हुन्डी र सुन तस्करी पक्राउ……….

०७ असार २०७५,  काठमाडौं- हुन्डीको मुख्य कारोबार गर्ने र सुन तस्करीमा संलग्न रहेको भन्दै व्यापारी विमलकुमार पोद्दारलाई नियन्त्रणमा लिइएको छ । ३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन टोलीले पोद्दारलाई नियन्त्रणमा लिएको हो। उनलाई अनुसन्धान टोलीले मंगलबार राति उनकै निवास डिल्लीबजारबाट नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । पोद्दारलाई अनुसन्धान टोलीले पक्राउ गरे ...

चिनियाँ रेलले काठमाडौं जोड्ने………

०७ असार २०७५,   काठमाडाैं - चिनियाँ राष्ट्रपति सी जिन पिङले चिनियाँ रेलले काठमाडौंलाई जोड्ने प्रतिबद्धता पुनः दोहोर्याएका छन्। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार बेइजिङमा भएको भेटवार्ता सीले केरुङ हुँदै काठमाडौं–पोखरा–लुम्बिनीसम्म रेलसेवा निर्माणका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका हुन् । भेटमा नेपाल–चीन सम्बन्धका धेरै मुद्दामा दुई नेताबीच कुराकानी भयो । दुई ...

क्यान्सर रोगी रन्जना सुनुवारलाई हङकङबाट सहयोग

२० जुन, हङकङ – रामेछाप जिल्ला, उमाकुण्ड गाँउपालिका भुजि लेखखर्ग, रामेछाप निवासी यम बहादुर सुनुवारका १९ वर्षिय छोरी आन्द्राको क्यान्सर पीडित रञ्जना सुनुवारको उपचार सहयोगार्थ सुनुवार समाज हङकङको पहलमा संकलित २ लाख १७ हजार ७ सय ३० रुपैया –हङकङ डलर १५,५५१) क्यान्सर रोगी रञ्जनालाई हस्तान्तरण गरियो । क्यान्सर रोगी रञ्जनाको परिवारले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेको हुंदा सुनुवार समाज हङकङको पहलमा ...

चीनसँग ८७९ मेगावाट क्षमताका आयोजनामा सम्झौता

काठमाडौँ चीनको औपचारिक ६ दिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी समझदारी तथा सम्झौता भएका छन्। बेइजिङस्थित नेपाली दूतावासमा बुधबार आयोजित एक समारोहमा उक्त क्षमता बराबरको आयोजना निर्माण गर्ने सम्झौता भएको हो। एकैपटक यति ठूलो क्षमताको आयोजना निर्माणमा सम्झौता भएसँगै सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारा सफल बनाउन सहयो...

दुवै देशबाट सातामा १४ उडान………

०६ असार २०७५,   काठमाडौं - दुवै देशका तोकिएका वायुसेवाले सातामा १४ उडान गर्न पाउने गरी नेपाल र जापानबीच द्विपक्षीय हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ। साढे दुई दशकपछि भएको पुनरावलोकन वार्तामा नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा र उपसचिव प्रमोद नेपाल सहभागी थिए । सोमबार जापानको राजधानी टोकियोमा सम्पन्न वार्तामा दुवै देशले सातामा १४÷१४ उडान गर्ने ...

सरकारले टेर्दैन अदालतलाई………..

बुधबार, ०६ असार २०७५,   काठमाडौं - सर्वोच्च अदालतले २०५६ जेठ ३१ गते ‘थापाथली प्रसूतिगृह छेउको पाञ्चायनघाटदेखि बागमती किनारामा कानुन मिचेर बाटो बनाएको देखिएकाले निर्माण रोक्नू र अनधिकृत बाटो निर्माण कार्य गर्न–गराउन नदिनू’ भन्दै धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वको स्थान संरक्षणका विषयमा एउटा आदेश दियो। सर्वोच्चले स्थानीय प्रशासन र काठमाडौं महानगरपालिकाका नाममा सर्वोच्चले यस्तो आदेश दिएको थियो।...

