काठमाडौँ — एमालेका मध्यमार्गी नेताहरूले पार्टी एकताका लागि भन्दै अघि सारेका सर्तसहितका मागप्रति अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) दर्ता अगाडि बढाएका माधवकुमार नेपालले बेवास्ता गरेका छन् । दुवैले उनीहरूका सर्त मान्न नसकिने प्रतिक्रिया दिएका छन् । भीम रावलसहित स्थायी कमिटीका ९ सदस्यले बिहीबार वक्तव्यमार्फत १० बुँदे कार्यान्वयन र नेपालसहित १४ सांसदमाथिको कारबाही फिर्ता लिन ओलीसँग माग र...
समाचार
किन थुप्रियो सडकमा फोहोर,दुर्गन्धित बन्यो काठमाडौं…..
काठमाडौं, काठमाडौंको सडक अनि घरघरमा फोहोरको डंगुर बढ्न थालेपछि यसको रहस्य बुझ्न रातोपाटीको टिम आइतबार दिउँसो सिसडोलतिर जाँदा बाटोमा कन्तबिजोग देखियो । काठमाडौंमा फोहोर थुप्रिनुको कारण रहेछ, फोहोर व्यवस्थापन गर्ने स्थलको बाटो हिलाम्मे हुनु । नुवाकोटको सिसडोलमा काठमाडौंको फोहोर व्यवस्थापन हुँदै आएको छ । तर, गत असारदेखि नै त्यहाँ दुईवटा डोजरको काम फोहोर बोकेका ट्रकलाई धकेल्नु रहेको छ । कसैसँग एकछिन ब...
आज जनै पूर्णिमा पशुपतिमा भक्तजनको घुइँचो…..
काठमाडौं, हरेक वर्ष श्रावण महिनाको शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी आज यज्ञोपवीत धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ । काठमाडौँको पशुपतिनाथ सहित देशभरका मन्दिरहरूमा आज जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरूको भीड लागेको छ । आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ । आजक...
सत्तामा माधव नेपाललाई उच्च प्राथमिकता…..
काठमाडौँ — एमालेबाट अलग भएको माधवकुमार नेपाल समूहलाई सत्ता गठबन्धनले ‘उच्च प्राथमिकता’ मा राखेर अवसर दिएको छ । नयाँ पार्टीको मान्यता पाइनसके पनि नेपालले सिफारिस गरेका व्यक्तिले धमाधम नियुक्ति पाउन थालेका छन् । केपी शर्मा ओलीलाई प्रतिस्थापन गर्दै प्रतिनिधिसभाको पुनःस्थापना र शेरबहादुर देउवा नेतृत्वको सरकार निर्माणमा नेपालको जोखिमपूर्ण कदम निर्णायक रहेको भन्दै गठबन्धनले शक्ति बाँडफाँटमा महत्त्वका सा...
प्रतिवन्धित तिम्मक (बन्दुक) सार्वजनिक
५ भदौ २०७८ ललितपुर लिम्बू समुदायमा हर्ष बधाई र कसैकाे मृत्यू हुँदा प्रयाेग गरिने तिम्मक (बन्दुक) चलचित्रकाे आज काठमाडाैमा पाेष्टर सार्वजनिक भएकाे छ । राेमियाे फिल्म्स प्रा.लि. काे व्यानरमा निर्मित चलचित्र तिम्मककाे चलचित्र जगतका सिद्दहस्त महानुभावहरु, पत्रकार र कलाकारहरुकाे माझ सार्वजनिक भएकाे हाे । याक्थुङ गाउँ वस्तिहरुमा प्रचलित सांस्कृतिक सामाग्री तिम्मकमाथि माओवादी जनयुद्दमा युद्दरत पक्...
भूतपूर्व गोर्खालाई समान पेन्सनको माग गर्दै लाख बढी हस्ताक्षर संकलन……
भूतपूर्व गोर्खा सैनिकलाई समान पेन्सन दिइनुपर्ने मागसहित सुरु गरिएको अनलाइन पिटिसन (हस्ताक्षर) एक लाख नाघेको छ । उक्त अभियानमा एकलाख तीन हजार ८ सय बढीले हस्ताक्षर गरेका छन् । एक लाख नाघेपछि बेलायत सरकारले संसद्मा यस विषयमा बहस गर्नुपर्ने प्रावधान छ । अब सरकारले गोर्खा विषयमाथि छिट्टै बहस गर्ने अपेक्षा छ । सन् १९९७ अघि अवकाशप्राप्त गोर्खालाई भेदभावरहित व्यवहार गर्न र ब्रिटिस भेट्रान्स सरह पेन्सन दि...
