फिर्ता लिने वा नलिने भन्ने डिटेलमा छलफल भएको छैन…..

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पाटनरसिप प्रोग्राम (एसपीपी) को विषय फिर्ता लिने वा नलिने विषयमा गठबन्धनभित्र विस्तृतरुपमा छलफल नभएको बताएका छन् । काठमाडौंमा आइतबार पत्रकारहरुसँगको अन्तक्रियामा उनले एसपीपी फिर्ता लिने वा नलिने भन्ने विषयमा डिटेलमा छलफल भइनसकेको बताए ।  एसपीपी फिर्ता लिने वा नलिने विषयमा गठबन्धनभित्र डिटेलमा छलफल भएको छैन । चिठ्ठी पठाउने...

एसपीपी अस्वीकारको पत्र लेख्न गठबन्धनबाटै दबाब…..

काठमाडौँ — सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको उल्लेख गर्दै पत्र लेख्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब दिने भएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले शनिबार छुट्टै बैठक गरेर एसपीपीबारे जनतालाई स्पष्ट पार्नका लागि श्वेतपत्र जारी गर्न पनि आग्रह प्रधानमन्त्रीसँग गर्ने समझदारी बनाएका छन् । प्...

उभौली रापवा शाँदर भब्यकासाथ सम्पन्न…..

ओखलढुङ्गा जिल्लाको खिजी देम्बा गाउँ पालिका वार्ड नं ४ काति डिगर्पू स्थित कोईंच सुनुवारहरूले मनाउदै आएको किरात सुनुवारूको महान चाड उभौली रापवा शाँदर भब्यकासाथ सम्पन्न भयो । उक्त शाँदरमा कर्मथलो हङकङ बनाएका खिजी कातिका अग्रज अनि समाजसेवी कोईंचहरुको तर्फबाट यस शाँदर ग्योरलाई लगभग ७० केजी को किङ्गो (घन्ट) चढाउनु भएको छ । उक्त किङ्गो (घन्ट) को सुनुवार सेवा समाजका संघीय अध्यक्ष रणवीर सुनुवार र खिजी देम्...

काठमाडौंको फोहोर मंगलबारदेखि उठाउन सहमति…..

काठमाडौँ — जेठ १६ गते रोकिएको काठमाडौं उपत्यकाको फोहोर मंगलबारदेखि सिसडोल/बन्चरेडाँडा लैजान दिने सहमति भएको छ ।  सोमबार सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीसहित बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल/बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो ।सहमतिपत्रमा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट हस्ताक्षर गरिएको छ । सहरी विकासमन्त्री रामकुमारी ...

देउवा सरकारले मन्त्री मण्डल हेरफेर गर्दै…..

काठमाडौं-   नेकपा एकीकृत समाजवादीबाट मन्त्रीका लागि सिफारिस भएका मन्त्रीहरुको सोमबार शपथ हुने भएको छ । समाजवादीबाट मन्त्रीमा सिफारिस भएका एक नेताले सोमबार अपराह्न शपथका लागि तयारी अवस्थामा बस्न खबर आएको जानकारी दिए । समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम सिफारिस गरिसकेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरु विजय पौडेल र प्रमेश हमालले देउवालाई नामावली बुझा...

विराटनगर जुटमिलको अर्बौंको सम्पत्ति बेवारिस…..

विराटनगर — विक्रम संम्बत् १९९३ सालमा विराटनगर जुट मिल स्थापना भएपछि मुलुकमा औद्योगिक गतिविधि सुरु भएर निर्यात व्यापारको ढोका खुलेको इतिहास छ । यही जुट मिल प्रजातन्त्र प्राप्तिका लागि सुरुवाती आन्दोलन गर्ने थलोको रुपमा पनि चिनिन्छ । मुलुकमा प्रजातन्त्र आयो तर त्यसयता मिलले आफ्नो अस्तित्व नै गुमायो । यो मिलका अर्बौंको सम्पत्ति अहिले बेवारिस अवस्थामा छन् ।  विसं २००३ र २००७ सालमा यही उद्योगमा मजदुर आ...

अनुशासन आयोगले कारबाहीका लागि सिफारिस…..

