स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल……..

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ३३ वटै विभाग टुंगो लगाएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन्। शुक्रबार बसेको नेकपा सचिवालयको बैठकले पोख्रेललाई स्कुल विभागको जिम्मेवारी दिएको हो। स्कुल विभागमा पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट ईश्वर पोखरेलले दाबी गर्दै आएका थिए। त्यस्तै भीम रावल, घनश्याम भुसाल...

रविलाई म्याद थप गर्न जिल्ला अदालत ……..

काठमाडाैं - प्रहरीले केही दिन अघि पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा संलग्न रहेको अशंका न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज कँडेल, र ओखलढुङ्गाकी अस्मिता कार्कीलाई म्याद थप गर्न जिल्ला अदालत उपस्थित गराएको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पछाडीको गेटबाट अदालतमा उपस्थित गराएको हो । जिल्ला प्रहरी कार्यालय चितवनक...

नेकपाकाे सचिवालय बैठक सुरू……….

काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु बैठकमा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल, बामदेव गौतम , ईश्वर पोख्रेल, माधवकुमार नेपाल, विष्णु पौडेल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ सहभागी छन्। बिहीबारका लागि बोलाइएको बैठक प्रधानमन्त्री अस्वस्थ भएपछि शुक्रबार दिउ...

टाइगर प्यालेसको सम्पत्ति रोक्का……..

बुटवल - रुपन्देहीको कोटिहवामा रहेको पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टको सम्पूर्ण सम्पत्ति रोक्का भएको छ। सरकारी जग्गा मिचेर निर्माण गरिएको होटलविरुद्ध परेको पूरक निवेदनमा जिल्ला अदालत रुपन्देहीले होटलको सम्पूर्ण सम्पत्तिसहित सेयर खरिदबिक्री रोक्का गर्न आदेश दिएको हो। गत असार १९ गते भैरहवा लुम्बिनी भूमिगत जल परियोजनाको १० कट्ठाभन्दा बढी नहर क्षेत्र अतिक्रमण गरेर होटल निर्माण गरेको भन्दै मुद्दा पर...

नेकपा सचेतक ढकालको घरमा बम प्रहार……..

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ का प्रमुख सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ। रुपन्देही सैनामैना ७ रामापुरमा मा रहेको ढकालको घरमा शुक्रबार बिहान साढे २ बजेतिर पेट्रोल बम प्रहार भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक(डीएसपी) भीमलाल भट्टराइले जानकारी दिए। बम प्रहारबाट ढकालको घरमा सामान्य क्षति भएको छ भने उनले प्रयोग गर्दै आएको लु १ ज ४५६ नम्बरको कार...

वडा कार्यालय पुगेका एक युवा अध्यक्षबाटै कुटिए……….

सिरहा - नागरिकता लिन वडा कार्यालय गएका एक युवक वडा अध्यक्षबाटै कुटिएका छन्। सिरहा नगरपालिका १८ का २५ वर्षीय मनोज कुमार रायलाई सोही वडाका अध्यक्ष रामसोगारथ यादवसहितको समूहले कुटपिट गरेको हो। ०७६ असार २५ गत्ते मनोजका बुवा रामसेवक रायको नागरिकताको प्रमाणपत्र वडा अध्यक्ष यादवले सिँचाई बोडिङको उपभोक्ता समिति निर्माण गर्ने भन्दै लिएका थिए। मनोज सोही नागरिकता फिर्ता लिन साउन २८ गत्ते दिउँसो वडा कार्यालय ...

विकटमा ज्यान जोगाउन हेलिकोप्टरको सहारा……….

धादिङ - रुविभ्याली गाउँपालिका–१ लब्दुङका ५१ वर्षीय न्य थापा तामाङ एकसाता अघि बिरामी भएर ढले। पेट दुखेर छटपटाइरहेका उनलाई छिमेकीले स्थानीय क्लिनिकमा लगे। स्वास्थ्यकर्मीले दुखाइ कम गराउन स्लाइन पानी दिए तर दुखाइ कम भएन। पेट दुखाइ झनै बढेपछि छिमेकीको सहारामा काठमाडौंबाट हेलिकोप्टर मगाइयो र उपचारका लागि सुविधासम्पन्न अस्पताल पु-याइयो। उनको आन्द्रामा प्वाल परेको रहेछ। उपचारका क्रममा अहिले उनी शल्यक्रिय...