हारको जिम्मा हैसियतअनुसार …………

०६ असार २०७५,   काठमाडौं - नेपाली कांग्रेसका सभापतिहरुले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको मुख्य जिम्मेवार केन्द्रीय सभापति शेरबहादुर देउवा भएको बताएका छन् । उनीहरुले सभापतिको टाउकोमा मात्र दोष थुपारेर अन्य पदाधिकारी र नेताहरु उम्कन नमिल्ने पनि स्पष्ट पारेका छन्। पार्टीका शीर्ष नेताहरु नै हारको विषयमा पक्ष र विपक्षमा विभाजित भइरहेका बेला केन्द्रीय सभापतिदेखि पदाधिकारी, सदस्य हुँदै जि...

६ दिने भ्रमणका लागि प्रधानमन्त्री ओली सहित १९ सदस्यीय टोली चीन प्रस्थान

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान ९ बजे चीन प्रस्थान गरेका छन् । ओली चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका हुन्। व्यवसायी र पत्रकारसमेत गरी एक सय १९ सदस्यीय टोली छन् । मंगलबार चिनियाँ समयअनुसार सवा ५ बजे प्रधानमन्त्री ओली बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । त्यहाँबाट हिल्टन ग्रुपको डबल ट्री ह...

क्यान्सर पिडित रन्जनालार्इ हङकङ र सिंगापुरबाट सहयोग

काठमाडौ उमाकुण्ड गाउँपालिका भुजी लेखखर्ग, रामेछाप निवासी १९ वर्षीया क्यान्सर पिडित रन्जना सुनुवारलार्इ हङकङ सुनुवार सेवा समाजको पहलमा संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ । हिजो सुनुवार सेवा समाज केन्द्रिय सदस्य श्री किशोर सुनुवार, बगैँचा संचारका सल्लाहाकार श्री इन्द्र कुमार सुनुवार तथा महाप्रबन्धक श्री राजकुमार सुनुवारले हङकङमा संकलित रकम रू. २,१७,७३०।– पिडित रन्जनालार्इ हस्तान्तरण गर्नु भ...

मुलुकको सर्वोत्तम हितमा भ्रमण………

०५ असार २०७५,  काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासलाई थप गति दिन छिमेकी राष्ट्र चीनको सहयोग आवश्यक रहेकाले आफू त्यहाँको भ्रमणमा जान लागेको जानकारी संघीय संसद्लाई गराएका छन् । चीनका प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणमा ओली मंगलबार छदिने भ्रमणका लागि त्यसतर्फ जाँदै छन् । प्र्रतिनिधिसभा र राष्ट्रियसभाका अलगअलग बैठकलाई सोमबार आफ्नो चीन भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओ...

वरिष्ठ न्युरोसर्जन डा. देवकोटाको निधन……….

असार ५, २०७५   वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज साँझ उपचारका क्रममा बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा निधन भएको छ । उनी सो इन्स्टिच्यूटका संस्थापक तथा प्रख्यात स्नायुरोग विशेषज्ञ थिए । पित्तथैलीको अर्बुदरोगका कारण करीब एक वर्षअघिदेखि पीडित डा देवकोटाको साँझ ५ः३५ बजे निधन भएको उनका भजिता वसन्त देवकोटाले जानकारी दिए । छ महिनाअघि बेलायतमा उपचार गर्न लग...

भारतीय चिकित्सकबाट ठगी……….

०४ असार २०७५,   लहान ८ स्थित शिवम् मेडिसिन सेन्टरमै झुन्ड्याइएको छ नागेश्वरी चाँदसी दबाखाना लेखिएको बोर्ड। बोर्डमा बाबासिर, भगन्दर, हाइड्रोसिल, पिनासको बिनाअपरेसन ग्यारेन्टी इलाज भन्ने पनि लेखिएको छ। यसको विज्ञापन स्थानीय रेडियोमा पनि बज्छ। गाउँगाउँमा पर्चापमप्लेट टाँसिएको छ। भगन्दर (मलद्वारको घाउ) बाट पीडित यादव यही प्रचार सुनेर जेठ पहिलो साता उपचार गराउन नागेश्वरी चाँदसी दबाखाना पुगे। रोईले जाँच...