काठमाडौं-     नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसाललाई पार्टीको अनुशासन आयोगले कारबाहीका लागि सिफारिस गरेको छ । आयोगका एक सदस्यका अनुसार भुसालले पार्टी अध्यक्षका विरुद्धमा अभिव्यक्ति दिएको भन्दै कारबाहीका लागि पार्टीको केन्द्रीय समितिलाई सिफारिस गरेको हो ।  भुसालले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा पार्टीले स्थानीय चुनावमा बेहोरेको हारको नैतिक जिम्मेवारी लिँदै केपी शर्मा ओलीले अध्यक्ष पद...

सेतु विक चोकमा पुगेर सालिकमाथि प्रहार, सालिक तोडफोड…..

नेपालगन्ज — कथित राजावादीहरूले ०६२/६३ को जनआन्दोलनकी सहिद सेतु विकको सालिक तोडफोड गरेका छन् । राजतन्त्र उन्मूलन भएको १६ वर्षपछि नेपालगन्जको धम्बोजीचोकमा राजा वीरेन्द्रको सालिक राख्न जम्मा भएको समूहले सेतु विक चोक पुगेर सालिक तोडफोड गरेको हो । राजाको निरंकुशताविरुद्ध ०६२/६३ मा भएको देशव्यापी आन्दोलनका क्रममा नेपालगन्जमा पनि दिनहुँ विशाल प्रदर्शन भएको थियो । वैशाख ५ मा गणेशपुरमा जम्मा भएका प्रदर्शनक...

जसपा र लोसपा बीच गठबन्धनका लागि अनौपचारिक छलफल…..

काठमाडौं-   जनता समाजवादी पार्टी नेपाल (जसपा)र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच एकता वा गठबन्धनका लागि अनौपचारिक छलफल भएको छ । अनौपचारिक छलफलकै क्रममा लोसपाले जसपासामू दुई वटा सर्त तेर्स्याएको छ । ती सर्तमा जसपाले सरकार र पाँच दलीय गठबन्धन छाड्नुपर्ने रहेको लोसपाका एक नेताले रातोपाटीलाई बताए । कार्यकारिणी सदस्यसमेत रहेका ती नेताका अनुसार जसपा पाँच दलीय गठबन्धन र सरकारमा रहेकै अवस्थामा...

काठमाडौं महानगरपालिका मेयर शाहको पूर्वाधार एम्बुलेन्स…..

काठमाडौँ — ‘एम्बुलेन्स’ भन्नेबित्तिकै आपत्कालीन् अवस्थामा बिरामीलाई अस्पताल पुर्‍याउने सवारी साधनको रुपमा लिइन्छ । मानिस बोक्ने साधारण एम्बुलेन्स र वन्यजन्तु बोक्ने वन्यजन्तु एम्बुलेन्स धेरैले देखेका छन् । सडकका खाल्डाखुल्डी पुर्न, मर्मतसम्भार गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले एम्बुलेन्स ल्याउँदै छ । सडकमा खाल्डाखुल्डी हुँदा होस् या पानीको पाइप फुट्दा, बटुवालाई हिँडडुल गर्न असहज मात्...

गद्दारहरूलाई कारबाही हुन्छ कि हुँदैन ? प्रचण्डलाई गुनासै गुनासो…..

काठमाडौं-    नेकपा माओवादी केन्द्रबाट गत वैशाख ३० गते स्थानीय तह निर्वाचनमा निर्वाचित १२२ प्रमुख र १२९ उपप्रमुखलाई पहिलो पटक बुधबार काठमाडौँ बोलाएको छ । सत्ता सञ्चालनमा सहयोग पुग्ने गरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेता र विषय विज्ञले बुधबार बिहीबार प्रशिक्षण दिने भएका छन् । पार्टीले राखेको अभिमुखीकरण कार्यक्रममा जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले अध्यक्ष प्रचण्डलाई बुध...

बतासले पशुपतिमा होटल चलाउन नपाउने…..

काठमाडौँ — पशुपतिस्थित नेपाल भारतमैत्री धर्मशालामा बतास समूहले होटल संचालन गर्न नपाउने भएको छ । काठमाडौं जिल्ला अदालतले बुधबार बतास समूहसँग करार भंग गर्ने पशुपति विकास कोषको निर्णयलाई कार्यान्वयन गर्न बाटो खोलिदिएको छ । बतास समूहको होटल आनन्द प्रालिले करार भंग गर्ने कोषको निर्णय स्वीकार गरिसकेको जनाउँदै अदालतले यसअघि बतासका नाममा जारी गरेको अन्तरकालीन आदेश कायम राख्न नसक्ने जनाउँदै वैशाख २५ गते हो...