प्रचण्ड दुबई पुगे,ओली सिंगापुर जाँदै…………….

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न १८ गते सिंगापुरतर्फ जाने भएका छन्। निकटस्थ र चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएकाले प्रधानमन्त्री ओली सिंगापुर जान लागेका हुन्। एक साताको सिंगापुर बसाइका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षण पनि गराउनेछन्। प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंहका अनुसार दैनिक कार्यसम्पादनका कारण धपेडी बढेकाले उनलाई आरामको जरुरत छ। केही दिन ...

भारतीय गाडीबाटै गाँजा तस्करी……….

वीरगन्ज– प्रतिबन्धित लागुऔषध गाँजा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा पर्सा प्रहरीले एउटा भारतीय नम्बरको बोलेरो जीपसहित चारजना भारतीय गाँजा तस्करलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटाइएको प्रहरी टोलीले सुक्खा बन्दगाह नजिक वीरगंज–२५, बहुअरीबाट बिआर २८ जी २७७० नम्बरको बोलेरो गाडीमा बनाइएको ‘फल्स बटम’भित्रबाट गाँजा बरामद गरेको हो। गाडीसहित भारत बिहार पूर्वी चम्पारण जिल्ला बिशुनपुर–३ का ३१...

पूर्वउपसचिवको छोरीलाई लक्षित गरी गोली प्रहार………

काठमाडौ - काठमाडौको कलंकी मन्दिर नजिकै विष्णु प्रसाद शर्माको घरमा गोली प्रहार भएको छ। गए राति अज्ञात समूहले काठमाडौंको कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको पूर्वउपसचिव शर्माको घरमा गोली प्रहार भएको गरेका हुन् ।  शर्माको तीनतले घरमा बाहिरबाट गोली प्रहार भएको र उक्त स्थानबाट गोलीको खोका समेत बरामद गरिएको प्रहरीले जनाएको छ। तीनतले घरको दोस्रो तलामा १९ वर्षीया छोरी अध्ययन गरिरहेकी थिइन् । बाहिरब...

पार्टी जिल्ला सचिव श्रेष्ठको मृत्यु शंकास्पद……..

पर्वत - पार्टी जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठको निधन संकास्पद भएको भन्दै नेपाली कांग्रेस पर्वतले निष्पक्ष छानबिन गर्न माग गरेको छ। काठमाडौंस्थित सामाखुसीको हिमालय सिटी सेन्टरको आठौं तलाबाट खसेको भनिएका श्रेष्ठको मृत्यु शंकास्पद भएको दाबी गर्दै पर्वत कांग्रेसले छानबिन गर्न माग गरेको हो। श्रेष्ठको आइतबार दिउँसो मृत्यु भएको थियो। जिल्ला सभापति खिमप्रसाद भुसालले विज्ञप्ती जारी गर्दै ठूला माछाको पोल ख...

प्रशासनका कर्मचारीको भ्रमण मोह,एक वर्षमै १६७……..

काठमाडौ - कर्मचारीहरू विभिन्न कार्यक्रमको मेलोमेसो मिलाएर विदेश भ्रमण गरिरहेका हुन्छन्। पछिल्लो एक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सबैभन्दा धेरैले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको छ। त्यसमा पनि चीन भ्रमण गर्नेको संख्या अधिक छ। सो मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०७५ जेठ ४ देखि २०७६ जेठ ९ गतेसम्म १ सय ६७ जनाले विदेश भ्रमण गरे। तीमध्ये चीन जानेको संख्या मात्र १ सय ४ छ। ...

प्रशासनबाट नागरिकता फाइल जफत………..

काठमाडौं - किर्ते कागजात खडा गरी विदेशीलाई नेपाली नागरिकताको प्रमाणपत्र जारी गरेको आरोपमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट वितरित नेपाली नागरिकतासम्बन्धी अभिलेख फाइल नियन्त्रणमा लिएको छ। भारतीयसहित भुटानी र तिब्बती शरणार्थीलाई फर्जी कागजात तयार पारेर नागरिकता जारी गरेको उजुरी परेपछि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता वितरण गरिएको अभिलेख फाइल नियन...

बाढीले तहसनहस हुलाकी राजमार्ग………..

