देशको बहुमूल्य समय बर्बाद भयो …..

काठमाडौँ — प्रधानमन्त्रीको शपथ लिएको ७० दिन पुगिसस्दा पनि मन्त्रिपरिषद् विस्तार नगरेर शेरबहादुर देउवाले मुलुकको बहुमूल्य समय बर्बाद गरेको प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोचना गरेका छन् । मदन भण्डारीको जीवनमा आधारित पुस्तक विमोचन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै ओलीले भने, 'यो शेरबहादुरजीले नेतृत्व गर्नुभएको सरकार हो । यसमा रंगीविरंगी मान्छेहरू छन् । अझै कोसिस गर्दै हुनुहु...

गत वर्षभन्दा यो वर्ष २८ प्रतिशत बढी भाडा तिर्नुपर्ने…..

काठमाडौं, दसैँ मनाउन घर जाने यात्रुले गत वर्षभन्दा यो वर्ष २८ प्रतिशत बढी भाडा तिर्नुपर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले २०७८ साल असार २७ गते अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधन यातायात भाडादर बढाएको थियो । बढाएको भाडादर असार २९ गतेदेखि नै लागू भइसकेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र लकडाउनका कारण ग्यारेजमा लामो समयसम्म थन्क्याउनुपर्दा सवारीसाधनको पाटपुर्जामा सम...

एमसिसीका आलोचकलाई कारबाही नगर्न अन्तरिम आदेश…..

काठमाडौँ, सर्वोच्च अदालतले एमसिसीलगायत देशमा सञ्चालित आयोजनाबारेमा नकारात्मक टिप्पणी गरेको आधारमा कसैलाई पनि कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले संविधानको धारा १७ ले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको र त्यसअन्तर्गत सकारात्मक, नकारात्मक, समीक्षात्मक टिप्पणी पर्ने हुँदा गृहले जारी गरेको विज्ञप्तिको...

खासा र केरुङमै हजारभन्दा बढी कन्टेनर थन्किए…..

काठमाडौँ — दसैंका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिएका छन् । हजारभन्दा बढी कन्टेनरले पालो पर्खिँदा चिनियाँ अधिकारी खटाइखटाइ पठाउँदैछन्, जसलाई हेरेर आयातकर्ताले मालसामान दसैंमा बेच्न पाउने आश मारेका छन् । चीनसँग जोडिएका यी दुई नाकालाई असजिलो पर्दा सघाउने वैकल्पिक मार्गका रुपमा हेरिने गरे पनि आयात–निर्यातमा देखिएको समस्या हल गर्न दुवै मुलुकको अग...

१२–१७ उमेर समूहका लागि खोप नरहेकाले, मृत्युको जोखिम बढ्ने…..

काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को कोभाक्स सुविधाअन्तर्गत प्राप्त हुने १ लाख ६ सय २० डोज फाइजर खोप १२ देखि १७ वर्षसम्मका दीर्घरोगी बालबालिकालाई दिन विज्ञहरूले सुझाव दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यो खोप ५५ वर्षमाथिका दीर्घरोगी भएका र सुपर स्पेसलाइज्ड (अति विशिष्ट) अस्पतालमा प्रयोग गर्ने तयारी थालेको छ । ५५ वर्षमाथिका दीर्घरोगीलाई हाल उपलब्ध खोपले नै यथोचित सुरक्षा प...

काठमाडौंमा चाडवाड लक्षित गर्दै विशेष ट्राफिक चेकिङ…..

काठमाडौँ — चाडपर्व नजिकिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन,शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले चाडपर्व विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो । सो योजना सोमबारदेखि नै लागू भएको महाशाखाले जनाएको छ । चाडपर्वमा हुने सवारी चाप व्...

सामूहिक योजना र सबैजना मिलेर नै हत्या…..

संखुवासभा, सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्यामा नयाँ ट्विस्ट देखिएको छ । भदौ २७ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेर उनी एक्लैले हत्या गरेको जिकिर गरेको थियो । सोमबार पुनः जिल्ला सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर लोकबहादुरका भाई नरेशसमेत थप ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । संखुवासभाका डिएसपी लालध्वज सुवेदी भन्छन्- ‘सामूहिक योजना र सबै...

एमालेमा उमेर हद, नयाँ पुस्तालाई ढोका खुला…..

काठमाडौँ — सत्तरी वर्षे उमेर हद कायम राख्ने पार्टीको प्रस्तावित विधानले एमालेको नेतृत्वमा व्यापक परिवर्तन हुने र नयाँ पुस्तालाई ढोका खुला गर्ने देखिएको छ । आगामी महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भए पनि प्रस्तावित विधान पारित भए अर्को महाधिवेशनबाट शीर्ष नेतृत्वमा पूरै नयाँ पुस्ता आउने देखिन्छ । सत्तरी वर्षे उमेर हदको व्यवस्थालाई १० औं महाधिवेशनमा निरन्तरता दिँदा ओलीलाई अध्यक्षमा दोहो...

‘रेड जोन’ मै राखे पनि, स्कुल खोल्न सुरु…..

काठमाडौँ — आइतबार देशभरि ७ सय ३४ जना संक्रमित हुँदा २० वर्षमुनिका ७९ जना छन् । तीमध्ये १० वर्षमुनिका १४ जना छन् । आइतबार कुल संक्रमितमा १०.७६ प्रतिशत बालबालिका छन् । यो संख्या शनिबार ९.६६ प्रतिशत थियो । देशभरिमा देखिएका संक्रमितमध्ये सरदर ९ प्रतिशत बालबालिका छन्,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं बालरोग विशेषज्ञ डा. कृष्ण पौडेलले भने, ‘यो तथ्यांकले जोखिममा बालबालिका नै रहेको देखिन्छ ।’ बालबालिका...

मधेसवादी दलले संविधान दिवसमा विरोध…..

काठमाडौं, तराई मधेसकेन्द्रित दलले आज संविधान दिवसका दिन विरोधका कार्यक्रम राखेका छन् । संविधानप्रति असन्तुष्टि जनाउँदै विरोध गर्नेमा सिके राउत नेतृत्वको जनमत पार्टीदेखि महन्त ठाकुरको लोकतान्त्रिक समाजवादी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसम्म छन् । सरकारले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै गर्दा देउवा सरकारलाई समर्थन जनाएका दुई दल जसपा र लोसपा भने खुलेर संविधानको समर्...

पदकहरूले नै लाज मानिरहेको छन्…..

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरणका लागि सार्वजनिक गरेको नामहरूप्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार संविधान दिवसका अवसरमा पार्टीले गरेको कार्यक्रममा उनले पदकहरूले नै लाज मानिरहेको भन्दै कटाक्ष गरे । अध्यक्ष ओलीले भने, ‘संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने, यतिबेला जनताका पराक्रमी सन्तानले सम्मानित भएको अनुभूति गर्न, गर्व गर्न पाउनुपर्नेमा बालाई सम्मा...

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने हरुलाई मानपदवीद्वारा विभूषित……

काठमाडौं, सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने उनीहरुलाई विभिन्न मानपदवीद्वारा विभूषित गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले २९ भदौको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् । जसमा सबैभन्दा ठूलो मानपदवीका रूपमा...