फोरम–नेकपा सम्झौता………..

१४ जेठ २०७५,  राजविराज– संघीय समाजवादी फोरम नेपाल र सत्तारुढ नेकपाबीच सोमवार भएको सम्झौताप्रति मधेशमा मिश्रित प्रतिक्रिया छ। सम्झौतापछि सर्वसाधारण उत्साहित देखिएका छन् भने राजनीतिका जानकार एवम् बुद्धिजीवीहरु सम्झौता कार्यान्वयनबारे आशंका व्यक्त गर्दछन्। संविधान संशोधन र मधेशका मुद्दाहरु प्रति निकै आक्रामक रुपमा प्रस्तुत हुँदै आएका संघीय सरकारका प्रधानमन्त्री केपी शर्मा ओली संसदमा प्रचण्ड बहुमत...

फाइल पेश गर्न सर्वोच्चको आदेश………

१४ जेठ २०७५,   काठमाडौं- सर्वोच्च अदालतले पूर्व माओवादी नेता बालकृष्ण ढुंगेललाई सरकारले कैद माफी दिने विषयको फाइल भोलि (मंगलबार) पेश गर्न आदेश गरेको छ। आज दुवै पक्षको सुनुवाई नसकिएको भन्दै सरकारले गरेको निर्णयको फाइल माग गरेको हो। न्यायाधीशद्वय मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सक्कल फाइल पेश गर्न आदेश गरेको हो। समय अभावका कारण दुवै पक्षको बहस नसकिएको भन्दै सर्वोच्चले मंगलबार निर्णय...

सुरक्षामा चुनौतिपूर्ण रहेको निष्कर्ष……….

१४ जेठ २०७५,   काठमाडौ- जंगी अड्डामा बसेको सैनिक पृतनापतिहरुको समन्वयात्मक बैठकले विप्लव र सिकेराउत आन्तरिक सुरक्षामा चुनौतिपूर्ण रहेको निष्कर्ष निकालेको छ। आइतबारदेखि दुई दिनसम्म चलेको बैठकले नेपालको आन्तरिक सुरक्षामा विप्लव र सिके राउत मुख्य सुरक्षा चुनौति रहेको निष्कर्ष निकालेको सैनिक स्रोतले जानकारी दिएको छ। सेनाको आन्तरिक अध्ययनले तत्कालका लागि यी दुई समूह आन्तरिक सुरक्षाका लागि चुनौतिपूर्ण र...

आठ सयभन्दा बढीको कैद मिनाहा……….

जेठ १४, २०७५   सरकारले यस वर्षको गणतन्त्र दिवसमा ८ सयभन्दा बढी कैदी–बन्दीको कैद मिनाहा गर्ने भएको छ। कैद मिनाहाका लागि सरकारसमक्ष नाम सिफारिस गरिएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो। सरकारले प्रत्येक वर्ष विशेष अवसरमा कानुनअनुसार कैद मिनाहा गर्न मिल्ने कैदी–बन्दीको कैद मिनाहा गरी उनीहरूलाई छाड्दै आएको छ। विभागका अनुसार अहिलेसम्म देशभरिका कारागारमा २० ह...

पत्थरीको शल्यक्रिया गर्ने भन्दै मिर्गौला तस्करी………

१४ जेठ २०७५,   काठमाडौं – भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० वर्षीय कुमार गिरीको पत्थरीको शल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाइएको छ। मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएर उनको मिर्गौला झिकेका हुन्। गिरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो। नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकाल...

५ संस्थान घाटामा………

जेठ १३, २०७५  काठमाडौं–जनक शिक्षा सामाग्री, दुग्ध विकास संस्थान लगायत पाँच संस्थान सर्वाधिक नोक्सानमा गएका छन् । आर्थिक वर्ष २०७३/७४ मा जनक शिक्षा सामाग्री केन्द्र उच्च नोक्सान बेहोर्ने संस्थानमा दर्ज भएको छ । जनक शिक्षा ३१ करोड ६२ लाख रुपैयाँ घाटामा छ । दुग्ध विकास संस्थान २१ करोड ३९ लाख नोक्सानमा छ भने नेपाल खानेपानी संस्थान २० करोड ७९ लाख घाटामा रहेको अर्थमन्त्रालयले सार्वजनिक गरेको सार्वजन...

