संसदको अवरोध हटाउनेबारे बालुवाटारमा सर्वदलीय बैठक…..

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अवरोध हटाउनेबारे छलफल गर्न विहीबार बिहान १० बजे बालुवाटारमा सर्वदलीय बैठक आयोजना गरेका छन् । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने–नहुने निश्चित छैन । विहीबार दिउँसो प्रतिनिधिसभाको बैठक बस्दैछ, त्यसअघि संसदको अवरोधबारे छलफल गर्न प्रधानमन्त्रीले बिहान १० बजे बालुवाटारमा सर्वदलीय ...

उपत्यकाका ७३ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप…..

काठमाडौं, काठमाडौँ उपत्यकामा ७३ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हालसम्म उपत्यकामा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ७३ प्रतिशतले खोप लगाएको जनाकारी दिए । उपत्यकामा हिजो (मङ्गलबार) सम्म करिब ५० प्रतिशतले खोप लगाएका थिए । उपत्यकामा लक्षित २१ लाख २९ हजार ७७३ जनसङ्ख्या छन् । उनका अनुसार काठमाडौ...

नेकपा माओवादी केन्द्रको आगामी पुसमा राष्ट्रिय सम्मेलन…..

काठमाडौं, नेकपा माओवादी केन्द्रको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा करिब १२ सय प्रतिनिधि सहभागी हुने भएका छन् । बुधबार बसेको स्थायी कमिटी बैठकमा १२ सयसम्म प्रतिनिधि सहभागी बन्ने आँकलन गरेको नेता गणेश साहले जानकारी दिए । ‘स्थानीय,प्रदेश र केन्द्रका गरेर १२ सय प्रतिनिधि सहभागी हुनसक्ने आँकलन गरिएको छ’, साहको भनाइ छ । यसैगरी बैठकले एकै व्यक्ति दुईवटा कमिटीमा बस्न नपाउने निर्णय गरेको स्थायी कमिटी स...

‘बेटी पढाऊ, बेटी बचाऊ’ मा चरम अनियमितता…..

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर कागाजत लिएको छ । बर्दिबासस्थित अख्तियारको कार्यालयबाट गएको टोलीले कार्यालयबाट कागाजत नियन्त्रणमा लिएर फर्किएको छ । छात्रालाई बाँड्न किनेको साइकलमा अनियमितता भए पाइएपछि अख्तियारको टोलीले कार्यालयमा छापा मारेको हो । ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत खरिद गरेको साइक...

सरकारले एमसीसी बिर्स्यो कि के हो?…..

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सरकारले बिर्सेको हो ? भनेर सोधेका छन् । मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा एमाले अध्यक्ष ओलीले सम्झौता गर्दाताका सरकारको नेतृत्व गरेका दलहरू नै अहिले सरकारमा रहेका बेला एमसीसी सम्झाउन अमेरिका अगाडि आउनुपरेको बताए । सरकारको स्मरण शक्ति कम भएको हो कि के हो ? उहाँहरूले नै सम्झौता गर्नुभए...

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी…..

काठमाडौँ — राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी अघि बढाएका छन् । सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय भागबन्डा टुंग्याएर बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ ।  सत्ता घटक दलमध्ये जनता समाजवादी पार्टी (जसपा) ले अध्यादेश फिर्ता नभएसम्म मन्त्रिपरिषद्मा सामेल नहुने अडान राख्दै आएको थियो । केन्द्रीय समिति र संसदीय दलमध्ये...

ल्यान्डिङ गियर नखुल्दा करिब २ घण्टा आकाशमै…..

काठमाडौँ — काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियर(पाङ्ग्रा) नखुल्दा झन्डै दुई घण्टापछि काठमाडौंमै अवतरण गरिएको छ । ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको हो । बायाँपट्टिको ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं फर्किनु परेको बुद्ध एयरले जनाएको छ । काठमाडौंको आकाशमै...

मुख्यमन्त्री र मन्त्रीको गलामा ४० किलोको माला, हेलिकप्टरको भाडा गाउँपालिकाको खातामा…..

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले शनिबार डोल्पाको एक आवासीय विद्यालयको उद्घाटन गरेका छन्। उनीहरूले जगदुल्ला गाउँपालिका-५ मा बनेको दलित आवासीय विद्यालयको उद्घाटन गरेका हुन्। सुर्खेतबाट हेलिकप्टरमा डोल्पा पुगेर उनीहरूले विद्यालयको उद्घाटन गरेका हुन्। उनीहरू हेलिकप्टरमा डोल्पा पुगेको खर्चमध्ये केही रकम जगदुल्ला गाउँपालि...

देउवा र पौडेल समूहबीच पालिकाबाटै तीव्र प्रतिस्पर्धा…..

काठमाडौँ — कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच स्थानीय तहबाटै तीव्र प्रतिस्पर्धा देखिएको छ । शनिबार र आइतबार भएको स्थानीय तहको अधिवेशनमा दुवै समूह प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रिएका थिए । आइतबार साँझसम्म ३ सय १४ स्थानीय तहको नतिजा आएकामध्ये १ सय ६४ मा देउवा (केहीमा कृष्णप्रसाद सिटौलासहित) समूहका सभापति चुनिए भने १ सय ४३ पालिकामा पौडेल समूहका सभापति आएका छन् ।...

उपमहासचिव घनश्याम भुसालले प्रश्न उठाएका छन्…..

काठमाडौँ, नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’’माथि प्रश्न उठाएका छन्। अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय कमिटीमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि तीन बूँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरीकन अघि बढनै नसकिने तर्क राखे। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आइतबार सम्पन्न पार्टी केन्द्रीय कमिटीको ...

बन्द रहेका विद्यालय दसैँको मुखैमा महानगरले खोल्ने निर्णय…..

काठमाडौं, काठमाडौँ महानगरको निर्णयसँगै आइतबारदेखि भौतिकरुपमा विद्यालय खुलेका छन् । विश्वभर फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय दसैँको मुखैमा महानगरले खोल्ने निर्णय गरेको हो । महानगरको शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्ने अनुमति दिएको थियो । काठमाडौँको श्री सरस्वती निकेतन माध्यमिक विद्यालय पुग्दा त्यहाँ भौतिक उपस्थितिमा पठनपाठन भइर...

नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप नलगाएका…..

काठमाडौँ — कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार असोज पहिलो साता पीसीआर परीक्षण गर्दा ५ हजार ८ सय ३९ मा संक्रमण देखिएको छ । तीमध्ये ८ सय १२ जना अर्थात् १३.९० प्रतिशतले पूर्ण वा एक डोज लगाएका थिए । कडा लक्षण नदेखिएसम्म परी...