सुराकी परिचालनका नाममा सरकारी ढुकुटीबाट मनपरी रकम खर्च…..
काठमाडौँ — गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा सरकारी ढुकुटीबाट मनपरी रकम खर्च गरेका छन् । शान्तिसुरक्षा व्यवस्थापन शीर्षकमा गृह मन्त्रालयबाट हुने अपारदर्शी सुराकी खर्च रोक्न महालेखा परीक्षकको कार्यालयले बर्सेनि निर्देशन दिए पनि त्यसमा सुधार हुन नसकेको हो । तत्कालीन गृहमन्त्री रामबहादुर थापा र निवर्तमान गृहसचिव महेश्वर न्यौपानेले आव २०७६/७७ मा सुराकी खर्चबापत १ करोड ४८ लाख ५८ हजार खर्च ग...
स्थानीय तहले किने एक अर्ब ३३ करोडका सवारी साधन…..
काठमाडौँ — संघीय सरकारले पठाएको बजेटबाट स्थानीय तहले सवारी साधन खरिद गर्न वा भाडामा लिएर उपयोग गर्न पाउँदैनन् । तर, गाउँको विकास निर्माणका लागि केन्द्र सरकारले पठाएको बजेटबाट स्थानीय तहले गाडी किनेर जनप्रतिनिधिले विलासितामा प्रयोग गरिरहेका छन् । आर्थिक वर्ष ०७६/७७ मा ३४३ वटा स्थानीय तहले संघीय सरकारबाट प्राप्त वित्तिय समानीकरणअन्तर्गतकै बजेटबाट सवारी साधन खरिद गरेका छन् । महालेखा परीक्षकको कार्याल...
नेकपा एमाले तेस्रो धारको भेला…..
काठमाडौं, नेकपा एमाले तेश्रो धारको भेलाले विद्यमान राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा पार्टी एकता अत्यन्त महत्वपूर्ण भएको निष्कर्ष निकालेको छ । शुक्रबार काठमाडौंमा आयोजित भेलाले सो निष्कर्ष निकालेको हो । भेलापछि जारी संयुक्त वक्तव्यमा एमालेमा विभाजनको सकट आइलागेको बताउँदै थप विभाजन र विनाशको दिशातर्फ धकेलिनबाट पार्टीलाई जोगाउने चुनौती अगाडि आएको बताइएको छ । वक्तव्यमा भनिएको छ: ‘अब नेकपा...
थप ३०४२ जनामा कोरोना संक्रमण पुष्टि……
पछिल्लो २४ घण्टामा नेपालमा थप ३०४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ६५४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २६ जनाको मृत्यु र २२४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४४ हजार ३०७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७९ हजार ३४० जना पुगेक...
एमालेमा तेस्रो धारको जन्म भएको छ…..
काठमाडौं, औपचारिक विभाजनमै पुगिसकेको नेकपा एमालेमा बिहीबारदेखि तेस्रो धारको जन्म भएको छ । तेस्रो धारका ९ जना नेताहरुले विहीबार राति अबेरसम्म बैठक गरेर विज्ञप्तिमार्फत आफ्नो पोजिसन स्पष्ट पारेका छन् । उनीहरुले शुक्रबार आफ्नो समूहका केन्द्रीय सदस्यहरुसँग थप छलफल गरेर लाइन स्पष्ट पार्ने निर्णयसमेत गरेका छन् । माधव नेपालले बुधबार नेकपा एमाले (समाजवादी) पार्टी बनाएर निर्वाचन आयोगमा आवेदन दिएपछि उनलाई स...
आमरण अनशन १३ औं दिनमा अन्त्य…..
लन्डन — भूतपूर्व गोर्खा सैनिकहरूले समान पेन्सन लगायत अधिकारको माग गर्दै लन्डनमा शुरु गरेको आमरण अनशन १३ औं दिनमा बिहीबार अपरान्ह अन्त्य भएको छ । भूपू गोर्खा सैनिकका मागलाई लिएर तीन जना साउन २३ गतेदेखि अनशनमा रहेका थिए । गोर्खा मागका सम्बन्धमा बेलायत सरकारले नेपाल सरकार र गोर्खा प्रतिनिधिसँग वार्ता गरी उनीहरूका समस्या समाधान गर्ने लिखित प्रतिवद्धता जनाएपछि अनशन तोडिएको हो । बेलायती रक्षा राज्यमन्त...
















