अन्तिम दिन सम्म लिपुलेकमा भएन घरपरिवार सूचीकरण…..

काठमाडौँ — राष्ट्रिय जनगणनाका लागि सुरपरिवेक्षण पठाउनै आनाकानी गर्दा मुलुकको नयाँ ‘चुच्चे नक्सा’ मा परेका महाकाली पारिको कालापानी, लिपुलेक क्षेत्रमा घर तथा घरपरिवार सूचीकरण हुन सकेन । पहिलो चरणको सूचीकरणका लागि उक्त क्षेत्रमा जान नेपालबाटै बाटो नभएको र भारतको बाटो भएर जानका लागि सरकारले नअह्राएको भन्दै जिल्ला तथ्यांक कार्यालयले सुपरिवेक्षक नै पठाएन । महाकालीपारि दार्चुलाको व्यास गाउँपालिका–१ को छा...

रेको नजरमा ओली चतुर खेलाडी…..

काठमाडौँ — नेपालमा २०७२ सालमा आएको विध्वंसकारी भूकम्पलगत्तै भारतले ठूलो राहत र साथ–सहयोग दिएपछि पनि भारतविरोधी नेपाली मनस्थिति सेलाइसकेको थिएन । केही भारतीय मिडियाले देखाएको नेपाल–नेपालीको चित्रका कारण विपत्तिमा परेका नेपालीमा स्वभावैले आक्रोश थियो । त्यो बेला ‘ब्याक अफ इन्डियन मिडिया’ भन्दै चर्किएको विरोध सानो थिएन । भूकम्पको घटनालगत्तै तत्कालीन भारतीय राजदूत रञ्जित रे नेपालबारे ब्रिफिङ गर्न दिल्...

कुमार पौडेल हत्या प्रकरणमा जोडिए बादल र सर्वेन्द्र खनाल…..

काठमाडौं, दुई वर्षअघि प्रहरीको गोली लागी ज्यान गुमाएका विप्लव समूहका नेता कुमार पौडेल ‘इन्काउन्टर प्रकरण’ पुनः बल्झिएको छ । सर्वोच्च अदालतले यसै साता पीडितको जाहेरी दर्ता गर्न आदेश गरेसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र तत्कालीन आईजीपी सर्वेन्द्र खनालसमेत अनुसन्धानमा तानिने सङ्केत देखिएको छ । २०७६ असार ५ मा सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखन्देही जंगल नजिक प्रहरीको गोली लागेर नेपा...

विरोधीहरु म बाँचेकैमा चिन्तित छन् त के गरुँ…..

काठमाडौँ — एमालेको विधान महाधिवेशन र त्यसअघि पनि कार्यक्रम स्थलमा अध्यक्ष केपी शर्मा ओलीका ठुल्ठूला तस्बिर र डमी लगाउने गरिएको छ । त्यसलाई लिएर सार्वजनिक रूपमा र एमाले कार्यकर्ताले पनि 'ओलीको देवत्वकरण गरिएको' भन्दै आलोचना हुने गरेका छन् । आफूलाई देवत्वकरण गरिएको भनेर आएका आलोचनाको ओलीले आइतबार जवाफ दिएका छन् । तीन दिनदेखि ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा समापन सम्बोधन गर्दै ओलीले विरोधी...

सत्तारुढ गठबन्धनको कार्यदल मन्त्रालयगत भागबण्डाको खोजीमा…..

काठमाडौं, सत्तारुढ गठबन्धनको कार्यदल मन्त्रालयगत भागबण्डाको खोजीमा जुटेको छ । सरकार बनेको ८० दिनसम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन नसकेपछि कार्यदलको तहमा छलफलको सुरुवात भएको हो । सत्ता साझेदार दलभित्र कानुनी र व्यवहारिक जटिलताको गाँठो फुकाउँदा फुकाउँदै ८० दिन बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । करिब तीन महिनासम्म ६ मन्त्रीले काम चलाएका प्रधानमन्त्री शेरबहादुर देउवामाथि १८ मन्त्रा...

कोभिडविरुद्ध खाने औषधिको सफल परीक्षण…..

काठमाडौँ, अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने नतिजा प्राप्त भएको दावी गरेको छ। मोल्नुपिरभिर नामक सो खाने चक्कीको अन्तरिम क्लिनिकल परीक्षण परिणाम अन्त्यन्न सकारात्मक रहेको उत्पादक कम्पनी मर्कले जनाएको छ। मोल्नुपिरभिर चक्की कोभिडका बिरामीलाई दिनको दुईपटक दिइएको थियो। परिणाम उत...

