नख्खु कारागारमा कुटाकुट हुँदा एकको मृत्यु……….

काठमाडौं– ललितपुरस्थित नख्खु कारागारमा दुई कैदीबन्दीबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ। सिमेन्टको ब्लकले प्रहार गर्दा पूर्णबहादुर राबीको मृत्यु भएको हो। कर्तव्य ज्यान मुद्दाका राबीको मानसिक सन्तुलन गुमेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको हो। कर्तव्य ज्यान मुद्दाकै कोमलकुमार महतोले भूइँमा बिच्छाइएको ब्लकले राबीलाई प्रहार गरेको कारागार प्रशासनको भनाइ छ। महतोलाई...

भारतीय गाडी नियन्त्रण गर्न प्रहरी अभियान………

वीरगन्ज - पिबि२२एन १५२७ नम्बरको टाटा जिस्ट कार जाँचका क्रममा पर्सा प्रहरीले नियन्त्रणमा लियो। अनुसन्धानपछि उक्त नम्बरमा भारतमा स्कुटर दर्ता रहेको फेला प-यो। अर्को डब्लुबिडी ९६६८ नम्बरको जिप पनि प्रहरीले फेला पारेको छ। सो गाडी चोरी भयो भनेर भारतमा गाडीधनीले बिमा कम्पनीबाट क्षतिपूर्तिसमेत असुलिसकेको रहस्य खुलेको छ। निर्वाचित जनप्रतिनिधिदेखि तस्कर, अपराधी, उद्योगी–व्यापारीसम्मले प्रयोग गर्न थालेपछि स...

समाजवादीका जिल्ला कार्य समति सदस्यमाथि गोली प्रहार……….

कपिलवस्तु– लुम्बिनी तौलिहवा सडकखण्ड अन्तर्गत सुद्दोदन गाउँपालिकाको टिटिरिहया नजिकै समाजवादी पार्टी नेपालका जिल्ला नेतामाथि गोली प्रहार भएको छ। गाउँपालिका–५ बिचौवापुरका ४० बर्षिय राम नयर यादवमाथि बिहीबार दिउँसो करिब १ बजे गोली प्रहार भएको हो। आफनो लु १९ प ४४४३ नम्बरको मोटरसाईल चढेर लम्बिनीबाट तौलिहवा जानेक्रममा उनीमाथि गोली प्रहार भएको हो। आधा दर्जनको संख्यामा रहेका व्यक्तिहरुले आफुमाथि गोली चलाएको...

ललितानिवासको प्रतिवेदन दराजमा सीमित………

काठमाडौं - पूर्वसचिव शारदाप्रसाद त्रिताल: प्रधानमन्त्रीज्यू, कतै यो प्रतिवेदन दराजमा सीमित हुने त होइन हजुर ? प्रधानमन्त्री केपी शर्मा ओली: तपाईहरुले यति धेरै मेहनत गरेर तयार पार्नुभएको प्रतिवेदन कार्यान्वयन गरेरै छाड्छु। पूर्वसचिव त्रिताल: विगतका प्रतिवेदन त्यत्तिकै थन्किएका छन्, यसमा हाम्रो मेहनत खेर नजावस हजुर। प्रधानमन्त्री ओली: यस्तो सिरियस केस रहेछ, ढुक्क हुनुस, कार्यान्वयन गरेरै छाड्...

गरिबी हटाउने गरि काम गर्न निर्देशन………..

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान गरिवी र पछौटेपन बदल्ने गरी काम गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले विकसित हुने पर्याप्त सम्भावना हुँदाहुँदै पनि गरिवी र पछौटेपनको चपेटामा परेको मुलुकलाई अघि बढाउन सरकारले आवश्यक नीति तथा कार्ययोजना तय गरेको पनि स्पष्ट पारे। बुधबार सिंहदरबारस्थित आफ्नै कार्यालयमा मन्त्रीहरुसँग चालू आर्थिक वर्षको कार्य योजनामा सम्झौंत...

चार दिनदेखि बन्द कर्णाली राजमार्ग खुल्यो……….

जुम्ला– अविरल वर्षासँगै आएको पहिरोका कारण बन्द कर्णाली राजमार्ग चार दिन पछि खुलेको छ। कर्णाली राजमार्गको कालिकोट खण्डस्थित कालेखोलामा ४० मिटर सडकमा पहिरो गएको थियो। जसमध्ये १० मिटर सडकको कुनै निसाना थिए। कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की दुई घण्टा अघिदेखि कर्णाली राजमार्गमा साना सवारी साधनको आवतजावत शुरु भईसकेको बताउँछन्। उनले भने, ‘चार दिनदेखि थुनिएका साना सवारी साधन चले, ठुला स...