असारको अन्तिम साता तराईमा आएको बाढीले हुलाकी राजमार्गलाई तहसनहस बनाएको छ। सर्लाही र रौतहट क्षेत्रमा जताततै सडक भत्किएका कारण सवारी आवगमन ठप्प बनेपछि स्थानीयले सास्ती बेहोर्नुपरेको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत सदरमुकाम मलंगवादेखि करिब २५ किलोमिटर पश्चिमको बलरा पुगेर फर्कंदा करिब १ सय ५० किलोमिटरको यात्रा तय गर्नुप-यो। सुरुमा ३५ किलोमिटर उत्तर पुगेर फेरि ४० किलोमिटर दक्षिण झर्...

पूर्वमाओवादीलाई छाड्छु, पूर्वएमालेलाई छाड्दिन……….

वीरगन्ज– नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालले स्कूल विभाग पूर्वमाओवादीको भागमा आफुले छाड्ने र पूर्वएमालेको भागमा परे नछाड्ने बताएका छन्। आइतबार वीरगन्जमा प्रेस संगठन पर्साले गरेको पत्रकार सम्मेलनमा नेता भुसालले पूर्वएमालेबाट नेतृत्व गर्नुपर्ने अवस्था आयो भने स्कुल विभागको नेतृत्वमा पहिलो दाबेदार आफु हुने बताएका हुन्। नेता भुसालले भने, ‘तर सहमतिका क्रममा स्कुल विभागको नेतृत्...

सरकारी जग्गा हडपेकालाई लालपुर्जा दिन प्रस्ताव…………

काठमाडौं - सरकारले ऐलानी जग्गा तथा वन अतिक्रमण गरेर बसेका भूमिहीन, सुुकुमबासी र अव्यवस्थित बसोवासीलाई एकपटकका लागि लालपुर्जा दिने तयारी गरेको छ। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्नेगरी विधेयक संसद्मा लगेको हो। हाल उक्त विधेयक छलफलका लागि संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छ। विधेयकमा हाल आवादी रहेको स्थानमा कम्तीमा १० वर्षदेखि बसोवास गर्दै ...

मिति तोक्न कांग्रेस केन्द्रीय सदस्यहरुको दबाब………

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीको १४ औ महाधिवेशनको मिति निर्धारण गरि अघि बढ्न नेतृत्वलाई दबाब दिएका छन्। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पेश भएका १४ वटा एजेण्डा मध्ये पार्टीको महाधिवेशनको विषय गम्भीर र महत्वपुर्ण एजेण्डाको रुपमा छलफल हुदै आएको छ। केही सदस्यहरुले तत्कालका लागि विधानको संक्रमणकालिन व्यवस्था अनुसारको संरचना बनाउने र केही सम...

नेकपामा शीर्ष नेताको विभाग मोहले उल्झन……….

काठमाडौं - पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले नै विभागीय प्रमुखमा रुचि देखाएका छन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीका ३२ विभागमध्ये प्रमुख ६ वटामा चारवटा पूर्वएमाले र २ वटा पूर्वमाओवादी केन्द्रको भागमा लगाएका छन्। ती विभागमा शीर्ष नेताहरूले नै आँखा लगाउँदा विवाद देखिएको छ। २०५० सालमा तत्कालीन एमाले विदेश विभाग प्...

सवैभन्दा पुरानाे हेटौंटा सिमेन्ट संकटमा………..

काठमाडौं । नेपाली सिमेन्ट उत्पादनमा सबैभन्दा उच्च गुणस्तरको मानिने हेटौंडा सिमेन्ट यतिबेला आफ्नो पहिचान जोगाउन संघर्ष गर्दैछ । एशियाली विकास बैंकको सहयोगमा विसं ०३३ सालमा हेटौंडाको लामसुरे हाइटमा स्थापना भएको उद्योगले शक्ति ब्राण्डको सिमेन्ट उत्पादन गर्छ । यद्यपि आम मानिसले यसलाई हेटौंडा सिमेन्ट भनेरै चिन्छन् । पूर्ण सरकारी स्वामित्वको यो उद्योग हरेक आर्थिक वर्ष नयाँ लक्ष्यका साथ अगाडि बढ्छ । तर, ...