सरकारले प्रमुख प्रतिपक्ष पेलेरै संसद् अधिवेशन अघि बढाउने संकेत…..

काठमाडौँ — सरकारले प्रमुख प्रतिपक्ष एमालेलाई पेलेरै संसद् अधिवेशन अघि बढाउने स्पष्ट संकेत गरेको छ । संघीय संसद्को नवौं अधिवेशनको पहिलो दिन बुधबार एमालेले रोस्ट्रम घेरेर सभामुख अग्निप्रसाद सापकोटाको विरोध गरिरहेकै बेला गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७८ पेस गरेका छन् । एमाले अवरोधका कारण प्रतिनिधिसभा बैठक रोक्दै बोलाउँदै गरेर तेस्रो पटकमा खाँणले अध्यादेश पेस ...

संसद बैठक आज अपरान्ह ४ बजे बस्दै…..

काठमाडौं, संघीय संसदका दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । बुधबार अपरान्ह ४ बजे दुबै सदनको बैठक बस्न लागेको हो । आज बस्ने बैठकका लागि संसद सचिवालयले ३२ बुँदे सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश–२०७८ सदनमा पेस...

पशुपतिको जलहरीमा ११ केजी सुन घोटाला…..

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीको पुनः परीक्षण गर्ने भएको छ । १ सय ८ केजी सुनको जलहरी बनाउँदा कोषका वर्तमान र पूर्वपदाधिकारी तथा कर्मचारीले भ्रष्टाचार गरेको प्रमाण भेटिएपछि अख्तियारले जलहरीको पूर्ण प्राविधिक परीक्षण गर्न लागेको हो । स्रोतका अनुसार अख्तियारले कोषका सदस्यसचिव मिलनकुमार थापासँग सोमबार र मंगलबार १२ घण्टा बयान लिँदै १२ पाने कागज भराए...

हिरासतमा मृत्यु भएका भिम कामतका आफन्तले प्रदर्शन…..

विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा मृत्यु भएका विराटनगर–११ का भिम कामतका आफन्तले मंगलबार विराटनगरमा प्रदर्शन गरेका छन्। फलामका रड, लाठीसहित कामतका आफन्त प्रदर्शनमा उत्रिएपछि विराटनगरको बजार पसल बन्द भएका छन् भने यातायात सेवा पनि अवरुद्ध भएको छ। प्रदर्शनकारीहरूले विराटनगरको मुख्य चोकहरूमा टायर बालेर बिरोध प्रदर्शन गरिरहेका छन्। विराटनगर–धरान छ लेन सडकमा विभिन्न स्थानमा टायर बालेर प्रद...

पपुवान्यसगिनीमाथि दुई विकेटको संघर्षपूर्ण जीत हासिल…..

काठमाडौं, नेपालले एकदिवसीय शृङ्खलाको पहिलो खेलमा पपुवान्यसगिनीमाथि दुई विकेटको संघर्षपूर्ण जीत हासिल गरेको छ । पुपुवान्युगिनीले प्रस्तुत गरेको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो । पपुवा न्युगिनीले अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो । ओमानस्थित अल अमेरत रंगशालामा टस जितेर ब्याटिङ थालेको पपुवा न्युगिनीविरुद्ध सन्दीप लामिछानेले ४, विक्रम सोब र कुशल मल्लले दुई...

‘प्रचण्ड’ले एमसीसी पास नहुने घोषणा गरे…..

काठमाडौं, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने घोषणा गरेका छन् । मंगलबार पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । एमसीसी पास हुँदैन,  किनभने हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन’, प्रचण्...

सोमबार बिहान उपत्यकामा भारी मात्रामा वर्षा भएको छ…..

काठमाडौँ,  काठमाडौं उपत्यकामा सोमबार बिहान १ बजेदेखि ८ बजेर ४५ मिनेटबीचको समयमा १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको छ। मौसमविद्ले यसलाई रेकर्ड ब्रेक वर्षा भनेका छन्। सेप्टेम्बर महिनामा काठमाडौंमा यसपटक एकै दिन १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको छ। ‘यो भनेको ऐतिहासिक वर्षा हो। यस्तो वर्षा बिरलै हुन्छ’, वरिष्ठ मौसमविद् निराजन सापकोटाले भने। काठमाडौंमा यसअघि २००८ को सेप्टेम्बर १२ मा ८४ दशमलब ३ मिलिम...

राजनीतिक दलको मुख्य आम्दानीको स्रोत के हो ?…..

काठमाडौँ — राजनीतिक दलको मुख्य आम्दानीको स्रोत के हो ? प्रस्ट छ– विभिन्न व्यक्ति र संस्थाले दिने चन्दा । तर, केही वर्षयता प्रमुख राजनीतिक दलको हिसाब हेर्ने हो भने उनीहरूले चन्दा र सहयोग खासै देखाएका छैनन् । अधिकांश दलको लेखा परीक्षण प्रतिवेदनमा चन्दा र सहयोग भन्ने अनुसूचीमा कतैबाट लिएको देखाइएको छैन । जबकि राजनीतिक दललाई चन्दा दिएको उद्योगपति, व्यापारीले सार्वजनिक मञ्चमै बताउने गरेका छन् । नेकपाले...

संखुवासभाको खोलागाउँमा एकै घरका ६ जनाको हत्या…..

काठमाडौँ — संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँमा एकै घरका ६ जनाको हत्या भएको घटनास्थलमा प्रहरी र जनप्रतिनिधि पुगेका छन् । सोमबार बिहान खोला गाउँका स्थानीयले एकै परिवारका ६ जनाको शव घर वरिपरि भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनामा ५८ वर्षीय तेजबहादुर कार्कीसहित उनकी आमा ८० वर्षीया पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा कार्कीको...

घरका बाघ, बनका स्याल यो भन्दा नालायकी के हुन्छ ?…..

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिक मारिँदा सरकार चुइक्क बोल्न नसकेको जिकिर गरेका छन् । सोमबार युवा संघ नेपालले काठमाडौमा आयोजना गरेको भेला तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली नागरिक मारिँदा पनि सरकार चुइक्क बोल्न नसकेको बताएका हुन् । उनले नेपाली भूमिमा दशौँ हेलिकोप्टरहरू उडिरहेको तर सरकार बेखवर हुने गरेको भन्दै कटाक्ष गरे । ओलीले जयसिंह धामी प्रकर...

अनेरास्ववियुले गृहमन्त्री खाँणको पुत्ला दहन…..

काठमाडौँ — सत्ता गठबन्धन नेकपा(एस)को भ्रातृ संगठन अनेरास्ववियुले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृह मन्त्रालयले आपत्ति जनाएपछि नेकपा(एस) निकट अनेरास्ववियुले सोमबार मिनभवनस्थित नेपाल कमर्स क्याम्पस अगाडि गृहमन्त्रीको पुत्ला दहन गरेको हो । मिनभवनस्थित नेपाल कमर्स क्याम्पस अगाडि गृहमन्त्रीको पुत्ला दहन गर्दै नेकपा(एस) निकट अनेर...

असोज १ गतेदेखि काठमाडौंका विद्यालय खुला हुने……

काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालयहरु खुला हुने भएका छन् । सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीसहित उपत्यकाका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो । 'स्वास्थ्य मापदण्ड पालना गरेर हरेक स्थानीय तहलाई असोज १ गतेदेखि विद्यालय खुला गराउने सम्बन्धनमा निर्णय भएको छ,' प्रजिअ अधिकारीले कान्ति...