नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनले एमालेमा एकछिन ग्रहण लागे जस्तो मात्र भएको बताएका छन् । बिहीबार जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्र उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले पार्टी विभाजन सूर्यमा बादल लागे जस्तो, ग्रहण लागे जस्तो मात्र भएको बताएका हुन् । कार्यक्रममा पार्टी विभाजनमा लागेका माधवकुमार नेपाललाई लक्षि...
समाचार
मध्यमार्गी नेतालाई अझै ओलीको आश, छाडे माधवको साथ …..
काठमाडौं, नेकपा एमाले विभाजन भएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भइसक्दा पनि माधव नेपाल पक्षकै केही नेताहरू भने अझै एमाले एकताको विकल्प नभएको भन्दै दौडधुपमा व्यस्त छन् । यी नेताहरू अझैसम्म केपी ओलीले माधव नेपालमाथिको कारबाही फिर्ता लिन्छन् र एमाले एक हुन्छ भन्ने आशमा छन् । बुधबार अपराह्न माधवकुमार नेपालसहितका नेताहरू नेकपा एमाले (समाजवादी ) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पुग...
विभाजित हुने कम्युनिस्ट टुटफुटको अध्यायमा…..
काठमाडौँ — सैद्धान्तिक भन्दा पनि व्यक्तिगत अहम् र महत्वाकांक्षाका कारण विभाजित हुने कम्युनिस्ट टुटफुटको अध्यायमा बुधबारबाट फेरि अर्को नयाँ पाठ थपिएको छ । आफूलाई कम्युनिस्ट आन्दोलनको मुलधारको रुपमा दाबी गर्दै आएको ‘एमाले’ औपचारिक रुपमै दुई चिरा परेको छ । यसअघि महाकाली सन्धीको विषयमा पार्टी भित्र विवाद हुँदा २०५४ सालमा एमाले विभाजित भएको थियो । तर, २०५८ सालमा पुनः एकिकृत हुँदै शक्तिआर्जन गरेको एमाले...
पहिलो महिला मुख्यमन्त्री बनिन् शाक्य…..
मकवानपुर, संघीयतामा प्रवेश गरेपछि पहिलो पटक महिलाले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । बुधबार एमाले नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएसँगै पहिलो महिला मुख्यमन्त्री बनेर इतिहास रचेकी हुन् । २०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनपछि संघीयता अन्तर्गत प्रदेश सरकारहरु गठन भए । तर सातै प्रदेशमा मुख्यमन्त्रीका रुपमा पुरुष नै चुनिए । यसबीचमा गण्डकी प्रदेश र लुम्ब...
नयाँ दल दर्ता गर्ने निर्णयसँगै अन्ततः एमाले फुट्यो……
नेकपा एमाले अन्ततः विभाजन भएको छ। वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल बनाउने निर्णय सँगै एमाले विभाजित भएकाे हाे। नेता नेपालले ‘नेकपा एमाले समाजवादी’ नामको दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरे...
नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने…..
काठमाडौं, एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार छनोटको समूह ‘एफ’ मा रहेको नेपालले फिलिपिन्ससँगको खेल आगामी असोज २ गते उज्वेकिस्तानमा खेल्ने तय भएको छ । नेपालले आफ्नो दोस्रो खेल हङकङसित असोज असोज ५ गते खेल्ने छ । यसैगरी सो समूहअन्तर्गत फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुने छ ।...
अध्यादेश गलत अभ्यासको निरन्तरता…..
काठमाडौँ, संसद्मा रहेका दुई ठूला दल नेकपा एमाले र जनता समाजवादी पार्टीका नेताहरूलाई सहज हुनेगरी सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ संशोधन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। एमालेमा देखिएको विवाद र जसपाको महन्थ ठाकुर पक्षलाई परेको अप्ठेरो फुकाउने गरी सरकारले अध्यादेश ल्याउन लागेको हो। मंगलबार मन्त्रिपरिषद्बाट पारित अध्यादेश राष्ट्रपति निवास पुगेको भए पनि जारी भइसकेको छैन। अध्यादेश ल्याउने सरकार...
काबुलबाट १२७ जना नेपाली नेपाल आइपुगे…..
काठमाडौँ — अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय १८ नेपाली र ९ भारतीयसहित १२७ जना नेपाल आइपुगेका छन् । परराष्ट्र मन्त्रालयले मंगलबार गरेको ट्विटअनुसार उनीहरुलाई कुवेतबाट चार्टर विमानमार्फत नेपाल ल्याइएको हो । उनीहरू मंगलबार बिहान १०:१५ बजे त्रिभुवन विमानस्थल झरेका हुन् । अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्य...
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ …..
काठमाडौं, सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो । यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति ...
नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने…..
काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको हो । लिग–२ अन्तर्गत नेपालले आगामी सेप्टेम्बरम...
तालिवानको आफ्नो विजयको सुनिश्चतता, चीनको चासो…..
अफगान राष्ट्रपति असरफ घानीले देश छाडिसके । तालिवानले आफ्नो विजयको सुनिश्चतता गरिसकेको छ । सोमबार अफगान नागरिकलाई कोरोना भाइरसबाट भन्दा पनि तालिवानको गोलीबाट बच्न गार्हो भएको छ । तालिवानले पूर्णरुपमा अफगानिस्तालाई नियन्त्रण गरिसकेपछि पनि अफगान जनतामाथि ज्यादती गर्लान् कि नगर्लान् ? लाखौँ-लाख मानिस शरणार्थीको रुपमा छिमेकी देशहरू पाकिस्तान, ताजकिस्तानमा शरण लिन पुगेका छन् । उनीहरूलाई घर फिर्...
जनताका सरोकार आवाज उठाउने थलोलाई निमोठे…..
काठमाडौँ — तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्दा तत्कालीन विपक्षी कित्तामा रहेका कांग्रेस, माओवादी केन्द्र र जसपाले सबैभन्दा ठूलो आलोचना गरेका थिए । त्यसबेला ती दलका नेताहरूको साझा धारणा थियो– 'ओलीले जनप्रतिनिधिमुलक संस्था, संसद्को महत्त्व बुझेनन्, जनताका सरोकार आवाज उठाउने थलोलाई निमोठे ।’ विपक्षी गठबन्धनमा रहेका दलहरूले सडकदेखि अदालतसम्म संघर्ष गरे । पुस ५ ...
