राजनीतिक तथा सांगठनिक प्रतिवेदन सँगै अखिल क्रान्तिकारीको नीति निर्धाण…..

काठमाडौँ — माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आगामी अधिवेशनसम्मका लागि लिने नीति निर्धारण गरेको छ । अध्यक्ष रञ्जित तामाङले पेस गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन शनिबार पास गरेसँगै अखिल क्रान्तिकारीको नीति निर्धाण भएको हो । बिहीबार सुरु भएको अखिल क्रान्तिकारीको २२ राष्ट्रिय सम्मेलनले तीन दिनसम्म पनि नेतृत्व चयन गर्न नसक्दा आइतबारसम्मका लागि लम्बिएको छ । असोज १४ देखि १६ गते...

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको छ…..

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । ग्यालेक्सी फोरके टेलिभिजनको शुक्रबार शुभारम्भ गर्दै उनले सरकार प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नरहेको स्पष्ट पारे । सञ्चार क्षेत्रमा प्रतिस्पर्धा कडा रहेका भए पनि ग्यालेक्सी फोर के टिभीले थप जिम्मेवार पत्रकारिता गर्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले लोकतान्त्रिक देशमा सञ्चारमाध्...

चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं सम्मेलनसँग मिल्दोजुल्दो…..

काठमाडौँ — एमालेको महाधिवेशनस्थल गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छिर्दा ठूलो भिडभाड छिचोल्नुपर्छ । प्रतिनिधिहरूको भीडभाडबाट भित्र पसेपछि दुइटा कुरा फरक देखिन्छन्, एउटा हलको भव्यता र अर्कोचाहिँ विधान महाधिवेशनका लागि तयार गरिएको स्टेजको पृष्ठभूमि । स्टेजको पृष्ठभूमि बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल्स’ भएको चिनियाँ कम्युनिष्ट पार्टीको (सिपिसी)को १९ औं राष्ट्रिय सम्मेलनको डेकोरेसनसँग मिल्दोजु...

अहिले केपी ओली र कमल थापाको आतंक छ…..

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिका लागि सानोतिनो सुधारले मात्रै नहुने बताएका छन् ।बिहीबार अखिल क्रान्तिकारीको २२ औ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादी क्रान्ति र रुपान्तरणका लागि ठूलै छलाङ मार्नुपर्ने बताएका हुन् । ‘समाजवादी क्रान्तिको निम्ती एउटा नयाँ रुपान्तरणको निम्ती सानोतिनो सुधारको तरिकाले हुदैन । राम्रै छलाङ हा...

कांग्रेसलाई आगामी निर्वाचनमा चुनौती दिने…..

काठमाडौँ — नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि एमालेले सबैभन्दा ठूलो अधिवेशन गर्दै छ । ललितपुरको गोदावरीस्थित ‘सनराइज हल’ मा शुक्रबारबाट हुने पहिलो विधान महाधिवेशनले ‘समाजवादको आधार निर्माण’ गर्ने मुख्य कार्यदिशा तय गर्नुका साथै पार्टीको विधान र सांगठनिक संरचनाबारे निर्णय गर्नेछ । यो महाधिवेशनले मुख्य गरी माओवादी र एकीकृत समाजवादी पार्टीविरुद्ध वैचारिक रणनीति तय गर्नेछ भने हाल सरकार...

विराटनगरमा ल्यान्डिङ गियर खुलेको थियो तर पाइलटलाई झुक्यायो इन्डिकेटरले…..

काठमाडौँ — ल्यान्डिङ गियर (पांग्रा) मा समस्या देखाएर विराटनगरमा अवतरण नगरी काठमाडौं फर्किएको बुद्ध एयरको एटीआर–७२ विमानमा सोमबार चालकदल ‘झुक्किएको’ प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यो घटना छानबिनमा संलग्न स्रोतका अनुसार, उक्त जहाजको फ्लाइट डेटा रेकर्डर (एफडीआर) ले त्यस दिनको उडानमा पांग्रा (ल्यान्डिङ गियर) खुलेको, कुनै समस्या नरहेको देखाएको छ । ‘एफडीआरमा पांग्रा खुलेको देखिन्छ,’ स्रोतले भन्यो, ‘...