भगिराजलाई मदन र भैरवबहादुरलाई जगदम्वाश्री पुरस्कार

          २५ कार्तिक नेपालको नोवेल पुरस्कार मानिने मदन पुरस्कार तेह्रथुमको इवामा जन्मेका लेखक भगिराज इङ्नामले यस वर्ष ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ पुस्तक लेखेवापत प्राप्त गरेका छन् । यसैगरी नृत्यशास्त्री भैरवबहादुर थापालाई ६ दशकभन्दा वढि समय नृत्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै जगदम्वाश्री पुरस्कार पाएका छन् । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्दा दीक्षितले वुधवार पाटनढोकामा आयोजित कार...

१२ औं राष्ट्रिय जनगणना आजदेखि देशभर सुरु हुने…..

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ९:३० मा आफ्नो परिवारको विवरण टिपाएसँगै १२ औं राष्ट्रिय जनगणना सुरु हुने भएको छ । ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित जनगणना मंसिर ९ मा सकिनेछ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जनगणना गर्न लागिएको हो । योजना आयोगका सदस्य रामकुमार फुँयालका अनुसार बिहीबार राष्ट्रपति भण्डारीको परिवारको विवरण लिइसकेपछि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन...

छठ पर्वको मुख्य दिन,सूर्यदेवको पूजा आराधना गरी मनाइँदै…..

काठमाडौं, छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा...

केन्द्रीय भण्डारण कक्ष नै टहरामा, कोभिड खोप गाडीभित्रै…..

काठमाडौँ — चीनबाट पछिल्लो पटक आएको भेरोसेल खोप राजधानीको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा गाडीमै थन्किएको छ । बुधबार आएको १६ लाखमध्येकै खोप रेफ्रिजेरेटर जडित गाडीमा छ भने एक साताभित्रै थप ३० लाख डोज ल्याउने तयारी छ । राजधानीमा केन्द्रीयस्तरको अत्याधुनिक र सातै प्रदेशमा खोप भण्डार केन्द्र बनाउन सरकारले २०७६ कात्तिकमै प्रक्रिया सुरु गरेको थियो । राजधानीको टेकुसहित बाराको पथलैयामा केन्द्रीयस्तर...

करिब एक दर्जन सुरक्षाकर्मी नेपाली भूभागमै प्रवेश…..

पूर्वी नवलपरासी, काठमाडौं — भारतले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै नेपालको ‘एयर स्पेस’ भित्र ड्रोन उडाएर निगरानी गरेको छ । बिनाअनुमति अर्को देशको एयर स्पेसमा पसेर हेलिकोप्टर, ड्रोन वा अरू कुनै हवाई साधन उडाउन पाइँदैन । तर त्यसलाई बेवास्ता गर्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सुस्ताको नेपाली आकाशभित्र पसेर अनधिकृत रूपमा ड्रोनबाट तस्बिर/भिडियो खिचेको हो । नेपालको अनुमतिबेगर एसएसबीले आइतबार न...

प्रचण्डजी र मैले एमसीसी पास गराउछौँ…..

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन मिलेर अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अघि बढाउने बताएका छन् । स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ मा सहभागिता जनाएर नेपाल फर्केका देउवाले एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले आफूसँग एमसीसी संसदबाट अनुमोदनको बारेमा कुरा राखेको र आफूले त्यसलाई सत्ता गठबन्धनसँग मिलेर अघि बढाउने जानकारी दि...

प्रधानन्यायाधीश प्रकरणमा अग्रसरता लिन दललाई दबाब…..

काठमाडौँ — सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागिरहेका बेला राजनीतिक दलहरूमा पनि जतिसक्दो चाँडो प्रस्ट धारणा बनाएर पहलकदमी लिनुपर्ने दबाब बढ्दै गएको छ । पार्टी नेतृत्व न्यायालयको आन्तरिक विषय भन्दै पन्छिइरहेका बेला नेताहरूले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाउनुपर्नेसम्मका आवाज उठाइरहेका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरब...

प्रदेश १ का नेता राजेन्द्र राई मुख्यमन्त्री…..

काठमाडौँ — नेकपा एकीकृत समाजवादीको प्रदेश १ का संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बनेका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री राईलाई शपथग्रहण गराए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको गठबन्धनबाट राई मुख्यमन्त्री बनेका हुन् । लामो समयसम्म प्रदेशको राजनीतिमा साथ दिँदैआएका भीम आचार्यलाई विस्थापित गर्दै राई मुख्यमन्त्री बने । माधवकुमार नेपाल निक...

प्रधानमन्त्री देउवा र नरेन्द्र मोदीबीच भेटवार्ता…..

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) बीच दुई नेताबीच साइडलाइनमा दुई पक्षीय वार्ता भएको हाे । भेटमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्कर, परराष्ट्र सचिव भरतराज पौड्याललगायत रहेका थिए । प्रधानमन...

प्रधानन्यायाधीश जबराले ‘ग्रेसफुल एक्जिट’को प्रस्ताव…..

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले चाहेको ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन) को मार्गचित्र सर्वोच्च अदालतका तीन जना न्यायाधीशसँग ‘सेयर’ गरेका छन् । प्रधानन्यायाधीश जबराले ‘ग्रेसफुल एक्जिट’को प्रस्ताव पठाएपछि त्यसबारे छलफल गर्न तोकिएका तीन जना न्यायाधीशसँग उनले आफ्नो योजना बताएका हुन् । सोमबार साँझ ६ बजे न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मा प्रधा...

प्रधानमन्त्री देउवा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान…..

लन्डन,  प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार साँझ लन्डन आइपुगेका छन् । स्कटल्यान्डमा हुने जलवायु परिवर्तनसम्बन्धि सम्मेलन ’कोप २६’ भाग लिने सिलसिलामा शुक्रबार उनीसहितको टोली लन्डन आएका हुन् । बेलुका ८ बजे लन्डनको हिथ्रो विमानस्थल अवतरण गरेका प्रधानमन्त्री देउवालाई बेलायती संसद्मा नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष एवम् सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि कार्यवाहक नेपाली राजदूत रोशन ख...

सर्वोच्चमै कानुन व्यवसायीबीच कुटाकुट…..

काठमाडौँ, सर्वोच्च अदालत हाताभित्र शुक्रबार कानुन व्यवसायीबीच कुटाकुट भएको छ। शुक्रबार सर्वोच्च अदालतभित्र अधिवक्ता भूमिनन्द चुडाँल र अर्का अधिवक्ता विराट न्यौपानेबीच कुटाकुट भएकाे हाे। बहसका लागि सर्वोच्च अदालत पुगेका चुँडालको इजलाश बस्न नसक्दा न्यायालय प्रभावित भएको विषयमा भनाभन भएको थियो। चुडाँलले बार परिसरमा पत्रकारहरूसँग भने, ‘मिडियामा न्यायालयविरुद्ध किन बोलिस् भन्दै ममाथि हातपात गरियो । न्य...