प्रतिबन्धको बाबजुद रुसको मुद्रा रुबलले डलरसँग प्रतिस्पर्धा…..

काठमाडौं-    यस वर्ष सबै प्रतिबन्ध र चुनौतीका बाबजुद डलरको तुलनामा रुसको मुद्रा रुबल विश्वकै उत्कृष्ट प्रदर्शन गर्ने मुद्रा बनेको छ । युक्रेनमाथिको आक्रमणपछि रुसले आधुनिक इतिहासकै सबैभन्दा कडा आर्थिक प्रतिबन्धको सामना गरिरहेको छ । तर रुबल बलियो बन्न पश्चिमी देशको कारबाहीले पनि रोक्न सकेन । दुई महिना अघि यो यस्तो घटना थियो जुन कल्पना गर्न गाह्रो थियो। डलरको तुलनामा रुबलको स्थिति एक सेन्टभन्दा कममा ...

मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने…..

काठमाडौं-   नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । प्राधिकरणले तारा एअरको विमान दुर्घटना भएसँगै उड्ने र पुग्ने स्थानको मौसम सफा नभएसँगै उडान अनुमति नदिने निर्णय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णका अनुसार तारा एअरको विमान दुर्घटनालगत्तै क्यानले इनरुटको मौसम सफा नभएपनि उडानको अनुमति नदिने निर्ण...

दुर्घटनाग्रस्त अवस्थामा करिब १९ घण्टापछि भेटियो…..

म्याग्दी, पोखरा — तारा एयरको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये १० यात्रुको शव काठमाडौं पुर्‍याइएको छ । २२ यात्रुमध्ये एक जना अझै भेटिएका छैनन् । खोंचमा देखिएको एउटा शव उद्धार गर्न नसकिएको मुस्ताङ प्रशासनले जनाएको छ । उद्धार गरिएका अन्य १० शव खराब मौसमका कारण सोमबार घटनास्थलमै राखिएको छ । आइतबार बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवा...

काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमै विवाद…..

काठमाडौं-   काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमै विवाद भएको छ । स्वतन्त्रबाट उम्मेदवारी दिइ निर्वाचित भएका मेयर बालेन्द्र साह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको पहिलो बैठकको निर्णयमा प्रक्रिया नमिलेको भन्दै जनप्रतिनिधिहरुले विवाद निकालेका हुन् । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले निर्णय बाचन परेर पारित भएको घोषणा गर्न लागेपछि जनप्रतिनिधिहरुले आक्रोश पोख्दै प्रतिवाद गरेका हु...

सम्पर्कविहीन विमान अझै अज्ञात…..

काठमाडौं-   आइतबार बिहान पोखराबाट मुस्ताङका लागी उडेको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान १० बजेर ७ मिनेटमा सम्पर्क हीन भयो । सम्पर्क हीन विमान नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरुले खोजीकार्य जारी राखेका छन् । खराब मौसमका कारण आइतबार दिनभर खोज्दा विमान भेटिएन । विमानको खोजीमा दुई वटा हेलिकप्टर प्रयोग गरिएको छ । फिस्टेल एयर र नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले हवाई ...

आगामी वर्षका लागि ल्याए १७ खर्ब ९३ अर्बको बजेट…..

काठमाडौँ — सीमित स्रोत र कमजोर खर्च क्षमतालाई बेवास्ता गर्दै सरकारले आगामी आर्थिक वर्षका लागि चालु वर्षको संशोधित बजेटभन्दा करिब २४ प्रतिशत ठूलो बजेट आइतबार ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को संयुक्त बैठकमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । बजेटमा आसन्न चुनावमा मतदाता प्रभावित पार्ने गरी कार्यक्रम वितरण, छुट र तलबभत्ता वृद्धिको व्यवस्था गरिएको छ । अर्...

जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन…..

पोखरा — सम्पर्कविहीन भएको ताराको टि्वनअटर खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको छ । जोमसोमबाट टुकुचे र धौलागिरी क्षेत्रमा खोजीका लागि फिस्टेल एयरको हेलिकोप्टर पठाइएको पोखरा नागरिक उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले बताए । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार पोखरा र मुस्ताङबाट छुट्टाछुट्टै टोली खटाइएको छ । लेते पाससम्म विमान आफूहरुको निगरानीमा रहेको र त्यसपछि सम्बन्ध विच्...

गणतन्त्रको कङ्काल मात्र छ, कहिले भर्ने मासु र सास ?…..

काठमाडौं-   नेपालमा गणतन्त्र घोषणा भएको १४ वर्ष लागेको छ । २०६२÷०६३ सालको जनआन्दोलनपछि २०४७ सालको नेपाल अधिराज्यको संविधान खारेज गर्दै अन्तरिम संविधान जारी भएको थियो । सो अन्तरिम संविधानले राजाका अधिकारहरू कटौती गरेको थियो भने २०६४ सालमा संविधान सभाको निर्वाचन सम्पन्न भएपछि २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपालमा संवैधानिक राजतन्त्रको अन्त्य गर्दै विधिवत् रूपमा गणतन्त्र घोषणा ग...

आर्थिक वर्ष २०७९/०८० को बजेट आज प्रस्तुत…..

काठमाडौं-   सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आइतबार दिउँसो ४ बजे प्रस्तुत गर्दैछ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् ।  बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद् भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् । सभामुख सापकोटाले भने , ‘माननीय अर्थमन्त्रीबाट ने...

अब देश बनाउने पालो युवाको,नेतृत्वमा जोशिला पंक्ति…..

काठमाडौं-   नेपाली राजनीतिले रुचाएको एउटा भाष्य छ, युवा नेता । उमेरले डाँडा काटेको किन नहोस् उनीहरूको नाम अघिल्तिर जोडिने विशेषण हो यो । त्यसैले त हामीकहाँ कतिपय नेतालाई सम्बोधन गर्दा भनिन्छ, ‘युवा नेता फलानो ।’ तर, यसपालिको निर्वाचनले युवा नेताको व्याकरण सच्याइदिएको छ । नेतृत्वमा साँच्चै नै युवापंक्ति उभिएका छन् । र, स्थानीय तहको परिदृश्य केही फेरबदल गरिदिएका छन् । ‘राजनीति भनेको फोहोरी खेल हो’ भ...

तत्कालीन डीआईजी रञ्जन कोइरालाको मुद्दामा सर्वोच्चले आफ्नै फैसला उल्टाएको छ…..

काठमाडौं-   सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको मुद्दामा सर्वोच्च अदालतले आफ्नै फैसला उल्टाएको छ । दुई वर्षअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासमा घटाएको रञ्जनको सजाय सर्वोच्चको पूर्ण इजलासले उल्टाएको हो । पत्नी गीता ढकालको हत्यामा संलग्न रही प्रमाणसमेत नष्ट गर्ने प्रयत्न गरेका कोइरालालाई तत्कालीन अपराध महाशाखाको प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा ...

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन र उपमेयरमा सुनिता निर्वाचित…..

काठमाडौं-   काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।  साहका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंहले ३८३४१ मत ल्याएकी छन् भने एमालेका केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका छन् । महानगरको उप मेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । डंगोलले ६८ हजार ६१२ ल्याएकी छ...