दसैंअगाबै मेलम्चीको पानी काठमाडौं ल्याउने …………

१२ असार २०७५,   काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीलाई तीन महिना म्याद थप गरेपछि उसले दसैंअगाबै मेलम्चीको पानी काठमाडौं ल्याउने प्रतिबद्धता जनाएको छ। खानेपानी तथा सरसफाइ मन्त्रालय र इटालियन ठेकेदार कम्पनी सिएमसीबीच गत शुक्रबार भएको सम्झौताअनुसार आगामी दसैैंभित्रै खानेपानी काठमाडौं ल्याउने सहमति भएको हो। ‘मन्त्रालय र ठेकेदार कम्पनीका प्रतिनिधिबीच दसैंअगाडि नै मेलम्चीको पानी सुन्...

बस्तीमा बाढीको त्रास………

१२ असार २०७५,  सिरहा - पश्चिम सिरहाको कल्याणपुर–२ चत्तरी टोलका पशुपति मुखियालाई बादल मडारिन थालेपछि गत वर्ष बाढीले सताएको सम्झना आउँछ । गत वर्ष कमला नदी, लोहजारा र घुर्मी खोलामा आएको बाढी बस्तीमा पस्दा उनका भैंसी, गोरु र बाख्रा बगे । अन्नपात बग्यो । छोराछोरी र आफ्नो ज्यान बल्लतल्ल जोगाए उनले । दुई दिनसम्म बस्ती नजिकको स्कुलमा गएर बस्नुपरेको थियो उनको परिवार । त्यतिबेलाको पीडा सम्झिँदा बसाइँ सर्न म...

टेम्के तुवाचुङ प्रतिष्ठानको सहयोगार्थ हङकङमा “यारी” प्रदर्शन

२४ जुन, हङकङ– किरात राई जातीको मिथकमा आधारित चलचित्र “यारी” अर्थात “जोखना” हङकङमा सफल प्रदर्शन भयो । तेम्के तुवाचुङ प्रतिष्ठानको कोष अभिवृद्धि सहयोगार्थ प्रदर्शन गरिएको उक्त चलचित्र बारे हङकङका दर्शकहरुबाट राम्रो प्रतिकृया पाएको समेत चलचित्रका प्रस्तोता दक्ष कुमार राईले बताए । राई स्वयमले समेत उक्त चलचित्रमा अभिनय गरेका छन् । विकास र आधुनिकता नाममा केही व्यक्ति विशेषहरुको दम्भ र श्वार्थमा पहाडका...

बगैचाका स्टाफ स्व.जुलीको छोरीलाई बगैचाद्धारा आर्थिक सहयोग

२४ जुन, हङकङ – क्यान्सरबाट मृत्यु भएकी बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा कार्यरत स्व.जुलीको छोरी काजोललाई बगैचा लिमिटेड हङकङद्धारा १८ हजार १ सय ३७ डलर आर्थिक सहयोग प्रदान गर्यो । हिजो आइतबार जोर्डनस्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसको हलमा आयोजित एक कार्यक्रम माझ बगैचा लिमिटेडका निवर्तमान अध्यक्ष नरेश सुनुवार, बगैचा रेष्टुरेण्टकी मेनेजर तिर्थ राई लगायत बगैचाका सेयर होल्डरहरुको उपस्थ...

दैनिक हिड्नु पर्ने ज्यानमारा भीर

असार ११ २०७५  म्याग्दी — एउटा अक्करे भीर, दुहुनो गाई बन्न सक्छ ? धौलागिरि गाउँपालिका-४ मुदीको नाउरा भीर र पञ्चायत, बहुदल, माओवादी विद्रोह हुँदै गणतन्त्र र स्थानीय सरकारलाई भोट माग्ने र कमाउने भाँडो बन्यो । पञ्चायतदेखि बहुदलकालभरी हरेक वर्ष नाउराको भीरमा गोरेटो बाटो खन्न बजेट छुट्टिन्थ्यो । खासै प्रगति भएन । माओवादीले विद्रोहकालमा गाउँगाउँबाट मान्छे अपहरण गरी नाउरा भीर फोड्न श्रम शिविरमा राखे । र, ...

तीन महिना म्याद थपियो………..