सार्वजनिक यातायात प्राधिकरण विधेयक आयो………..

काठमाडौं– सरकारले काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ राष्ट्रियसभामा प्रस्तुत गरेको छ। काठमाडौं उपत्यकाभित्र यात्रुहरुको आवतजावतलाई सरल सहज र विश्वसनीय लागत प्रभावी र सुरक्षित बनाई सार्वजनिक यातायात सेवालाई व्यवस्थापन, विकास तथा विस्तार गर्न सरकारले विधेयक ल्याएको हो। बुधबारको राष्ट्रियसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले प्राधिकरण विधेयक छ...

चलचित्र ‘घरजम’ हङकङबाट प्रदर्शन हुदैं

१२ अगष्ट, हङकङ– हङकङबासी चलचित्र तथा म्युजिक भिडियो निर्देशक मौसम लिम्बु ‘फुलन्देको बाउ’ द्धारा निर्देशित नेपाली कथानक चलचित्र 'घरजम' को प्रदर्शन हङकङबाटै शुरु हुने भएको छ । सोमबार साझ रोमियो फिल्मस परिवार हङकङद्धारा जोर्डनस्थित ब्लु ओसियन रेष्टुरेण्ट एण्ड बारको हलमा चलचित्रको टिजर प्रनर्शन संगै जानकारी सभाको आयोजना गर्दै उक्त चलचित्रको ग्राण्ड प्रिमियर शो १५ सेप्टेम्बर २०१९, आइतबार साँझ ७:३० बजे...

एक वर्षमै साढे ३४ अर्बको सुन आयात………..

काठमाडौं - मुलुकको व्यापार घाटा धान्नै नसक्ने गरी बढेका बेला सुनमात्रै साढे ३४ अर्बको आयात भएको छ। उच्च व्यापार घाटाले अर्थतन्त्रमा समस्या पार्ने संकेत देखिएकाले विलासी वस्तु सुन आयात घटाउन सरकारले उपाय खोज्नुपर्ने देखिएको छ। अर्थशास्त्रीहरु पनि व्यापार घाटा कम गर्न सरकारले तत्कालका लागि विलासी वस्तु आयात कम गर्ने नीति अख्तियार गर्न सुझाव दिन्छन्। भन्सार विभागका अनुसार आव ०७५/७६ मा ३४ अर्ब ६१ करोड...

वन फँडानीका प्रमुख योजनाकार………..

डोटी - सव–डिभिजन वन कार्यालय वीपीनगरका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट नगदसहित अख्तियारको टोलीले समात्यो। वीपीनगर क्षेत्रमा काटिएको काठको ठेक्का मिलाइदिएबाफत घुस रकम लिएको भन्ने ‘बेनामे’ उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोली उनलाई खोज्दै त्यहाँ पुगेको थियो। डिएसपीको नेतृत्वमा आएको टोलीले उनको झोलामा नगद तीन लाख २६ हजार रक...

गौतमसँग प्रधानमन्त्री ओलीले निरन्तर संवाद………..

काठमाडौं - प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचार गरी सोमबार स्वदेश फर्किए। प्रधानमन्त्री ओलीको स्वागतका लागि नेकपा सचिवालय सदस्य वामेदव गौतम विमानस्थल पुगे। केही समयअघिसम्म पार्टी अध्यक्ष ओलीसँगको सम्बन्ध सुमधुर नभएको चर्चा भइरहँदा सांसदसमेत नरहेका गौतम अचानक ओलीको स्वागतका लागि विमानस्थल पुग्नुलाई नेकपाभित्रको आन्तरिक राजनीतिमा अर्थपूर्ण...