सेटिङको नाइके श्याम खत्री………

जेठ १३, २०७५   काठमाडौँ । चुडामणि उप्रेती ‘गोरे’ ले जिल्ला अदालत मोरङमा दिएको बायनमा प्रहरी सेटिङको मुख्य नाइके श्याम खत्री भएको खुलासा गरेका छन् । ३७ पन्ने लामो बयानमा गोरेले खत्रीले ड्राइभर र अंगरक्षकको प्रयोग गरेर आफूले चढ्ने सरकारी गाडीमा सुन ओसार्ने गरेको बताएका हुन् । गोरेका अनुसार सुनबाहिर निकाले बापत ५० हजार आफै बुझ्ने गर्थे । यो लाइनबाट ४ सय देखि ५ सय किलोसम्म सुन आएको उनको दाबी छ । यसबाह...

नेकपाले फिर्ता लियो समर्थन……….

जेठ १३, २०७५  जनकपुर-मुख्यमन्त्री लालबाबु राउतलाई दिएको समर्थन नेकपाले फिर्ता लिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा उनले विवादित भाषण दिएको भन्दै नेकपाले समर्थन फिर्ता लिएको हो । आइतबार बसेको प्रदेश सभाको बैठकमा सबैभन्दा ठुलो दल नेपाल कम्युनिस्ट पार्टीले लालबाबुर राउत नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी दिएको हो । नेकपाका सांसदद्धय सत्यनारायण मण्डल र रामचन्द्र...

‘काँग्रेसमा दुई गुट किन ?’………..

जेठ १३, २०७५   काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्वको असफलताले भन्दा पनि दुई पार्टी (एमाले र माओवादी) मिलेकाले गत निर्वाचनमा काँग्रेसले हार व्यहोर्नुपरेको प्रष्टिकरण दिएका छन् । आइतबार नेपाल प्रेस युनियनको २७ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले एमाले माओवादी नमिलेको भए काँग्रेसले यस्तो हार ब्यहोर्नुपर्ने अवस्था नआउने दावी गरे । उनले काँग्रेसले सात सालदेखि प्रेस स...

संसदमा प्रधानमन्त्रीको जवाफ……….

जेठ १३, २०७५   काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाललाई गरीब रहन नदिने भन्दै ‘चारा’कै लागि भौतारिनु पर्ने अवस्था आउन नदिने बताएका छन् । संघीय संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका सवालको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कतिपयले नीति तथा कार्यक्रम महत्वाकांक्षी भनेकोपनि त्यो आफूलाई स्वीकार्य भएको बताए । उनले भने, ‘तर यो असम्भव महत्वाकांक्षा होइन, अर्को वर्ष...

झाडापखालाका बिरामी बढे………

 १३ जेठ २०७५,   दाङ – पश्चिम दाङमा झाडापखालाका बिरामीहरुको संख्या बढिरहेका छ। शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा फैलिएको झाडापखालाका कारण बिरामी हुनेको संख्या ४ सय ३९ पुगेको छ। शनिबार रातिसम्म बिरामी संख्या ४ सय १९ थियो’ शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख हरि पुनले भने, ‘आइतबार बिहानैदेखि पुनः बिरामीको संख्या बढ्न थालेको छ। आइतबार बिहान मात्रै बीस जना थप संक्रमित स्वास्थ्य चौकी आइपुगेका पुनले बताए...

मन्त्रीकै गाडीले ट्राफिक नियम मिच्यो………

१३ जेठ २०७५,    काठमाडौं – कानुन कार्यान्वयन गर्ने तहमा रहेका व्यक्ति र सुरक्षा निकाय नै नियम मिचक भएको शनिबार दिउँसो देखिएको छ। एक मन्त्री चढेको गाडी ललितपुरको धोबीघाटस्थित एक कार्यक्रममा जाँदा एकतर्फी सडकमा प्रवेश गरेपछि तनाव उत्पन्न भयो। सिदार्थ कटेजमा पुस्तक विमोचन कार्यक्रममा पुग्दा उनको गाडीले एकतर्फी सडक प्रयोग गरेको थियो। त्यसक्रममा ट्राफिक नियमसंगत चलिरहेका गाडीधनी र त्यसमा सवारलाई मन्त्र...