शत्रुताको बाटो छाडेर आए एकता हुन्छ: माधव नेपाल……

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शत्रुताको बाटो छाडेर आए एकता हुने बताएका छन्। एमालेसँग पार्टी एकताको सम्भावना जीवितै रहेको पनि घाेषणा गरेका छन्। ‘एमालेसँग सधैंभरि एकताको ढोका खुलै हुने छ। एमालेमा विद्रोह गरेर आएमा एकता हुन्छ ’, अध्यक्ष नेपालले भने, ‘शत्रुताको बाटो छाडेर आए एकता हुन्छ।’ यस्तै, आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताएका छन्। नयाँ पार्टी गठन भएपछि ...

शेरधन राईद्वारा राजीनामा, भीम आचार्य नयाँ मुख्यमन्त्री नियुक्त……

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेकपा एमालेको सचिव समेत रहेका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो । प्रदेश १ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्...

अझै पार्टीको नेतृत्व गर्ने ओलीकाे संकेत……

एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै एकपटक पार्टीको नेतृत्व गर्ने संकेत गरेका छन्। अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने बताउँदै उनले यस्तो संकेत गरेका हुन्। स्थायी कमिटी बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा ओलीले कोही पनि व्यक्ति निर्विकल्प नहुने तर अनुकूल समयमा पार्टी एमालेले आउँदो मंसिर दोस्रो साता महाधिवेशन गर्ने निर्णय गरेलगत्तै ओलीको यस्तो धारणा आएको हो। एमाले ...

निर्वाचन आयोग पुगेका एमालेका चार सांसदको पद धरापमा……

नेकपा एमालेमा विभाजन हुँदा चार जना सांसदको पद धरापमा परेको छ । मूल पार्टी एमाले छाडेर माधव नेपालतिर लागेका चारजना सांसदलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि मान्यता नदिएपछि उनीहरुको पद धरापमा परेको हो । माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरी बसेका संघीय सांसदहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ८ गते एकीकृत समाज...

कोरियामा रहेका नेपालीलाई सेप्टेम्बरदेखि खोप……

दक्षिण कोरियामा रहेका सबै नेपालीले यही अंग्रेजी वर्षको सेप्टेम्बर महिनादेखि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । कोरियाली सरकारले यही वर्षको अन्तिमसम्म कोरियामा रहेका सबै नागरिकलाई खोप लगाउने नीति बनाएपछि यहाा रहेका नेपालीले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका हुन् । कोरियामा ४० हजारभन्दा बढी नेपाली रहेका छन् । रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत काम गर्न आएका कामदार ३५ हजारभन्दा बढी र...

अध्यक्ष ओली : सरकारले देश जोगाउन होइन प्रतिपक्ष फुटाउन अध्यादेश ल्याएको हो……

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले झुट बोलेको दाबी गरेका छन् । उनले अध्यक्ष दाहाललाई देशका अगाडि बेइमानी कुरा नगर्न पनि चेतावनी दिएका छन् । बुधबार देशको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पत्रकार सम्मेलन गरी उनले आफूले पहिला जारी गरेको अध्यादेश र अहिले सरकारले जारी गरेको अध...

स्थायी समिति बैठकमा तेस्रो धारको नेतृत्वका नेताहरु सहभागी…..

काठमाडौं, नेकपा एमालेको स्थायी समिति बैठकमा पार्टीभित्र तेस्रो धारको नेतृत्वका नेताहरु सहभागी भएका छन् । मंगलबार ११ बजेका लागि तय भएको बैठक चार घण्टा पछि सुरु भएको हो । तयारी पुरा नभएकाले बैठक केही घण्टा पछि सार्नुपरेको बताइएको छ । बैठक ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बसेको छ । नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने अन्तिम तयारी गरिरहेका बेला अध्यक्...

कुलमानविरुद्धको रिटमा इजलासबाट अन्तरिम आदेश दिन अस्वीकार…..

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेकोमा असन्तुष्ट पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शाक्यले आफूलाई कार्यकारी निर्देशकका रुपमा नै काम गर्न दिन माग गर्दै साउन ३२ गते सर्वोच्चमा रिट दायर गरेका थिए । प्रधान...

‘ब्याक’ भएमात्रै कारवाही फिर्ता, बालकोटको सहमतिको अर्थ छैन…..

काठमाडौं, एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेकै तेस्रो धारका नेताहरुबीच भएको छलफलले माधव नेपाल एमालेमा नफर्कने निष्कर्ष निकालेको छ । नेता नेपाल नयाँ पार्टी दर्ता प्रक्रियामा गइसकेकाले एमालेमा नफर्कने निष्कर्ष बालकोट बैठकले निकालेको हो । बालकोट बैठकमा अध्यक्ष केपी ओली र महासचिव ईश्वर पोखरेलसँग तेस्रो धारका नेताहरु भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट,...

सोमबार गाईजात्रा पर्वमा देखिएको भीड…..

काठमाडौँ — यो साताको सुरुमै आइतबार जनैपूर्णिमा परेको थियो भने सोमबार गाईजात्रा मनाइयो । यो दुवै पर्वको समयमा देशभरका विभिन्न स्थानमा मानिसहरुको भीड अत्यधिक देखिएको छ । विज्ञले कोरोना संक्रमणको अवस्था नेपालमा स्थिर नै रहेतापनि चाडपर्वको सिजन नजिकिएसँगै कोरोना संक्रमणको अवस्था ह्वात्तै बढ्न सक्ने आकलन गरेका छन् । उनीहरुका अनुसार १/२ हप्तामा संक्रमण बढ्न सक्छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल...

जनताको काम विनम्रतापूर्वक गर्नेछु…..

काठमाडौं, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कुनै प्रकारको दम्भ र अहङ्कार बिना नै आफ्नो नेतृत्वको सरकारले जनताको पक्षमा विनम्रतापूर्वक काम गर्ने बताएका छन् । उनले प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्दै प्रदेशको अनुहार पढ्ने र बदल्ने कुरालाई आफ्नो नेतृत्वको सरकारले कहीँ अवमूल्यन नगर्ने प्रस्ट पारे । उनले भने, ‘मेरो नेतृत्वको सरकारले जनताको जीवनमा सुधार, स्वास्थ्य ...

एमाले स्थायी कमिटी बैठक मङ्गलबार…..

काठमाडौँ, नेकपा (एमाले) को स्थायी कमिटी बैठक मङ्गलबार बस्ने भएको छ। सो बैठकमा मध्यमार्गी पक्षमा रहेका नेताहरु पनि उपस्थित हुने जनाइएको छ। विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि हाल एमालेमै रहेका उपाध्यक्ष डा भीम रावललगायतका नेता र अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा स्थायी कमिटी बैठक गरी पार्टीलाई गतिशील बनाउने सहमति भएको हो। उनीहरुबीच गत असार २७ मा भएको १० बुँदे सहमतिबमोजिम ...