भन्दै कारबाहीका लागि पार्टीको केन्द्रीय समितिलाई सिफारिस गरेको हो ।  भुसालले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा पार्टीले स्थानीय चुनावमा बेहोरेको हारको नैतिक जिम्मेवारी लिँदै केपी शर्मा ओलीले अध्यक्ष पद...

सेतु विक चोकमा पुगेर सालिकमाथि प्रहार, सालिक तोडफोड…..

नेपालगन्ज — कथित राजावादीहरूले ०६२/६३ को जनआन्दोलनकी सहिद सेतु विकको सालिक तोडफोड गरेका छन् । राजतन्त्र उन्मूलन भएको १६ वर्षपछि नेपालगन्जको धम्बोजीचोकमा राजा वीरेन्द्रको सालिक राख्न जम्मा भएको समूहले सेतु विक चोक पुगेर सालिक तोडफोड गरेको हो । राजाको निरंकुशताविरुद्ध ०६२/६३ मा भएको देशव्यापी आन्दोलनका क्रममा नेपालगन्जमा पनि दिनहुँ विशाल प्रदर्शन भएको थियो । वैशाख ५ मा गणेशपुरमा जम्मा भएका प्रदर्शनक...