काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आइतबार दिउँसो ४ बजे प्रस्तुत गर्दैछ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् । बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद् भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् । सभामुख सापकोटाले भने , ‘माननीय अर्थमन्त्रीबाट ने...
समाचार
अब देश बनाउने पालो युवाको,नेतृत्वमा जोशिला पंक्ति…..
काठमाडौं- नेपाली राजनीतिले रुचाएको एउटा भाष्य छ, युवा नेता । उमेरले डाँडा काटेको किन नहोस् उनीहरूको नाम अघिल्तिर जोडिने विशेषण हो यो । त्यसैले त हामीकहाँ कतिपय नेतालाई सम्बोधन गर्दा भनिन्छ, ‘युवा नेता फलानो ।’ तर, यसपालिको निर्वाचनले युवा नेताको व्याकरण सच्याइदिएको छ । नेतृत्वमा साँच्चै नै युवापंक्ति उभिएका छन् । र, स्थानीय तहको परिदृश्य केही फेरबदल गरिदिएका छन् । ‘राजनीति भनेको फोहोरी खेल हो’ भ...
तत्कालीन डीआईजी रञ्जन कोइरालाको मुद्दामा सर्वोच्चले आफ्नै फैसला उल्टाएको छ…..
काठमाडौं- सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको मुद्दामा सर्वोच्च अदालतले आफ्नै फैसला उल्टाएको छ । दुई वर्षअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासमा घटाएको रञ्जनको सजाय सर्वोच्चको पूर्ण इजलासले उल्टाएको हो । पत्नी गीता ढकालको हत्यामा संलग्न रही प्रमाणसमेत नष्ट गर्ने प्रयत्न गरेका कोइरालालाई तत्कालीन अपराध महाशाखाको प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा ...
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन र उपमेयरमा सुनिता निर्वाचित…..
काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंहले ३८३४१ मत ल्याएकी छन् भने एमालेका केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका छन् । महानगरको उप मेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । डंगोलले ६८ हजार ६१२ ल्याएकी छ...
नेकपा एमालेको पार्टीभित्रैबाट अन्तर्घात भयो…..
काठमाडौँ- नेकपा एमालेले स्थानीय चुनावमा पार्टीभित्रैबाट अन्तर्घात भएको निष्कर्ष निकालेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा स्थानीय निर्वाचनमा पार्टीभित्रबाटै नसोचेको अन्तर्घात भएको तर पार्टीलाई प्राप्त लोकप्रिय मत नघटेको बताएका हुन्। सत्ता गठबन्धनको चुनौती सामना गरिरहेका बेला पार्टीभित्रैको अन्तर्घातबाट हार भएको ओलीको भनाइ थियो। ‘पार्टीभित्र अन्तर्घात भएको विषयमा कुरा उठेको तर ...
तत्काल विद्यालयमा पुर्याउन संसदीय समितिको निर्देशन…..
काठमाडौँ — नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भइसके पनि ३५ लाख थान पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगेको छैन । जनक शिक्षा सामग्री केन्द्रले चालु शैक्षिक सत्रका लागि आवश्यक १ करोड ९८ थान पुस्तक छाप्नुपर्ने थियो । समयमै कागज आपूर्ति नहुँदा १ करोड ६३ लाख थान पुस्तक मात्रै छपाइ सम्भव भएको केन्द्रले जनाएको छ । केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले रुस–युक्रेनबीचको द्वन्द्वका कारण कागज अभाव हुँदा समयम...
फेरि बढ्यो इन्धनको मूल्य…..
काठमाडौं, नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ भने ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको हो । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । निगमले ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १८०० रुपैयाँ बनाएको छ । यस्तै निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० र...
एमाले र कांग्रेसका नेतालाई चुनौती बन्दै राप्रपा…..
बिर्तामोड — गृहजिल्ला भएकाले एमाले अध्यक्ष केपी ओली प्रायः झापा आइरहन्छन् । दमक, बिर्तामोड, भद्रपुर, मेचीनगर, गौरादह, गौरीगन्जलगायत स्थानका सभामा उनी सहभागी भइरहन्छन् । तर, यसपालि एउटा सभा अलि फरक ठाउँमा गरियो । वैशाख २० मा एमालेले पहिलो पटक ओलीको उपस्थितिमा जिल्लाको देहाती गाउँ गोलधाप बजारमा चुनावी सभा आयोजना गर्यो । गोलधापमा सभा आयोजना गर्नुको एउटै ध्येय थियो, राप्रपा अध्यक्ष राजेन्द्र ल...
५३४ पालिकाको परिणाम घोषणा…..
काठमाडौँ — वैशाख ३० गते भएको स्थानीय तह चुनावको बिहीबार बिहान ६ बजेसम्म ५३४ पालिकाहरुको चुनावी परिणाम घोषणा भएको छ । जसमा नेपाली कांग्रेसले २४१ पालिका प्रमुख जिल्दै पहिलो स्थानमा आएको छ । त्यसैगरी १५४ पालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । पाँच वर्षअघि भएको स्थानीय चुनावमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेको छ । ७ सय ५३ मध्ये नेकपा माओवादी केन्द्रले १०१ स्थानमा जित हासिल ...
कहाँ कुन दलको पोजिसन कस्तो ?…..
काठमाडौँ — देशभरका ७५३ मध्ये आधाभन्दा बढी पालिकाको मतगणना सकिएको छ । बुधबार बिहान ६ बजेसम्मको परिणामअनुसार ४०५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा सबभन्दा बढी १८५ पालिका जितेर कांग्रेस पहिलो, ११५ स्थानमा जितेर एमाले दोस्रो र तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८२ स्थान जितेको छ । यस्तै नेकपा (एकीकृत समाजवादी) ले ६, जनता समाजवादी पार्टीले ५ स्थान जित्दा अन्यले १२ पालिकामा जित हासिल ग...
पालिकाको नेतृत्वमा काँग्रेसको शतक, एमालेले पनि कटायो अर्धशतक……
वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा अहिलेसम्म नेपाली काँग्रेसले १०२ पालिका जितेको छ । नगरपालिका प्रमुख १८ र गाउँपालिका अध्यक्ष ८४ गरी काँग्रेसले १०२ पालिकामा जित हात परेको हो । जारी मत गणनामा काँग्रेसले पालिकाको नेतृत्वमा शतक पूरा गरेको छ । समाचार तयार पर्दासम्म काँग्रेसले पालिका उपप्रमुख भने ९७ जितेको छ । काँग्रेसले १७५ पालिकामा अग्रता लिएको छ । यस्तै नेकपा एमालेले ४ प्रमुख र ५४ उपाध्यक्षसह...
















