पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५ रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यस्तै काडमाडौं काठमाडौं उपत्यकामा मात्रै ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गौतमले काठमाडौंमा ३८६, ललितपुरमा ३२ र...
समाचार
ललितपुरमा आज बिहान ४ बजेदेखि कर्फ्यू, उल्लंघन भए गोली हान्ने आदेश……
आज बिहान ४ बजेदेखि ललितपुर जिल्लामा कर्फ्यु जारी भएको छ । ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएपछि शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो । ललितपुरमा सहायक प्रजिअ ललितकुमार बस्नेत शुक्रबार एक दिन बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यूको आदेश जारी भएको रातोपाटीलाई जानकारी दिए । उनका अ...
देशभर १ हजार २२८ जना संक्रमित थपिए……
देशभर बिहीबार महिला ३९४ र पुरुष ८३४ गरी १ हजार २२८ जना संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यसैगरी बिहीबार उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना रहेका छन् । यस्तै देशभर सक्रिय स...
प्रहरीलाई दबाबमुलक कार्यक्रम भन्दै झुक्याएर रथ तान्न जम्मा भएका थिए युवा……
कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले भीडभाड र ओहोरदोहोर पूर्ण निषेध गरेको बेला बिहिबार जात्रा मनाउने नाममा पुल्चोकमा ठूलो हुल निस्कियो। उनीहरुले अघिल्लो दिन दबाब मुलुक कार्यक्रम मात्रै गर्ने भनेर प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले सामान्य ठान्यो। प्रहरीले १५ जनाभन्दा बढी भेला नहुन भन्यो। तर, बिहिबार विहान १० बजेपछि पुल्चोकमा निकै भीडभाड हुन थाल्यो। दबाबमुलक कार्यक्रम भन्ने वहानामा रथ नै तान्न...
‘लद्दाख झडपमा फेरि भारतीय सैनिक मारिए’……
पछिल्लोपटक आइतबार राति सीमा क्षेत्र लद्दाखमा चिनियाँ सेनासँग भएको झडपमा पनि एक भारतीय सैनिकको निधन भएको एक अन्तर्राष्ट्रिय पत्रिकाले दाबी गरेको छ । भारत र चीनका सैनिकबीच प्याङगोङ क्षेत्रमा भएको भिडन्तमा भारतको विशेष सुरक्षा बलका एक सैनिक मारिएको दाबी बेलायती पत्रिका द गार्डियनले गरेको हो । गत जुन १५ तारिखमा पनि पूर्वी लद्दाखको गलवान उपत्यकामा दुई देशका सैनिकबीच हिंसात्मक झड प हुँदा भारततर्फ २० जना...
देशभर ११२० कोरोना संक्रमित थपिए, निको हुनेको संख्या २३ हजार नाघ्यो……
बितेको २४ घण्टामा देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौत्मले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार आज काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन् । य...
भारतले सीमा नाघेको चीनको आरोप……
भारतीय सैनिकहरुले वास्तविक नियन्त्रण रेखा (एलएसी) मा फरक–फरक स्थान हुँदै सीमा पार गरेको भारतस्थित चिनियाँ दूतावासले जनाएको छ । चीनले औपचारिक रुपबाटै सीमानाका सैनिकहरुलाई नियन्त्रण गर्न भारतसँग आग्रह गरेको चिनियाँ दूतावासलेट्वीटरमा लेखेको छ । त्यस्तै, दूतावासका प्रवक्ता जी रोंगले भारत–चीनबीचको सीमा सहमतिलाई ३१ अगस्टमा भारतीय सैनिकहरुले उल्लंघन गरेको दाबी गरेका छन् । भारतले पंन्गोंग त्सोको दक्षिण कि...
देशभर १०६९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ४० हजार नाघे……
पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ । उनका अनुसार संक्रमितको कुल संख्या जम्मा ४० हजार ५२९ पुगेको हो । यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा...
हङकङ नेपाली महासंघले पायो सरकारी भवन
२९ अगष्ट, हङकङ– हङकङस्थित नेपाली संघ संस्थाहरुको छाता संगठनको रुपमा रहेको हङकङ नेपाली महासंघले मङककस्थित सरकारी भवन निशुल्क पाएको छ । हङकङ एकीकृत नेपाली समाज (हिन्स) पछि सरकारी भवन पाउने महासंघ दोस्रो नेपाली संस्था हो । शनिबार साँझ उक्त नयाँ कार्यालय कक्षमा महासंघकद्धारा जानकारी सभाको आयोजना गर्दै महासंघमा आवद्ध विभिन्न संघसंस्था लगायत समाजसेवी तथा पत्रकारहरुलाई जानकारी गराईएको हो । नेपालीहरुको ...
९७ औं साहित्य श्रृंखला राष्ट्रकवि स्व.माधव प्रसाद घिमिरे प्रति समर्पित
३० अगष्ट, हङकङ– १८ अगष्ट २०२० मंगलबार एकसय एक वर्षको उमेरमा असामयीक निधन हुनु भएका राष्ट्रकवि स्व.माधव प्रसाद घिमिरे प्रति श्रृद्धाञ्जली अर्पण सहित वहाँका र वहाँप्रति समर्पित रचनाहरु वाचन गर्दै कोराना कहरका बीच भर्चुअल विधिबाट आयोजित ९७ औं हङकङ साहित्य साझा श्रृंखला सम्पन्न भयो । कार्यक्रमको पहिलो चरणमा श्रृंखलाका सह–संयोजक समेत रहेका चित्रकार तथा साहित्यकार दिपेन्द्र राईले स्व.घिमिरेको संक्षिप्त...
हतारमा भ्याक्सिनलाई मञ्जुरी दिनेहरुलाई डब्ल्यूएचओको चेतावनी……
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसको भ्याक्सिनलाई मञ्जुरी दिने प्रक्रियालाई गम्भीरता साथ अपनाउन आवश्यक भएको बताएको छ । संयुक्त राष्ट्रको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक स्वामीनाथनले पत्रकारसँगको कुराकानीमा सबै देशलाई ट्रायल पूरा नगरिएका औषधीलाई मञ्जुरी दिने अधिकार भएपनि यो हल्का रुपमा लिने काम नभएको चेतावनी दिएकी छिन् । डब्ल्यूएचओका अनुसार यतिबेला ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलि...
देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि……
आज देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महिला ३०३ र पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको उनले बताए । यसैगरी काठमाडौं उपत्यकमा थप २९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाको संक्रमितमा काठमाडौंम...