असार १०, २०७५  काठमाडौं– सरकारले मेलम्ची खानेपानी आयोजनाको म्याद थप तीन महिना थपेको छ ।  नयाँ सम्झौता अनुसार दशै अगाडि नै खानेपानी ल्याउने गरी काम शुरु हुनेछ । यो आयोजनाको निर्माण जेठ ३१ गतेसम्म सकिसक्नु पर्ने थियो । नयाँ सहमतिपछि अव यो आयोजना भदौमसान्तसम्म सक्नुपर्नेछ । तर, प्राविधिक हिसावले यो कठिन रहेको अधिकारीहरुकै भनाई छ । मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मेवारी लिएको इटालियन ठेकेदार कम्...

अक्षरांकन पद्धतिले गुणस्तर खस्कियो………

१० असार २०७५,   काठमाडौं - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा शनिबार सार्वजनिक भएको छ। गत चैतमा सञ्चालित एसइई परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयले शनिबार साँझ प्रकाशित गरेको हो। नतिजाअनुसार जिपिए ३.६५ देखि ४ (ए प्लस ग्रेड) ल्याउने विद्यार्थीको संख्या १४ हजार दुई सय ३४ जना छ। ३.२५ देखि ३.६० जिपिए (ए ग्रेड) ल्याउने विद्यार्थीको संख्या ४६ हजार एक सय ३० र जिपिए २.८५ देखि ३.२० (ब...

एसईईको नतिजा प्रकाशित……….

असार १०, २०७५ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यसवर्षको परीक्षामा नियमित धारतर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ ८ हजार ९०६ जना परीक्षार्थी सहभागी थिए । सार्वजनिक भएको नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म १४ हजार २ सय ३४ जना सफल भएका छन् । त्यसैगरी ...

३३ किलो सुन तस्करी पूर्व अतिरिक्त महानिरीक्षक समेत ३ नयाँ नाम

काठमाडौ ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको बारेमा अनुसन्धानका क्रममा नयाँ नाम सार्वजनिक गरेको छ । सुन तस्करी बारे अनुशन्धान गरिरहेको गृह मन्त्रालय अन्तर्गतको सुन समितिले नयाँ नाम सार्वजानिक गरेको हो। समितिले भारतीय व्यापारि नागरिक बिमल पोद्दारलाई पक्राउ गरेलगत्तै पोद्दारबाट नयाँ नाम र प्रमाण फेला पारेको हो । पोद्दारसँग बयानका क्रममा पोद्दारले प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (...

४ प्रतिवादीविरुद्ध रेडकर्नर नोटिस………

असार ९, २०७५    काठमाडौं - ३३ किलो सुन तस्करी र हत्या प्रकरणमा प्रहरीले ४ अभियुक्तविरुद्ध रेडकर्नर नोटिस जारी गरेको  छ । मोरङ जिल्ला अदालतमा विचाराधीन मुद्दाका ४ प्रतिवादीलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मार्फत रेडकर्नर नोटिस जारी गरेको हो । प्रहरीले दुबईमा होटल व्यवसाय गरिरहेका रामशरण खडका, गोरे भनिने चूडामणि उप्रेतीका दुबई बस्दै आएका भाइ रमेश उप्रेती, ...

नयाँ युगको सुरुवात

०९ असार २०७५,    काठमाडौं - नेपाल र चीन दुवैले बिहीबार बेइजिङमा हस्ताक्षर गरिएको ‘रेलवे कनेक्टिभिटी सहयोगसम्बन्धी समझदारी’ लाई द्विपक्षीय सहयोगको इतिहासमा सबैभन्दा मह्त्वपूर्ण प्रयासका रुपमा लिएका छन्। रेलवेसम्बन्धी समझादारीले दुई देशबीच अन्तरदेशीय कनेक्टिभिटीमा नयाँ युगको थालनी भएको विश्वास दुवै देशको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने औपचारिक भ्रमण क्रममा बिहीबार अबेर राति नेपाल र चीनले १४ ...

विश्वकप फुटबलमा अाज हुने खेलहरूः…………

०९ असार २०७५,   रूस – रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शनिबार (आज) ३ खेलहरू हुँदैछन्। समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह जी मा रहेका बेल्जियम र ट्युनिसियाबीच प्रतिस्पर्धा हुँदैछ। खेल स्पार्टक रंगशाला मस्कोमा नेपाली समयअनुसार साँझ ५ः४५ बाट सुरु हुनेछ। समुह चरणको आफ्नो पहिलो खेलमा बेल्जियमले पानामालाई ३–० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्दा ट्युनिसिया भने इ...