काठमाडौँ — एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् । एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन् । उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए । राजीनामा पत्रमा एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गरिएको छ । राजीनामा पत्र बुझाउँदै गौतम...
समाचार
चार दिदीबहिनीको तीज–सपनाको पनि दुःखद अन्त्य भयो …..
दाङ — तीजका लागि कपडा किन्न बुधबार बिहानै गाडी रिजर्भ गरेर उनीहरू भारतको रुपैडिहा बजार पुगे । किनमेल गर्दागर्दै झमक्क साँझ पर्यो । घोराही आइपुग्दा रातको १० बजिसकेको थियो । घोराही उपमहानगरपालिका–४ गोग्लीस्थित सिस्ने खोलामा बाढी उर्लिएकाले ठूला गाडीसमेत रोकिएका थिए । चालकले उनीहरू सवार कारलाई भने अगाडि बढाइरहे । खोला पार गर्दागर्दै बाढीले कार बगायो । कारसँगै चार दिदीबहिनीको तीज–सपनाको पनि दु...
स्थान नै यकिन नगरी,साढे २५ करोडको ठेक्का अन्धाधुन्ध सुम्पियो…..
काठमाडौं, पूर्ववर्ती सरकारले एक स्थानीय तहमा सार्वजनिक खरिद ऐनको नै खिल्ली उडाउने गरी एक परियोजनाको नाममा मनलाग्दी खर्च गरेको पाइएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, दाङ अन्तर्गतको रुकुमकोट सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित करिब २२ रोपनी जग्गामा बन्ने भनिएको सभाहल निर्माणका लागि करोडौँको खेल खेलेको पाइएको हो । सार्वजनिक खरिद ऐन, २०७६ को दफा ६ को उपदफा ३ मा राष्ट्रिय योजना आयोगले मध्यकालीन खर...
विरोध गरेपछि कांग्रेसले निर्देशिकामा संशोधन…..
काठमाडौँ — कांग्रेसले छ हजार सात सय ४३ वटै वडाबाट समावेशी समूहको प्रतिनिधित्व अनिवार्य गरेको छ । निर्वाचन निर्देशिकामा संविधान र पार्टीको विधानको भावनाविपरीत कतिपय वडा र जिल्लाबाट समावेशी समूहको सहभागिता शून्य बनेको भन्दै विभिन्न भातृ संस्था र नेताहरुले विरोध गरेपछि कांग्रेसले निर्देशिकामा संशोधन गरेको हो । अब छ हजार सात सय ४३ वटै वडाबाट सम्बन्धित समावेशी समूहका क्रियाशील सदस्य भएको अवस्थामा कम्ति...
एउटाले मात्रै उम्मेदवारी दिन्छौं…..
काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षीहरुले आसन्न महाधिवेशनमा एकताबद्ध भएर प्रतिस्पर्धा गर्ने प्रतिबद्धता बताएका छन् । वडा अधिवेशनको सम्मुखमा पौडेल समूहका नेताहरुले एकताको सन्देश दिँदै महाधिवेशनमा सिंगो समूहका तर्फबाट एक जनामात्रै उम्मेदवार बन्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । पौडेलको दायाँपट्टि महामन्त्री शशांका कोइराला र बायाँपट्टि क्रमशः पूर्वमहामन्...
नेकपा (माओवादी केन्द्र) सँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट…..
काठमाडौं, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट गरेका छन् । बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग व...
नेपाल-चीन ‘सीमा विवाद’ बल्झिने संकेत…..
काठमाडौँ — सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खामा नेपाली भूभाग अतिक्रमण भए/नभएको सम्बन्धमा टोली खटाएर स्थलगत अध्ययन गर्ने भएको छ । अध्ययनका लागि मन्त्रिपरिषद्ले बुधबार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नापी विभागका अधिकारी र सीमाविद् सम्मिलित उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । सीमा तथा कूटनीतिक मामिलाका जानकारहरूले भने सरकारको यो निर्णयले नेपाल–च...
एमसीसी उपाध्यक्ष अर्को साता नेपाल आउँदै…..
काठमाडौँ — अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता कार्यान्वयनमामा ढिलाइ भइरहेका बेला एमसीसीकै उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउने भएकी छन् । उनको साथमा अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि आउने भएका छन् । एएसीए नेपालका अध्यक्ष खड्गबहादुर विष्टका अनुसार उपाध्यक्ष सुमरको टोली अर्को साता नेपाल आउनेछ । नेपाल बसाईका क्रममा एमसिसीको बारेमा प्रधानमन्त्री शे...
माथिल्लो तामाकोशी आयोजना सम्पन्न हुने संघारमा…..
काठमाडौं, निर्माण शुरू भएको १० वर्षपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजना सम्पन्न हुने संघारमा पुगेको छ । ४५६ मेगावाट क्षमतायुक्त राष्ट्रिय गौरवको सूचीमा परेको आयोजना निर्माण २०६८ मा शुरू भएको थियो । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले आयोजना शिलान्यास गरेका थिए । निर्माण शुरू भएको १० वर्ष अर्थात आर्थिक वर्ष २०७४ सालभित्र आयोजना निर्माण सकेर व्यवसायिक रुपमै विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिए...
सभामुख र निर्वाचन आयोगको निर्णयविरुद्ध एमाले सर्वोच्च अदालतमा…..
एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, तत्कालीन एमालेमा रहेका १४ सांसद र लुम्बिनीका सभामुख पूर्णप्रसाद घर्तीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । एमालेले १४ सांसदलाई सिफारिस गरे पनि कारबाही नगरेको भन्दै सभामुख, कारबाहीका लागि सिफारिस गरिएका १४ सांसदको सनाखत गरी पार्टी विभाजन गरेको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाउँदै अध्यक्ष ओलीले बुध...
काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो : अब स्कूल खोल्न सकिने…….
काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएको छ। त्यसै पनि खुकुलो बनिरहेको निषेधाज्ञालाई काठामाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप खुकुलो बनाएको हो। काठमाडौंँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकलगत्तैे काठमाडौँ जिल्ला प्रशासनले सूचना निकालेर निषेधाज्ञा खुकुलो बनाएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले भाद्र मसान्तसम्म लागू हुने गरी निषेध...
देउवालेओलीसँग सम्बन्ध सुधार गर्ने प्रयास…..
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसँग सम्बन्ध सुधार गर्ने प्रयास थालेका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजन गराएकामा आक्रोशित ओलीसँग कुरा गर्न प्रधानमन्त्री देउवाले आफ्ना विश्वासपात्र कानुनमन्त्री ज्ञानेन्द्र कार्कीलाई मंगलबार राति बालकोट पठाएका थिए । ओली र कार्कीबीच साढे दुई घण्टा कुराकानी भएको थियो । प्रमुख प्रतिपक्षले स...
