सरकारलाई गिज्याउँदै गौरवका आयोजना………..

काठमाडौं - सरकारले मुलुकभरमा सबैभन्दा बढी महŒव दिएको भनिएका राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट खर्च गर्न सकेको छैन। राष्ट्रिय गौरवका आयोजनामा हुने गरेको ढिलासुस्ती र बजेट खर्च नगर्ने प्रवृत्तिले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई गिज्जाइरहेको छ। अहिले मुलुकभर राज्यले महत्व दिएका आयोजना २२ वटा छन्। सरकारी अधिकारीहरुका अनुसार यी आयोजनामा गत आर्थिक वर्षमा विनियोजित बजेटमध्ये १० अर्ब ...

प्रचण्ड दुबई पुगे,ओली सिंगापुर जाँदै…………….

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न १८ गते सिंगापुरतर्फ जाने भएका छन्। निकटस्थ र चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएकाले प्रधानमन्त्री ओली सिंगापुर जान लागेका हुन्। एक साताको सिंगापुर बसाइका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षण पनि गराउनेछन्। प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंहका अनुसार दैनिक कार्यसम्पादनका कारण धपेडी बढेकाले उनलाई आरामको जरुरत छ। केही दिन ...

भारतीय गाडीबाटै गाँजा तस्करी……….

वीरगन्ज– प्रतिबन्धित लागुऔषध गाँजा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा पर्सा प्रहरीले एउटा भारतीय नम्बरको बोलेरो जीपसहित चारजना भारतीय गाँजा तस्करलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटाइएको प्रहरी टोलीले सुक्खा बन्दगाह नजिक वीरगंज–२५, बहुअरीबाट बिआर २८ जी २७७० नम्बरको बोलेरो गाडीमा बनाइएको ‘फल्स बटम’भित्रबाट गाँजा बरामद गरेको हो। गाडीसहित भारत बिहार पूर्वी चम्पारण जिल्ला बिशुनपुर–३ का ३१...

पूर्वउपसचिवको छोरीलाई लक्षित गरी गोली प्रहार………

काठमाडौ - काठमाडौको कलंकी मन्दिर नजिकै विष्णु प्रसाद शर्माको घरमा गोली प्रहार भएको छ। गए राति अज्ञात समूहले काठमाडौंको कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको पूर्वउपसचिव शर्माको घरमा गोली प्रहार भएको गरेका हुन् ।  शर्माको तीनतले घरमा बाहिरबाट गोली प्रहार भएको र उक्त स्थानबाट गोलीको खोका समेत बरामद गरिएको प्रहरीले जनाएको छ। तीनतले घरको दोस्रो तलामा १९ वर्षीया छोरी अध्ययन गरिरहेकी थिइन् । बाहिरब...

पार्टी जिल्ला सचिव श्रेष्ठको मृत्यु शंकास्पद……..

पर्वत - पार्टी जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठको निधन संकास्पद भएको भन्दै नेपाली कांग्रेस पर्वतले निष्पक्ष छानबिन गर्न माग गरेको छ। काठमाडौंस्थित सामाखुसीको हिमालय सिटी सेन्टरको आठौं तलाबाट खसेको भनिएका श्रेष्ठको मृत्यु शंकास्पद भएको दाबी गर्दै पर्वत कांग्रेसले छानबिन गर्न माग गरेको हो। श्रेष्ठको आइतबार दिउँसो मृत्यु भएको थियो। जिल्ला सभापति खिमप्रसाद भुसालले विज्ञप्ती जारी गर्दै ठूला माछाको पोल ख...

प्रशासनका कर्मचारीको भ्रमण मोह,एक वर्षमै १६७……..

काठमाडौ - कर्मचारीहरू विभिन्न कार्यक्रमको मेलोमेसो मिलाएर विदेश भ्रमण गरिरहेका हुन्छन्। पछिल्लो एक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सबैभन्दा धेरैले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको छ। त्यसमा पनि चीन भ्रमण गर्नेको संख्या अधिक छ। सो मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०७५ जेठ ४ देखि २०७६ जेठ ९ गतेसम्म १ सय ६७ जनाले विदेश भ्रमण गरे। तीमध्ये चीन जानेको संख्या मात्र १ सय ४ छ। ...